स्वराजलाई एक्लै होटल सोल्टीमा भेट्दै उपेन्द्र यादव
सारांश
- काठमाडौं, माघ १९ ।
- संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतीय विदेमन्त्री सुष्मा स्वरालाई भेट्न एक्लै सोल्टी होटल पुगेका छन् ।
- बिहीबार साँझ नै भेट्ने कार्यक्रम भएपनि राजधानीबाहिर रहेकाले यादवले स्वराजसँग शुक्रबार बिहान ११ बजे भेटवार्ता गर्ने भएका हुन् ।
काठमाडौं, माघ १९ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतीय विदेमन्त्री सुष्मा स्वरालाई भेट्न एक्लै सोल्टी होटल पुगेका छन् ।
बिहीबार साँझ नै भेट्ने कार्यक्रम भएपनि राजधानीबाहिर रहेकाले यादवले स्वराजसँग शुक्रबार बिहान ११ बजे भेटवार्ता गर्ने भएका हुन् ।
दुई दिने नेपाल भ्रमणमा आएकी स्वराजलाई यादवले एक्लै भेटवार्ता गर्न लागेका हुन् ।
यसअघि माओवादी अध्यक्ष प्रचण्डले स्वराजसँग एक्लै भेटवार्ता गरेका थिए । बिहीबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सोही होटलमा स्वराजसँग ‘वान टु वान’ भेट गरेका थिए ।
स्वराजले हिजो राति एमाले नेताहरुसँग सामुहिक रात्रीभोज पनि गरेकी थिइन् ।
राजपाका नेताहरुले भने सामूहिक रुपमा नै स्वराजलाई बिहीबार साँझ भेटेका थिए ।
आजै स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दै छन् । उनी आज साँझ भारत फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया