तोकिएको दरबन्दीमा जान निर्देशन

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
२३ पटक हेरिएको
Shares
तोकिएको दरबन्दीमा जान निर्देशन

सारांश

  • भोजपुर, १७ माघ।
  • भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले तोकिएको दरबन्दीमा जान स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् ।
  • स्थानीय सरकारका प्रमुखसमेत रहेका प्रमुख आलेले ग्रामीण समुदायका जनता सुलभ स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएको भन्दै काजमा रहेका स्वास्थ्यकर्मीलाई सम्बन्धित दरबन्दी रहेको ठाउँमा जान निर्देशन दिएका हुन् ।

भोजपुर, १७ माघ। भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले तोकिएको दरबन्दीमा जान स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् ।

स्थानीय सरकारका प्रमुखसमेत रहेका प्रमुख आलेले ग्रामीण समुदायका जनता सुलभ स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएको भन्दै काजमा रहेका स्वास्थ्यकर्मीलाई सम्बन्धित दरबन्दी रहेको ठाउँमा जान निर्देशन दिएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालयको एक कार्यक्रममा उहाँले नगर स्वास्थ्य संयोजकको हैसियतले अस्पतालको सुदृढीकरणका लागि विभिन्न कार्य गर्ने उल्लेख गरे । प्रमुख आलेले महिनामा एकचोटि अस्पताल परिसरको सरसफाइ कार्यक्रम गर्ने मितिसमेत तोकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?