प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि निर्वाचन कार्यतालिका सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २०, २०८२
|
|
३९ पटक हेरिएको
Shares
प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि निर्वाचन कार्यतालिका सार्वजनिक

सारांश

  • काठमाडौं।
  • आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोग, नेपालले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
  • सोमबार आयोगको बैठकले कार्यतालिका स्वीकृत गरेको हो।

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोग, नेपालले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। सोमबार आयोगको बैठकले कार्यतालिका स्वीकृत गरेको हो।

निर्वाचन आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको प्रक्रिया मंसिर १ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ। पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ।

निर्वाचन प्रचारप्रसारको अवधि फागुन ३ गतेदेखि १८ गतेसम्म रहनेछ भने त्यसपछि मौन अवधि सुरु हुनेछ। मतदान भने फागुन २१ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुनेछ। मतदान सकिएपछि दुवै प्रणालीतर्फको मतपेटिका संकलन गरी मतगणना सुरु गरिनेछ।

यसैगरी, समानुपातिक निर्वाचन प्रणालीका लागि निर्वाचन अधिकृतको कार्यालय मंसिर १५ गतेदेखि सञ्चालनमा आउनेछ। सो प्रणालीअन्तर्गत बन्दसूची पेस गर्ने मिति पुस १८ र १९ गते निर्धारण गरिएको छ।

आयोगले दल दर्तासम्बन्धी प्रावधान स्पष्ट गर्दै आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले मात्र निर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता गर्न पाउने व्यवस्था रहेको जनाएको छ। त्यसकारण, आगामी निर्वाचनमा भाग लिन चाहने सरोकारवाला दलहरूले २०८२ सालको कात्तिक ३० गतेभित्र राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्नेछ।

निर्वाचन प्रक्रियामा सरोकारवाला निकाय र राजनीतिक दलहरूसँग समन्वय तथा परामर्शलाई आयोगले निरन्तरता दिने बताएको छ।

प्रवक्ता तथा सहसचिव नारायण प्रसाद भट्टराईले विज्ञप्तिमार्फत ‘स्वतन्त्र र निष्पक्ष निर्वाचनः राष्ट्रको गौरव’ नारालाई आत्मसात गर्दै आयोगले निर्धारित कार्यतालिका अनुरूप सबै प्रक्रिया अघि बढाउने जानकारी गराएका छन्।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    binance

    Your article helped me a lot, is there any more related content? Thanks! https://www.binance.info/fr/register?ref=T7KCZASX

    Comment Author

    binance anm”alningsbonus

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?