ब्लडमनी बुझाउन नसक्दा एक नेपालीले मृत्यु कुर्दै
सारांश
- काठमाडौं– तेह्रथुम फेदाप गाउँपालिका २ मजुवाका ५० वर्षीय खड्गबहादुर जोगी ५ वर्षअघि वैदेशिक रोजगारीका लागि युएई गए।
- परिवारको लालनपालन र सुरक्षित भविष्यको सपना बोकेर आबुधावीको अल जुर्फ डेभलपमेन्ट प्रोजक्ट कम्पनीमा सुपरभाइजरको काम गर्न पुगेका थिए जोगी।
- तर उनको सपनामाथि ५ महिना नवित्दै बज्रपात प-यो।
काठमाडौं– तेह्रथुम फेदाप गाउँपालिका २ मजुवाका ५० वर्षीय खड्गबहादुर जोगी ५ वर्षअघि वैदेशिक रोजगारीका लागि युएई गए। परिवारको लालनपालन र सुरक्षित भविष्यको सपना बोकेर आबुधावीको अल जुर्फ डेभलपमेन्ट प्रोजक्ट कम्पनीमा सुपरभाइजरको काम गर्न पुगेका थिए जोगी। तर उनको सपनामाथि ५ महिना नवित्दै बज्रपात प-यो।
आफू सँगै काम गर्ने फिलिपिनी नागरिकको हत्याको आरोपमा उनले ५ वर्षको जेल सजाय र २ लाख दिराम (६२ लाख रुपैयाँ) जरिवाना भोग्नुप-यो। अहिले आबुधावी जेलमा उनको ४ वर्ष ७ महिना पुग्यो। अब उनी रिहा हुन ५ महिना बाँकी छ। तर उनले ब्लडमनी स्वरूप ६२ लाख मृतक फिलिपिनी नागरिकको परिवारलाई बुझाउन नसके मृत्युदण्ड भोग्नुपर्नेछ।
आजको नागरिक दैनिकमा खबर छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया