प्रचण्डसमक्ष माधव नेपालको प्रस्ताव : एकपटक केपी ओलीसँग वार्ता गरौं
सारांश
- काठमाडौं, १७ कार्तिक ।
- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चुलिएको आन्तरिक विवादले पार्टी नै फुटको संघारमा पुगेको छ ।
- अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच यतिवेला पानी बाराबारको अवस्था छ ।
काठमाडौं, १७ कार्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चुलिएको आन्तरिक विवादले पार्टी नै फुटको संघारमा पुगेको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच यतिवेला पानी बाराबारको अवस्था छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले आफूसँगको भेटवार्तामा ‘अब अलग अलग जाऔं, सँगै हिँड्न सकिँदैन’ भनेर गरेको प्रस्ताव गरेको भनेर दाहालले आफूनिकट नेताहरुसँग गरेको ब्रिफिङले पनि नेकपामा गम्भीर दुर्घटना निम्तिन लागेको बुझ्न सकिन्छ । यो बीचमा दुवै पक्ष आ–आफ्नो समूहका नेताहरुसँग रणनीतिक छलफलमा समेत जुटेका छन् । प्रधानमन्त्री ओलीले पार्टीका निर्णय नमानेको दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको आरोप छ । तर, प्रधानमन्त्री ओलीले भने दाहाल–नेपाल पक्षले प्रभावकारी रुपमा आफूलाई काम गर्न नदिएको र सधैं भागबण्डाको राजनीति गरेको आरोप लगाएका छन् ।
प्रतिक्रिया