मन्त्री पुनद्वारा चार गरीब विद्यार्थीलाई सहयोग

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ६, २०७५
|
|
३९ पटक हेरिएको
Shares

सारांश

  • रोल्पा, ६ वैशाख , संघीय सरकारका ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री वर्षमान पुनले रोल्पाका चार गरीब विद्यार्थीलाई शैक्षिक सहयोग हस्तान्तरण गर्दै विद्यालय भर्ना अभियानको उद्घाटन गर्नुभएको छ ।
  • राष्ट्रिय भर्ना अभियानअन्तर्गत सदरमुकाम लिवाङमा रहेको बाल कल्याण नमूना माविको कक्षा १ मा कविता शाही, कक्षा २ मा बबिता शाही, कक्षा ३ मा प्रशंसा सेन र कक्षा १० मा छवीन्द्र विष्टलाई भर्ना गरेसँगै शैक्षिक सहयोगस्वरुप जनही रु १० हजारसमेत बुधबार हस्तान्तरण गर्नुभएको हो ।
  • भर्ना गरिएका सबै विद्यार्थीको आर्थिक अवस्था कमजोर हुनुका साथै घरमा बाबुसमेत नभएकाले मन्त्री पुनले शैक्षिक सहयोग गर्नुभएको बालकल्याण नमूना मावि, लिवाङका प्रधानाध्यापक मधुसुदन पोख्रेलले बताउनुभयो ।

रोल्पा, ६ वैशाख , संघीय सरकारका ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री वर्षमान पुनले रोल्पाका चार गरीब विद्यार्थीलाई शैक्षिक सहयोग हस्तान्तरण गर्दै विद्यालय भर्ना अभियानको उद्घाटन गर्नुभएको छ ।

राष्ट्रिय भर्ना अभियानअन्तर्गत सदरमुकाम लिवाङमा रहेको बाल कल्याण नमूना माविको कक्षा १ मा कविता शाही, कक्षा २ मा बबिता शाही, कक्षा ३ मा प्रशंसा सेन र कक्षा १० मा छवीन्द्र विष्टलाई भर्ना गरेसँगै शैक्षिक सहयोगस्वरुप जनही रु १० हजारसमेत बुधबार हस्तान्तरण गर्नुभएको हो ।

भर्ना गरिएका सबै विद्यार्थीको आर्थिक अवस्था कमजोर हुनुका साथै घरमा बाबुसमेत नभएकाले मन्त्री पुनले शैक्षिक सहयोग गर्नुभएको बालकल्याण नमूना मावि, लिवाङका प्रधानाध्यापक मधुसुदन पोख्रेलले बताउनुभयो । उनीहरुलाई सो विद्यालयमा निःशुल्क पठनपाठनको व्यवस्थासमेत गरिन लागेको प्रधानाध्यापक पोख्रेलले जानकारी दिनुभयो ।

मन्त्री पुनसँगै पूर्व सभामुख ओनसरी घर्तीमगरसमेत भर्ना अभियान उद्घाटन कार्यक्रममा उपस्थित हुनुभएको थियो ।

राष्ट्रपति रनिङ शिल्ड बालकल्याणलाई

यसैबीच, रोल्पामा हालै सम्पन्न दशौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बालकल्याण नमूना मावि, लिवाङले ३३ स्वर्ण पदकसहित प्रथम स्थान हासिल गरेको छ ।

कूल ४४ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा सो विद्यालयले ३३ स्वर्ण पदक जितेर प्रथम भएको हो । प्रतियोगितामा जनज्योति मावि, गजुल आठ स्वर्णसहित दोस्रो भएको थियो ।

यसैगरी, भगवती मावि, दहवनले एक स्वर्णसहित तृतीय स्थान हासिल गरेको थियो भने ज्योतीप्रकाश मावि, हरिगाउँले समेत एक स्वर्ण प्राप्त गरेको थियो । यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजय हासिल गरेसँगै वालकल्याण नमूना माविको विजय यात्राले लगातार पाँचौँ वर्ष पनि निरन्तरता पाएको विद्यालयका प्राचार्य मधुुसुदन पोख्रेलले जानकारी दिनुभयो ।

प्रतियोगितामा एथलेटिक्समा २६ स्वर्ण, करातेमा आठ स्वर्ण, ते क्वानदोमा छ स्वर्ण, भलिबल र कपर्दीमा दुई÷दुई स्वर्ण गरी ४४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिएको जिल्ला खेलकुद विकास समिति रोल्पाका एथलेटिक्स प्रशिक्षक हरिश वलीले जानकारी दिनुभयो ।

जिल्लामा रहेका ७४ सामुदायिक माध्यमिक विद्यालयमध्ये १६ विद्यालयले मात्र भाग लिएको सो प्रतियोगिता अरनिको मावि, नुवागाउँले आयोजना गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसरी फेरियो ‘जिउँदो शहीद’ गोपाल श्रेष्ठको दैनिकी
यसरी फेरियो ‘जिउँदो शहीद’ गोपाल श्रेष्ठको दैनिकी
नेकपाका अध्यक्षद्धयले कार्यदल सदस्यहरूलाई बालुवाटार बोलाए
नेकपाका अध्यक्षद्धयले कार्यदल सदस्यहरूलाई बालुवाटार बोलाए
मोदी-ओलीले उद्घाटन गरेको जनकपुर‌-अयोध्या बस सेवा किन बन्द भयो ?
मोदी-ओलीले उद्घाटन गरेको जनकपुर‌-अयोध्या बस सेवा किन बन्द भयो ?
शुरु भयाे नेपाल–चीन मेला !
शुरु भयाे नेपाल–चीन मेला !
सुहागरातका दिन श्रीमानले श्रीमतीको घुम्टो खोलेर काखमा लिनखोज्दा श्रीमानको सातो किन गयो त  ?
सुहागरातका दिन श्रीमानले श्रीमतीको घुम्टो खोलेर काखमा लिनखोज्दा श्रीमानको सातो किन गयो त ?
काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेल निर्वाचित
काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेल निर्वाचित
चालु खाता र शोधनान्तर बचतमा, मुद्रा सञ्चितिले एक वर्षको आयात धान्ने
कोरोनाबाट आज ७ जनाको मृत्यु
कोरोनाबाट आज ७ जनाको मृत्यु
जुवातास खेलिरहेको अवस्थामा ‘सक्किगोनि’का कलाकारसहित ११ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ‘सक्किगोनि’का कलाकारसहित ११ जना पक्राउ
महिला भलिबल टोली आज फर्किँदै, रात्रीभोजसहित भव्य स्वागत हुने
महिला भलिबल टोली आज फर्किँदै, रात्रीभोजसहित भव्य स्वागत हुने