निजामती प्रशासन सुस्त, सचिव बैठक किन भयो अवरुद्ध ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ११, २०८०
|
|
४१ पटक हेरिएको
Shares
निजामती प्रशासन सुस्त, सचिव बैठक किन भयो अवरुद्ध ?

सारांश

  • काठमाडौं, असार ११ ।
  • सरकारको नीति निर्माण र कार्यान्वयनमा समेत महत्वपूर्ण भूमिका खेल्ने सचिवहरूको बैठक लामो समयदेखि बस्न सकेको छैन ।
  • मुख्य सचिवको अध्यक्षतामा बस्ने सचिवहरूको औपचारिक बैठक लामो समयदेखि अवरुद्ध हुन पुगेको हो ।

काठमाडौं, असार ११ । सरकारको नीति निर्माण र कार्यान्वयनमा समेत महत्वपूर्ण भूमिका खेल्ने सचिवहरूको बैठक लामो समयदेखि बस्न सकेको छैन ।

मुख्य सचिवको अध्यक्षतामा बस्ने सचिवहरूको औपचारिक बैठक लामो समयदेखि अवरुद्ध हुन पुगेको हो । प्रत्येक महिनाको पहिलो हप्ता तथा महिनामा एकपटक सचिव बैठक बसेर प्रशासनमा देखिएका समस्यालाई न्यूनीकरण गर्ने प्रयास गरिँदै आइएकोमा बैठक बस्न छोडेपछि सो कार्यसमेत अघि बढ्न सकेको छैन । जसका कारण निजामती प्रशासन झन् पछि झन् सुस्त र जुम्सो हुँदै गएको सरोकारवालाको टिप्पणी छ ।

सचिव बैठक अवरुद्ध हुँदा विभिन्न मन्त्रालयले तत्कालका लागि ल्याउनुपर्ने योजना तथा नीतिहरू आउन सकेका छैनन् । विशेष गरी किसानहरूले खेतीपातीको सिजनमा मल पाउन सकेका छैनन् भने चर्को मूल्यवृद्धिले जनताहरू आहत छन् ।

सरकारी निकायले बजारमा अनुगमन गर्न नसक्दा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि अनियन्त्रित रूपमा भइरहेको छ । सचिव बैठकले यस्ता विषयलाई उच्च प्राथमिकतामा राखेर सर्वसाधारण जनतालाई राहत दिने गरी विभिन्न नीति योजना र कार्यक्रम ल्याउने सम्बन्धमा निर्णय गर्न सक्छ तर मुख्य सचिवलगायत सचिवहरूले यो विषयलाई प्राथमिकतामा राख्न सकेको देखिएको छैन ।

तत्कालीन मुख्य सचिव शंकरदास वैरागीले शुरूका दिनमा सचिव बैठक नियमित राख्ने गरेको भए पनि पछिल्ला दिनहरूमा भने उहाँले सचिव बैठक राख्न सकेका थिएनन् । वैरागीले बेलाबेलामा सचिवको बैठक राख्ने गरेको तर सचिव बैठकको निर्णय कार्यान्वयन गराउन नसकेपछि बैठक राख्नै छोडेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक सहसचिवले बताए । ‘तत्कालीन मुख्य सचिव वैरागीले सचिव बैठकको निर्णय कार्यान्वयन गराउन खासै पहल नगर्नाले बैठकका निर्णय कार्यान्वयन हुन सकेन, जसका कारण सचिव बैठक निकै फितलो हुने गरेको थियो’ –ती सहसचिवले भने ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि समेत सचिव बैठकले प्रभावकारी निर्णय गर्नुपर्नेमा त्यस्तो हुन सकेको छैन । नयाँ मुख्य सचिवमा डा। वैकुण्ठ अर्याल आएको ढेड सातासम्म उनले पनि सचिव बैठक बसेर नयाँ योजना र कार्यक्रम ल्याउन सकेका छैनन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार तत्कालीन मुख्य सचिवद्वय लोकदर्शन रेग्मी तथा शंकरदास बैरागीको कार्यकालमा सचिव बैठक विभिन्न समयमा अवरुद्ध हुँदै आएको थियो । त्यसअघि तत्कालीन मुख्य सचिव सोमलाल सुवेदीले भने दिन नै तोकेर हरेक महिना सचिव बैठक बसाल्ने गरेका थिए ।

सचिव बैठकमा समसामयिक विषयमा छलफल गरी कुनै समस्या परेमा त्यसको तत्काल निकास दिने कार्य समेत गरिएको थियो । तर, अहिले सचिव बैठक अवरुद्ध भएकाले तत्काल आइपर्ने समस्या समाधानका लागि कुनै पहल र छलफल हुन छोडेको बताइन्छ ।

(https://flossdental.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली-प्रचण्डबीच वार कि पारको अवस्था, को कता
ओली-प्रचण्डबीच वार कि पारको अवस्था, को कता
नाट्टाका पूर्व अध्यक्ष खनाल प्रति श्रद्धान्जली सभा सम्पन्न
नाट्टाका पूर्व अध्यक्ष खनाल प्रति श्रद्धान्जली सभा सम्पन्न
अन्तर्घात गरेको भन्दै १७ एमाले नेता कारबाहीमा, को को परे कारबाहीमा ?
अन्तर्घात गरेको भन्दै १७ एमाले नेता कारबाहीमा, को को परे कारबाहीमा ?
यौन दुर्व्यवहारको कसूरमा ट्रम्पलाई ८ करोड ३३ लाख डलर जरिवाना तिर्न आदेश
यौन दुर्व्यवहारको कसूरमा ट्रम्पलाई ८ करोड ३३ लाख डलर जरिवाना तिर्न आदेश
मतदाता नामावली सङ्कलन र अद्यावधिक सुरु
मतदाता नामावली सङ्कलन र अद्यावधिक सुरु
उपत्यकाका विभिन्न खोला तथा नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो
उपत्यकाका विभिन्न खोला तथा नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो
अध्यागमन कार्यालय खोल्न पहल गर्ने : राजदूत पुरी
अध्यागमन कार्यालय खोल्न पहल गर्ने : राजदूत पुरी
बिम्स्टेक सम्मेलनः राजनीतिक र आर्थिक अवस्थामा सुधार भएमा समृद्धि हुन्छः बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना
बिम्स्टेक सम्मेलनः राजनीतिक र आर्थिक अवस्थामा सुधार भएमा समृद्धि हुन्छः बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना
प्रधानमन्त्री ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (भिडियो)
प्रधानमन्त्री ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (भिडियो)
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीबाट विकृति आउँछः उपप्रम गच्छदार
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीबाट विकृति आउँछः उपप्रम गच्छदार