९८ वर्षे सत्यमोहन जोशीले गाडी पाएपछि ठट्टा : ‘गाडी कहाँ राख्ने ?’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २०, २०७४
|
|
२० पटक हेरिएको
Shares
९८ वर्षे सत्यमोहन जोशीले गाडी पाएपछि ठट्टा : ‘गाडी कहाँ राख्ने ?’

सारांश

  • ललितपुर : शताब्दी पुरुष डाक्टर सत्यमोहन जोशीले उनकै सम्मानका लागि ललितपुर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा सोमबार सबैलाई हँसाए।
  • ‘भूकम्पले भत्केको घर त राम्रो बनाउन सकेको छैन।
  • यो मोटर कहाँ लगेर राख्ने हो।

ललितपुर : शताब्दी पुरुष डाक्टर सत्यमोहन जोशीले उनकै सम्मानका लागि ललितपुर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा सोमबार सबैलाई हँसाए। ‘भूकम्पले भत्केको घर त राम्रो बनाउन सकेको छैन। यो मोटर कहाँ लगेर राख्ने हो। तनाव छ’, ९८ वर्षीय जोशीले ललितपुर महानगरले आफूलाई उपलब्ध गराएको गाडी राख्ने स्थान नभएको बताइरहँदा हल हाँसोले गुञ्जियो। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

जोशीले महानगरको यो सम्मान राख्ने ठाउँ नभएको भन्दै ठट्टा गरेका थिए। उनले ‘शताब्दी पुरुष घोषणा भइसकेकाले सय वर्ष जसरी पनि बाँच्नु छ’ भनेपछि फेरि हल हाँसोले गुञ्जियो।

‘खानपान, हिँडडुल गर्दा होस् पुर्‍याउनुपर्ला’, रसिक भावभंगीमा देखिएका उनले भने। जोशीलाई सम्पर्क गर्न सजिलो होस् भनेर महानगरले सामसुम ग्यालेक्सी एस सेभेन मोबाइल पनि उपलब्ध गराएको छ। महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरले उनलाई सम्मानस्वरुप गाडी, ड्राइभर तथा सुरक्षा गार्ड र सम्पर्क स्थापित गर्न सजिलो होस् भनेर मोबाइल उपलब्ध गराएको बताए। जोशीको सुरक्षार्थ नगर प्रहरी तिजकुमार महर्जन र सवारी चालक सानुलाल महर्जन खटिएका छन्। सवारी तथा मोबाइलमा लाग्ने सम्पूर्ण खर्च महानगरपालिकाले नै व्यहोर्ने छ।

महानगर प्रमुख महर्जनले जोशीको मोबाइलमा वाईफाईको व्यवस्था गरिने भन्दा हल हाँसोले गुञ्जिएको थियो। महानगरपालिकाका २९ वटै वडाका अध्यक्ष, मेयर, उपमेयर तथा कार्यकारीसहित ४९ जनाको सर्वसम्मत निर्णयअनुसार जोशीलाई सम्मान गर्ने निर्णय भएको जानकारी ललितपुर महानगरपालिकाका मेयर महर्जनले दिए।

उनले भने, ‘सम्पूर्ण नेपालीको तर्फबाट उहाँजस्तो इतिहास बोकेको व्यक्तिलाई सम्मान गर्न पाउँदा खुसी छौं।’ कार्यक्रममा नगरप्रमुख महर्जनले जोशीको सयैाँ जन्मदिन पनि धुमधाम मनाउने योजना महानगरले बनाएको सुनाए।

जोशी वैशाख ३० गते ९९ वर्षमा टेक्नेछन्। कार्यक्रममा निकै हर्षित देखिएका जोशीले मन्तव्यमा भने, ‘यो सम्मानले जीवनमा थप ऊर्जा थपिएको छ।’ उनले सम्मानलाई नदेखिँदो पाराको ईश्वरीय वरदान भएको पनि बताए। ‘योभन्दा बढी सम्मान मैले चाहेको छैन’, जोशीले थपे।

सम्मानले राष्ट्रका लागि केही गर्न झनै प्रेरित गर्ने भनाइ उनको थियो। साहित्य, कला, संगीत, लेखन, राजनीति या जुनसुकै विधामा लागेर मुलुकको हितका लागि काम गरेकालाई सम्मान दिँदा राम्रो हुने सुझाव पनि उनको थियो। कार्यक्रममा जोशीले महानगरले गरेको कामको प्रशंसासमेत गरे।

उनले साहित्य र कलालाई जति माथि उठाउन सक्यो त्यति नै देशको इज्जत माथि उठ्ने भाषण पनि दिए।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Mohan Kayasta

    Don’t accept please.

    Comment Author

    Balkrishna Tiwari

    ल पु उपमनपाकाे उदाहरणीय कार्य, जय हाे चिरिबाबुजी र वँहाकाे टिममा

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?