आजदेखि कामपामा नक्सा स्वीकृत अनलाइन प्रणालीमार्फत

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १, २०८०
|
|
२८ पटक हेरिएको
Shares
आजदेखि कामपामा नक्सा स्वीकृत अनलाइन प्रणालीमार्फत

सारांश

  • काठमाडौँ ।
  • काठमाडौँ महानगरपालिकाले आजदेखि भवन नक्सा स्वीकृति प्रक्रिया अनलाइन प्रणालीबाट सुरु गरेको छ ।
  • यसअघि नक्सा स्वीकृति फाराम भर्नका लागि कार्यालय जानुपर्ने, हार्ड कपी बुझाउनुपर्ने अवस्था थियो ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि भवन नक्सा स्वीकृति प्रक्रिया अनलाइन प्रणालीबाट सुरु गरेको छ ।

यसअघि नक्सा स्वीकृति फाराम भर्नका लागि कार्यालय जानुपर्ने, हार्ड कपी बुझाउनुपर्ने अवस्था थियो । नागरिकलाई सहज बनाउनकै लागि विगत गरिँदै आएको शैली बन्द गरी अनलाइन प्रणालीबाट उक्त सेवा आजदेखि सुरु गरिएको कामपाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए ।

उक्त कार्यका लागि इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (इबिपिएस) प्रणाली अद्यावधिक गरिएको छ । यो प्रणाली भवन नक्सा पास गर्ने कामलाई व्यवस्थित बनाउने अनलाइन प्रणाली हो । उक्त प्रणालीबाट नै नक्सा स्वीकृति हुने कामपाले जानकारी दिएको छ । नक्सा पास गर्दा, नामसारी गर्दा तथा निर्माण सम्पन्न प्रमाणपत्र लिँदा यसअघि अनलाइनमा राखिएका कागजपत्रको फाइल बोकेर जानुपर्ने अवस्था रहेको थियो ।

विसं २०७० भदौ १६ गतेदेखि कामपाले कागज पनि हुनुपर्ने गरी अनलाइन प्रणाली सञ्चालन थालेको थियो । फाइलमा भएका कागज र प्रणाली भिडाएर प्रक्रिया अगाडि बढाइन्थ्यो । अनलाइन प्रणालीलाई विकास गर्दै विद्युतीय हस्ताक्षर, अनलाइन राजस्व दाखिला, गुनासो तथा मर्कासम्बन्धी उजुरीसहितको बनाएपछि काजगरहित सेवामा रूपान्तरण गरिएको सूचना अधिकारी आचार्यले जानकारी दिए । यो प्रणालीजस्तै सेवाग्राहीको हातहातमै सेवा दिने, जहाँबाट पनि सेवा लिन सकिने एकीकृत विद्युतीय सुशासन प्रणालीको व्यवस्था गरिएको कामपाको भनाइ छ ।

सहज, सरल र पहुँचयुक्त सेवाका लागि सेवा प्रवाहसँगै कर प्रणाली, आकस्मिक सेवा, विभिन्न प्रकारका सिफारिस लिनेजस्ता महत्त्वपूर्ण काम इन्टरनेट भएको मोबाइल र कम्प्युटरमा प्राप्त हुने बताइएको छ । भवनको नक्सा पास प्रक्रियालाई सरल, सहज र पारदर्शी बनाउन विद्युतीय भवन अनुमति प्रणाली (इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम–इबिपिएस) लाई थप प्रभावकारी बनाउन आवश्यक प्रबन्ध मिलाइनेछ । डिजिटल सिग्नेचरलाई आगामी वर्षदेखि कार्यान्वयनमा ल्याइने कामपाको भनाइ छ ।

कामपाको सेवालाई अटोमेसन (स्वचालित प्रणाली) मा आबद्ध गराउँदै लैजाने क्रममा यो एउटा महत्त्वपूर्ण कामको थालनी भएको आचार्यले बताए । यसअघि वैशाख १ गतेदेखि पाँच हजार वर्गफिटसम्म क्षेत्रफल भएको भवनको नक्सा स्वीकृत गर्ने अधिकार वडालाई दिइसकिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Tips on how to Secure Organization Software
देशका १२१ स्थानीय तहको प्रमुखमा एमालेका उम्मेदवार विजयी
शेखर–गगन समूहको बैठक बस्दै, चुनाव र गठबन्धनबारे समीक्षा गर्ने
शेखर–गगन समूहको बैठक बस्दै, चुनाव र गठबन्धनबारे समीक्षा गर्ने
निर्वाचनबारे किन बोलेनन् चीन र भारत ? भारतीय विदेश मन्त्रालयको यस्तो धारणा
निर्वाचनबारे किन बोलेनन् चीन र भारत ? भारतीय विदेश मन्त्रालयको यस्तो धारणा
बाबुराम भट्टरार्इले भने ‘कानुन मन्त्रीकाे अभिब्यक्ति अापत्तिजनक’
बाबुराम भट्टरार्इले भने ‘कानुन मन्त्रीकाे अभिब्यक्ति अापत्तिजनक’
तातोपानी डुब्न गएका गृहमन्त्री थापाले गरे बस उद्घाटन
तातोपानी डुब्न गएका गृहमन्त्री थापाले गरे बस उद्घाटन
विश्वकप फुटबलको पूर्व तयारीः कनफेडेरेशन कप आजदेखि, को को खेल्दै छन् ?
विश्वकप फुटबलको पूर्व तयारीः कनफेडेरेशन कप आजदेखि, को को खेल्दै छन् ?
सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ : उपप्रधानमन्त्री श्रेष्ठ
सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ : उपप्रधानमन्त्री श्रेष्ठ
आज उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना
आज उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पार्टीभित्रको घेराबन्दीलाई विफल पार्न ओलीको अर्को अस्त्र

तपाईंले छुटाउनुभयो कि?