ओलीलाई प्रचण्डको प्रस्तावः छाडेको मेरो भो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १८, २०७४
|
|
३२ पटक हेरिएको
Shares
ओलीलाई प्रचण्डको प्रस्तावः छाडेको मेरो भो

सारांश

  • काठमाडौं ।
  • नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण अझै अन्योलमै छ ।
  • दुबै पार्टीका अध्यक्षले एकीकरण हुने बताउँदै आएका छन् तर दुई पार्टी कहिले एक हुन्छन् भन्ने टुंगो छैन ।

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण अझै अन्योलमै छ । दुबै पार्टीका अध्यक्षले एकीकरण हुने बताउँदै आएका छन् तर दुई पार्टी कहिले एक हुन्छन् भन्ने टुंगो छैन ।

दुई पार्टीले ६०–४० को मापदण्डमा उम्मेद्वारी बाँडफाँड गरेर चुनावी तालमेल गरे र वहुमत पनि पाए । अब बन्ने सरकारमा दुबै पार्टी संलग्न हुने दुई अध्यक्षको एक स्वर छ । तर पार्टी एकीकरण हुँदा चुनावी तालमेलकै हिसवामा एमाले ६० को हिस्सेदार र माओवादी ४० को हिस्सेदार हुने वा नयाँ मापदण्ड तय हुने यकिन छैन । चुनावी तालमेल जस्तै पार्टी एकीकरणको लागि स्पष्ट समझदारी बनेको छैन ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए माओवादी अध्यक्ष प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष हुने चर्चा व्यापक छ । तर ओलीले यसबारे प्रष्ट धारणा दिएका छैनन् । एमाले नेताहरूको लवज यो विषयमा अलमलग्रस्त नै छ । तर माओवादी तर्फ भने प्रष्ट छ–दुई जिम्मेवारीमध्ये एक प्रचण्डले पाउनु पर्छ तर रोज्ने अधिकार ओलीलाई हुनेछ ।

यहिबीचमा प्रचण्डले ओलीलाई दुई पद मध्ये एक रोजेर लिन आग्रह गर्दै छोडेको पद आफूले लिने प्रस्ताव गरेका खुल्न आएको छ । माओवादी बैठकमा एक पद छाड्न हुने निश्कर्ष निस्किएको भन्दै प्रचण्डले हाम्रो पार्टीको साझा धारणा भन्दै ओलीलाई दुई पदमा एक रोज्न र एक सहर्ष आफूलाई सुम्पन आग्रह गरेका छन् ।

माओवादी नेता देवेन्द्र पौडेलले ओलीसँग प्रचण्डले एकपद आफूले पाउनु पर्ने प्रस्ताव खुलस्त राखेको बताउँछन् । ‘पार्टीले गरेको निर्णय प्रचण्डले ओलीजीलाई सुनाउनु भएको छ,’ पौडेलले भने ‘पार्टीले एक पद नछाड्ने निश्कर्ष लिएको छ।’

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Pratap Rasaily

    एकदम सही िनर्णय िलनुभयो नेता ज्युहरु कुनै एक कार्यकारी पद न िलई एमालेसँग िघस्रीएर वा लतारीएर पार्टी एकता नगर्नु होला ।

    Comment Author

    Rajkumar Shresth

    माअाेवादीलार्इ दुइटै पद दिन मिल्दैन दिन हुन्न, फाेरमसंग पाँच वर्षे सहकार्य गर्ने सरकार बनाउने ।

    Comment Author

    Mag Gurung

    Milnu parxa

    Comment Author

    Mag Gurung

    Des bikasit banau

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई किलो गाँजासहित स्वयम्भु एक पक्राउ
दुई किलो गाँजासहित स्वयम्भु एक पक्राउ
आईजीपी नियुक्ति विवादबारे सर्वोच्चले आज फैसला गर्दै
आईजीपी नियुक्ति विवादबारे सर्वोच्चले आज फैसला गर्दै
प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा, भारत र चीनमा मंगलबारदेखि लागू हुने
प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा, भारत र चीनमा मंगलबारदेखि लागू हुने
बढी शुल्क फिर्ता गराउ– विकेशील साझा
बढी शुल्क फिर्ता गराउ– विकेशील साझा
निर्वाचन आचार संहिताको धज्जी उडाउदै सरकारले गर्यो राजश्व अनुसन्धान विभागका महानिर्देशकको सरुवा
निर्वाचन आचार संहिताको धज्जी उडाउदै सरकारले गर्यो राजश्व अनुसन्धान विभागका महानिर्देशकको सरुवा
ओलीको दवाव थेग्न सकेनन् प्रचण्डले, सभामुखमा सुवास नेम्वाङ लगभग पक्का
ओलीको दवाव थेग्न सकेनन् प्रचण्डले, सभामुखमा सुवास नेम्वाङ लगभग पक्का
निर्मला बलात्कार तथा हत्या प्रकरण: यसकारण एसपी विष्टसहित चार जनाको डिएनए नमिलेकाे रहेछ !
काठमाडौँमा भूकम्पको धक्का महसुस
काठमाडौँमा भूकम्पको धक्का महसुस
विपक्षीले ३० गते पहिलो झड्का खान्छन् : अ‍ोली
विपक्षीले ३० गते पहिलो झड्का खान्छन् : अ‍ोली
नेताको हत्यापछि आक्रामक बनेका विप्लवद्वारा घोषणा गरिएका कार्यक्रम यस्ता छन्
नेताको हत्यापछि आक्रामक बनेका विप्लवद्वारा घोषणा गरिएका कार्यक्रम यस्ता छन्

तपाईंले छुटाउनुभयो कि?