प्रतिनिधिसभामा चार शोक प्रस्ताव पारित
सारांश
- प्रतिनिधिसभाको आजको पहिलो बैठकले विभिन्न मितिमा निधन भएका चार पूर्व सांसदप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेग्लाबेग्लै शोक प्रस्ताव पारित गरेको छ ।
- संसद्को चौथो अधिवेशन अन्त्यपछि हालसम्म तत्कालीन नेकपा (एमाले)का तीन र नेपाली कांग्रेसका एक पूर्वसांसद एवं संविधानसभा सदस्यको निधन भएको थियो ।
- तत्कालीन एमालेका तर्फबाट २०५१ सालमा सङ्खुवासभा क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वा्चित सदस्य हरि वैरागी दाहालको ६२ वर्षका उमेरमा गत असोज ३ गते निधन भएको थियो ।
प्रतिनिधिसभाको आजको पहिलो बैठकले विभिन्न मितिमा निधन भएका चार पूर्व सांसदप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेग्लाबेग्लै शोक प्रस्ताव पारित गरेको छ । संसद्को चौथो अधिवेशन अन्त्यपछि हालसम्म तत्कालीन नेकपा (एमाले)का तीन र नेपाली कांग्रेसका एक पूर्वसांसद एवं संविधानसभा सदस्यको निधन भएको थियो ।
तत्कालीन एमालेका तर्फबाट २०५१ सालमा सङ्खुवासभा क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वा्चित सदस्य हरि वैरागी दाहालको ६२ वर्षका उमेरमा गत असोज ३ गते निधन भएको थियो । त्यसैगरी एमालेकै तर्फबाट २०७० सालको संविधानसभामा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वा्चित कमलाकुमारी घिमिरेको ५० वर्षका उमेरमा गत कात्तिक ९ गते निधन भएको हो ।
एमालेकै तर्फबाट धनुषा ५ बाट २०५१ सालमा प्रतिनिधिसभामा निर्वा्चित रामलखन महतोको ६६ वर्षका उमेरमा गत कातिक १५ गते निधन भएको थियो । भक्तपुर २ बाट कांग्रेसका तर्फबाट २०७० सालको संविधानसभा निर्वाचनमा निर्वा्चित सदस्य रामेश्वर ढुङ्गेलको ५९ वर्षका उमेरमा यही पुस १ गते निधन भएको थियो । शोक प्रस्तावमा चारै पूर्वसांसदले प्रजातन्त्र र लोकतन्त्र स्थापनामा पु¥याएको योगदानको स्मरण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ । उहाँहरुको सम्मानमा बैठकमा एक मिनेट मौनधारण गरिएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही पुस ११ गते अपराह्न १ बजे बस्नेछ ।
प्रतिक्रिया