नेकपाको सरकार नभएको भए देश संकटमा पर्ने : प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २६, २०७५
|
१४
|
१८ पटक हेरिएको
Shares
नेकपाको सरकार नभएको भए देश संकटमा पर्ने : प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको सरकार नभएको भए देश भयानक संकटमा पर्ने बताएका छन् ।
  • अघिल्लो सरकारले देशलाई गम्भीर आर्थिक संकटमा पु¥याएको टिप्पणी गर्दै अब चालू आर्थिक वर्षमै देशको आर्थिक अवस्थामा सुधार आउने बताए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको सरकार नभएको भए देश भयानक संकटमा पर्ने बताएका छन् । अघिल्लो सरकारले देशलाई गम्भीर आर्थिक संकटमा पु¥याएको टिप्पणी गर्दै अब चालू आर्थिक वर्षमै देशको आर्थिक अवस्थामा सुधार आउने बताए ।

प्रदेश ५ बाट प्रतिनिधिसभा र राष्ट्रियसभामा नेकपाबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग सिंहदवारमा भेटघाट गर्दै “हामीले विकास र निर्माणका ठूला–ठूला योजना ल्याएका छौं, शिक्षा र स्वास्थ्यका क्षेत्रमा अभियानहरु सुरु गरेका छौं” प्रधानमन्त्री ओलीले भने, “कसैलाई कम्युनिष्ट पार्टीको सरकार बनेकोमा असह्य भएको हुन सक्छ, तर जनताले विश्वास गरेर सुविधाजनक बहुमतप्रदान गरेका छन् । हामीले देशमा आर्थिक–सामाजिक रुपान्तरण गरेरै देखाउनु पर्छ ।”

कार्यक्रममा सांसदहरुले प्रदेश ५ का बाढी, डुवान, जंगली जनावारका आक्रमण, सिंचाइ र बाटोघाटो आदि विषयमा सरकारको ध्यानाकार्षण गराएका थिए । प्रधानमन्त्रीले सबै सांसदहरुका चासो सुनुवाई हुँदै जाने बताए । 

छलफलमा सांसदहरु नन्दलाल रोकाया, खिमलाल भट्टराई, पूर्णा सुवेदी, हिराचन्द्र के.सी., सोमप्रसाद पाण्डे, तुलसा थापा लगायतले सरकार र मन्त्रीहरुका काम–कार्वाहीका साथै यो आर्थिक वर्षको वजेटका सम्बन्धमा आआफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

14 कमेन्ट

    Comment Author

    Somesh Khanal

    Haian yasta bakamphus guf garne sala kale dinxa pm ka salakar dekhi daya lago

    Comment Author

    Ganesh Jung Karki

    अबचैं सकिन्छ जस्ताे छ ।पि एम भयर यस्ता नचाहिने कुरा गर्न सुहाउँदैन यदि पहिलाकाे सरकारले ढुकुटी रित्तायकाे गलत कामगरेकाे भय जन्तालाई फेरिस्त दियर कारबाही गर हैन भने यस्ताे कुरा नगर्दा बेश हुन्थाेकी

      Comment Author

      kumar エケエス

      100% right ho

    Comment Author

    Shiva Kumar Thapa

    100% Right.

    Comment Author

    Shesh Mani Sharma

    बोल्ने बेला ताली र सस्तो लोक पृयताका लागि जे पनि बोल्ने ।अहिले केही गर्न न सक्ने भए पछि अरुलाई दोष ।

    Comment Author

    Saurav Kumar Mandal

    Nonsense

    Comment Author

    Ido Pk Ido Pk

    Timiharuko sarakarle jhan sankatama paryo

    Comment Author

    Dharma Acharya

    अहिले जनता संकटमा परेको अवस्था !

    Comment Author

    Bishnu Lamichhane

    Des ko p m la bolna sabda Kati tala samma aba pani lag chaina j payo tai bolna

    Comment Author

    Gajendra Charan Sharma

    Kasari

    Comment Author

    Dev Thapa

    100%ho

    Comment Author

    Junn Ko Nillambreastang

    Sai ho kp

    Comment Author

    Tara Nath Khatiwada

    uesss

    Comment Author

    Sundar Tangbe

    Ahile chahi sankat chhaina?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 14
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?