प्रदिप खड्का र स्वस्तिमा खड्का बने टीभीएस एनटर्क १२५ स्कुटरको ब्राण्ड एम्बेसडर

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ७, २०७६
|
|
३४ पटक हेरिएको
Shares
प्रदिप खड्का र स्वस्तिमा खड्का बने टीभीएस एनटर्क १२५ स्कुटरको ब्राण्ड एम्बेसडर

सारांश

  • काठमाडौं ।
  • अभिनेता प्रदीप खड्का र अभिनेत्री स्वस्तिमा खड्कालाई टीभीएस मोटर कम्पनीको लागि नेपालको आधिकारिक बिक्रेता कम्पनी जगदम्बा मोटर्स प्रालिले नेपाली बजारमा ल्याएको एनटर्क १२५ स्कुटरको ब्राण्ड एम्बेसेडर बनाएको छ।
  • अभिनेता प्रदिप खड्काले यो स्पोर्टी स्टकुरसँग जोडिन पाएकोमा खुसी व्यक्त गरेका छ ।

काठमाडौं । अभिनेता प्रदीप खड्का र अभिनेत्री स्वस्तिमा खड्कालाई टीभीएस मोटर कम्पनीको लागि नेपालको आधिकारिक बिक्रेता कम्पनी जगदम्बा मोटर्स प्रालिले नेपाली बजारमा ल्याएको एनटर्क १२५ स्कुटरको ब्राण्ड एम्बेसेडर बनाएको छ। अभिनेता प्रदिप खड्काले यो स्पोर्टी स्टकुरसँग जोडिन पाएकोमा खुसी व्यक्त गरेका छ । साथै उनले यस स्कुटरको लुक्स र पर्फर्मेन्स समेत राम्रो रहेको बताए।

अर्कोतर्फ अभिनेत्री स्वस्तिमा खड्काले आधुनिक प्रविधिको जडान भएको कारण गाडीमा चलाएजस्तो महसुस हुने बताइन् । उनले यस स्कुटर बढी पावरफुल समेत रहेकोले नेपाली उपभोक्ताले मन पराउने बताइन् । यो स्कुटरको सुरुवाती मूल्य दुई लाख २७ हजार ९ सय रूपैयाँ रहेको छ।

यस स्कुटरमा स्मार्ट एक्सोनेट रहेको छ । यो नेपालमै पहिलो कनेक्टेड स्कुटर रहेको समेत कम्पनीले दाबी गरेको छ। टीभीएस रेसिङ प्रेडिग्रीमा आधारित भएर गरिएको छ। यसमा स्टेट अफ आर्ट सीभीटीई आरईभीभी ३ भल्को इन्जिन रहेको छ। यसमा रहेको थप भल्भहरुले प्रदर्शन उच्च बनाउन मद्दत गर्ने र एक्जस्ट नोटमा प्रतिघण्टा ९५ किलोमिटरको उच्च गति दिने कम्पनीको भनाइ छ।

यसमा ब्लुटुथ इनबल्ड प्रविधि रहेको छ। जुन एनटर्क मोबाइल एपसँग जोडिएको छ। यो गुगल प्ले स्टोरबाट सहजै डाउनलोड गर्न सकिने बताएको छ। स्टिल्थ एयरक्राफ्टको डिजाइनबाट प्रेरित भएर टीभीएस एनटर्क १२५ ले सार्प, सिग्नेचर टेल र एलइडी ल्याम्पसहित एग्रेसिभ स्टाइललाई समेत मूर्तरुप दिएको कम्पनीको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?