लामिछाने विरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचलाइने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ७, २०७९
|
|
२७ पटक हेरिएको
Shares
लामिछाने विरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचलाइने

सारांश

  • काठमाडौं ।
  • महान्यायाधिवक्ता दीनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेका छन् ।
  • जिल्ला सरकारी वकिल कार्यालय हुँदै उच्च सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदन र महान्यायाधिवक्ता कार्यालयको टिप्पणीका आधारमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिए ।

काठमाडौं । महान्यायाधिवक्ता दीनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेका छन् ।

जिल्ला सरकारी वकिल कार्यालय हुँदै उच्च सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदन र महान्यायाधिवक्ता कार्यालयको टिप्पणीका आधारमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिए ।

महान्यायाधिवक्ताको उक्त निर्णयपछि पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछाने विरुद्ध सरकारी निकायले मुद्दा चलाउने छैन । राहदानी दुरुपयोगसम्बन्धी अनुसन्धानको फाइल महान्यायाधिवक्ता कार्यालयमा आइतबार पुगेको थियो ।

नेपाल प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा फाइल पेस भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले उच्च सरकारी वकिलको कार्यालयमा मुद्दा नचल्ने निर्णय गर्दै फाइल पठाएको थियो ।

उक्त पार्टीका सभापति लामिछानेमाथि नेपाली र अमेरिकी राहदानी रहेको र दुई वटा राहदानी प्रयोग गरेको आरोप लागेको थियो । अमेरिकी राहदानी नबुझाई नेपाली राहदानी प्रयोग गरेको पाइएपछि विवाद भएर अनुसन्धान गरिएको थियो ।

सर्वोच्च अदालतले यसअघि नै लामिछानेले प्रक्रियागतरूपमा नेपाली नागरिकता नलिएको उल्लेख गर्दै लामिछाने नेपाली नागरिक नभएको फैसला सुनाएको थियो । उक्त फैसलासँगै लामिछानेको सांसद र मन्त्री पद गुमेको थियो । अहिले जिल्ला प्रशासन कार्यालयबाट प्रक्रिया पूरा गरी लामिछानेले नेपाली नागरिकता भने लिइसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनअघि चुनावी घरदैलो कार्यक्रम स्वाभाविक तर,चुनावको परिणाम आइसकेपछि पनि पनि घरदैलो कार्यक्रममा किन ?
निर्वाचनअघि चुनावी घरदैलो कार्यक्रम स्वाभाविक तर,चुनावको परिणाम आइसकेपछि पनि पनि घरदैलो कार्यक्रममा किन ?
आज तपाइँको राशीफलमा यस्तो छ…
आज तपाइँको राशीफलमा यस्तो छ…
इन्जिनियर नआउँदा भूकम्पपीडितको आवास निर्माण प्रभावित
इन्जिनियर नआउँदा भूकम्पपीडितको आवास निर्माण प्रभावित
साना समुहले हतियार बुझाउन थाले
साना समुहले हतियार बुझाउन थाले
व्यापारीले लकडाउन उल्लंघन गर्दै व्यवसाय सुरु गरेपछि उपत्यकाका तीनै जिल्लामा सिडियो छलफलमा
व्यापारीले लकडाउन उल्लंघन गर्दै व्यवसाय सुरु गरेपछि उपत्यकाका तीनै जिल्लामा सिडियो छलफलमा
धर्मको नाममा झुक्याउदै धर्म परिवर्तन !!!
धर्मको नाममा झुक्याउदै धर्म परिवर्तन !!!
६५ प्रतिशत मत खस्यो, स्थानीय तहको भन्दा १० प्रतिशत कम
६५ प्रतिशत मत खस्यो, स्थानीय तहको भन्दा १० प्रतिशत कम
Ex-Bigg Boss contestant Arshi Khan’s latest bikini pictures are breaking the internet, see pics
Ex-Bigg Boss contestant Arshi Khan’s latest bikini pictures are breaking the internet, see pics
उपेन्द्र यादवलाई स्वतन्त्र र बाम गठबन्धनको चुनौति
उपेन्द्र यादवलाई स्वतन्त्र र बाम गठबन्धनको चुनौति
बुटवलमा कांग्रेस र माओवादी केन्द्र चुनावी तालमेलःकांग्रेस मेयरमा,उपमेयरमा माओवादी
बुटवलमा कांग्रेस र माओवादी केन्द्र चुनावी तालमेलःकांग्रेस मेयरमा,उपमेयरमा माओवादी

तपाईंले छुटाउनुभयो कि?