प्रचण्डले सरकार गठनमा किन अड्काए हलो ? यस्तो रहेछ कारण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ४, २०७४
|
१४
|
२३ पटक हेरिएको
Shares
प्रचण्डले सरकार गठनमा किन अड्काए हलो ? यस्तो रहेछ कारण

सारांश

  • काठमाडौं, ४ फागुन ।
  • केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न जाँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित वाम गठबन्धनका दुबै दल एमाले र माओवादी केन्द्रका वरिष्ठ नेताहरु सहभागी थिए ।
  • यसबाट सबैलाई लागेको थियो, प्रधानमन्त्री केपी शर्मा ओलीसँगै एमाले र माओवादी केन्द्रका केही मन्त्रीहरुको पनि नियुक्ति हुनेछ र नयाँ प्रधानमन्त्रीसँगै शपथग्रहण हुनेछ ।

काठमाडौं, ४ फागुन । केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न जाँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित वाम गठबन्धनका दुबै दल एमाले र माओवादी केन्द्रका वरिष्ठ नेताहरु सहभागी थिए । यसबाट सबैलाई लागेको थियो, प्रधानमन्त्री केपी शर्मा ओलीसँगै एमाले र माओवादी केन्द्रका केही मन्त्रीहरुको पनि नियुक्ति हुनेछ र नयाँ प्रधानमन्त्रीसँगै शपथग्रहण हुनेछ । विडम्बना ! हुन सकेन । किन ?

माओवादी केन्द्र बिच्किएपछि केपी शर्मा ओलीलाई “पहिलो गासमै ढुङ्गा” भनेजस्तो भएको छ । अचानक प्रचण्ड किन बिच्किए ? माओवादी केन्द्र किन बिच्कियो ? यसको जवाफ प्रचण्डले आफै दिएका छन् । पछिल्लोपटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शुक्रवार मुख खोलेका छन्, “एमालेसँग प्याकेजमा सहमति गरेर सरकारमा जाने ।”

राजनीतिका चतुर खेलाडी मानिने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसँग प्याकेजमा समझदारी बनाएर सरकारमा सहभागी बताउनुले पक्कै केही गडबडी देखिन्छ । यद्यपि, एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकार र पार्टी एकताको विषयमा प्याकेजमा सहमति गर्नेगरी छलफल शुरु भएको र त्यो सकारात्मक दिशामा अगाडि बढेको बताएका छन् ।

“सरकार गठनको प्रक्रियामा सहभागी नभएको प्रश्न पनि उठेको छ”, अध्यक्ष प्रचण्डले अगाडि थपेका छन्, “हामी पार्टी एकता, राष्ट्रपति, सभामुख, मन्त्रालयदेखि विभिन्न ठूला राजनीतिक नियुक्तिसम्म प्याकेजमै समझदारी गरेर सरकारमा सहभागी हुन्छौं । अहिले सकारात्मक छलफल शुरु भएको छ ।” जनताको बहुदलीय जनवादको विषयमा सहमति हुन नसकेको कुरा सार्वजनिक भए तापनि प्रचण्डको भित्री चाहना, सरकारबाहिरै बसेर सबै मुख्य पदहरुमा एमाले नेतृत्वलाई गलाएर सहमतिमा ल्याउने मनशायले हलो अड्काएको देखिन्छ ।

जे भएतापनि प्रचण्डले एकता प्रक्रिया सकारात्मक ढंगले अघि बढेको बताएका छन् । प्रचण्डले भनेका छन्, “अधिकांश विषयमा सहमति भएको र केही विषयमा छलफल गर्न बाँकी रहेको छ ।” प्रचण्डको यो हलो अड्काईले बलमिचाई गरेर अगाडि बढ्न खोजेको एमालेलाई नरम बनाउन मद्दत गर्ने विश्लेषकहरुको बुझाइ छ ।

(https://wbctx.com/)

प्रतिक्रिया

14 कमेन्ट

    Comment Author

    Sita Rai

    देश को हितमा काम गर प्रचण्ड !अब लम्पसार हुनेकाम नगर!!!

    Comment Author

    मदन पाण्डे

    नेपालको नेता मध्य मलाई मन नपर्ने नेता भनेको प्रचण्ड

    Comment Author

    Buddhipd Rai

    पुष्पकमल दाहालजीले एमाले दललाई गलाएर गल्छ र?एमाले दल र माके दलको एकताको चाबी एमाले संग छ र?यी दलहरु बिचको पार्टी एकताको चाबी भन्नोस वा Remote control KEY भन्नोस? भारतीय राजदूत हुंदै सुषमा स्वराज र नरेन्द्र मोदीसंग रहेको तथ्य सार्वजनिक भै सकेको छ!!!होइन र???

    Comment Author

    Shyam Shubham Giri

    प्रचण्ड बिना उखाने सरकार ले बिस्वाश को मत समेत प्राप्त गर्न सक्दैन

      Comment Author

      Dil Gurung

      Ani k ko tauko dukhai ta dai hajur

      Comment Author

      Shyam Shubham Giri

      ए मा ले को १२१ छ थोरैमा १३८ आवाश्यक पर्छ पाटी एकिकरण अथवा समर्थन प्राप्त भएन भनि काका को स्याँक स्याँक त्यही दिन समाप्त हून्छ यो मेरो मात्र चासो र कौतुहलता को बिषय होईन ३ करोड़ नेपाली जनता को चासो र चिन्ता को बिषय हो म पृथक पाटीमा आश्थावित नागरिक भएको ले भाई लाई अन्यथा लागेको मात्र हो धन्यवाद जयनेपाल

      Comment Author

      Dil Gurung

      Sarkar nabane aru party le banauxani daju tention nahi leneka

      Comment Author

      Shyam Shubham Giri

      हर-हालत मा काका ५ बर्ष प्र म हून पर्छ यो मेरो मात्र होईन अधिकाँस नेपाली को चाहाना हो

    Comment Author

    Obindra Thapa

    प्रचण्डले काङ्ग्रेस ,एमाले लाई हलगोरु झै जोतेर शान मान दाम सबै पाई त सके अब के हलो अडकाउनु ? बरु बुलेट ले भएन, बुलडाेजर चलाएर एउटा लाई भारत अर्को लाई चीन तर्फ को बोर्डर कटाएर कसरी एकलौटी गरि चयन को शासन गर्ने भन्ने शुरमा चिन्तित होलान ?

    Comment Author

    Ananda Bajracharya

    प्रचण्ड किंगमेकर होइन यो किंग अफ ब्रोकर जस्तो छ।

    Comment Author

    Dipaj Jungntgrunge

    Paadh ko lovi ho maobadi, tesai le 4000 kendriya sadasya chan.

    Comment Author

    Devraj Karki

    केही काम नभएका ल्वागे टपरेहरु अड्कल काटेर जीवन गुजारा गरिरहेका छन् ।

    Comment Author

    Dipendra Keshari Basnet

    Yo bachaun jel des la nikas paudaina…

    Comment Author

    Bhesh Gurung

    Shikar News ta Fek News Vaya Jasto Xa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 14
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?