प्रचण्डको शिक्षा छोड्नै नसकेका पूर्वजनमुक्ति सेनाको मार्मिक पत्र प्रचण्डलाई नै

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १२, २०७४
|
|
१९ पटक हेरिएको
Shares
प्रचण्डको शिक्षा छोड्नै नसकेका पूर्वजनमुक्ति सेनाको मार्मिक पत्र प्रचण्डलाई नै

सारांश

  • टीकाराम ओली पूर्वप्रधानमन्त्रीज्यू, नमस्कार तथा अभिवादन !
  • तपाईको नाममा धेरै फेरा पत्र लेखे ।
  • अनि अधुरो क्रान्ति पूरा गर्न सकारात्मक आलोचना पनि गरे ।

टीकाराम ओली

पूर्वप्रधानमन्त्रीज्यू, नमस्कार तथा अभिवादन !

तपाईको नाममा धेरै फेरा पत्र लेखे । अनि अधुरो क्रान्ति पूरा गर्न सकारात्मक आलोचना पनि गरे । आजको दिन सम्म आउँदा जनयुद्ध लड्ने तपाईंको योद्धाहरु भटाभट पिजडामा कैद हुँदैगर्दा सबै सरकार तपाईंको समर्थन मै बनेका छन । तपाईंलाई जनयुद्धमा सुरुक्षा दिने तपाईंकै सहयात्रीहरुको गिरफ्तारले तपाईंमा बर्गिय माया र एजेन्डा हराउदै गयो । बरु परम्परागत संसदीय व्यवस्थालाई व्यवस्थित गर्न आफ्नै सहयात्री पिजडा भित्र राख्दा बर्गिय बिचारको धनी भनेर तपाईंलाई कसरी भन्ने?

हिजो जनयुद्धलाई अपराधी देख्नेहरु टाउकोको मुल्य तोक्नेहरु आज तपाईंको सहयात्री र मित्र भए । हिजो तपाईको निर्देश पालाना गर्ने र तपाईलाई बचाउनेहरु तपाईंको दुश्मन किन देख्नु भयो प्रचण्ड कमरेड । तपाईंको निर्देशमा मर्न तयार भएका कमान्डरहरु प्रतिक्रियावादी क्याम्पमा धावा बोल्दै तिनै कमान्डरहरुले तपाईंलाई सिहदरबारको सुकिलो बिछ्यौना सम्म पुराएको होइन र?

कदम कदाचित प्रतिक्रान्ती रोक्न नेतृत्व झुक्यो भने हजारौं योद्धा कमान्डर बनेर क्रान्ति जारी राख्नु पर्छ भनेर भनेर क्रान्तिको दस्तावेजमा तपाई भनाई दाखिला छ । आज तपाईको स्कुलिङमा कमान्डर बनेकाहरुले क्रान्तिको सपना देख्नु के गलत होर प्रचण्ड कमरेड ?

बरु तपाईले क्रान्तिका लागि उमारेको बिरुवाहरु आज माक्स, लेनिन र माओ बन्न तयार भै रहदा तपाईं त बरु खुसी हुनुपर्थ्यो हैन र कमरेड ? पद पैसा र भ्रष्टाचार मात्र जन्माउने व्यवस्था विरुद्ध क्रान्तिकारीले जनसत्ता र जनअदालत कायम गरेर जनतालाई न्याय दिनु गलत हो त ? जुन कुरा तपाईले नै सिकाउनु भयो ।

म अहिले कुनै पार्टीको कार्यकर्ता त छैन तर तपाईको बंकर भत्काउने पुर्वजनमुक्ति सेनाको तथा कार्यकर्ताको हैसियतले क्रान्तिको रक्षार्थ बोल्नु नैतिक कर्तव्य ठान्छु । किनकि रगतको मुल्य चुकाएर हुर्काएको क्रान्ति हो, जसको पाठशाला तपाई नै हो ।

तपाईले क्रान्तिगर्न सिकाएका सहपाटीहरुले क्रान्तिजारि छ भन्दै शान्तिपूर्ण कार्यक्रम गर्न खोज्दा प्रतिबन्ध लगाउने चेष्टा गर्यो तपाई सम्मिलित नयाँ पार्टीको सरकारले । बर्गिय एजेन्डा बोकेको पार्टी बुर्जुवा पार्टीमा छलाङ मार्दा गलत भयो भन्न पनि नपाउने होरा प्रचण्ड कमरेड ? बरु सकारात्मक आलोचना गर्दा जनयुद्धले उठाएको एजेन्डा स्थापित गर्न सजिलो पो हुन्छ होला नि ?

आफुले रचेको इतिहासलाई आफै अपराध सिद्द गर्न इतिहासले छुट कसैलाई दिएको छैन र दिने पनि छैन भन्ने मेरो बुझाइ हो । स्मरणहोस् प्रचण्ड कामरेड सिहदरबारका रैथाने बुर्जुवाहरु यो देशका बाधक हुन् । जब सम्म यिनीहरुको रबैया यो देशमा चल्छ तव सम्म देशले परिवर्तन कहिलै पाउने छैन । राजनीतिलाई आफ्नो आफ्नो पारिवारिक नालीबेलीको सेवामा समर्पित पेवा बनाएका सामन्तीहरुले यो देशको मुहार फेर्नेकुरा काल्पनिक कथा मात्र हुन् ।

होइन भने तपाई अब भन्नु सक्नु पर्छकि, जनयुद्द गलत थियो, जनयुद्दमा मारिएका शहिदहरु शहिद होइनन र यिनै सिहदरबारका रैथाने ठालुहरू देवता हुन् । यिनैले परिवर्तन दिन सक्छन हामी गलत थियौ ।

जनवादी राज्य सत्ताको लागि लड्ने नेता कार्यकर्ता प्रहरीले पक्राउ गर्दा तपाईंको बिशेष सहयोगबाट बनेको सरकार निरंकुश बन्दै छ र क्रान्तिको बिगुल फुक्नेलाई दबाउन खोज्दै छ । यस्तो कठिन समयमा तपाईं पन्छिन मिल्छ र?

बालकृष्ण गिरफ्तार हुँदा तपाईको अँखामा आसु नभए पनि हाम्रो आँखाबाट आसुको धारा बगेको थियो । अहिले फ़ेरि तपाईंको जनवादी शिक्षाबाट फस्ट डिभिजनमा पास गरेर माक्र्सवादी दार्सनिक नेता बनेका सुदर्शन र पदम राई सहितका नेता गिरफ्तार पर्दा तपाई मौन हुनुहुन्छ । कामरेड बालकृष्ण, सुदर्शनको ठाउँ तपाईंलाई आज जेल चलान गरेको भएपनि, बर्गीय क्रान्तिको नैतिक आधारमा हामी तपाई कै समर्थनमा बिरोध ओकल्थ्यौ । यहि हो क्रान्तिकारीहरुको पहिचान ।

यतिबेला हिजोका कथित संसदवादीहरु तपाईंको ढाडमा टेकेर क्रान्तिकारी शक्तिको शिरमा प्रहार गर्न सजिलो भएको छ तर यसको परिणाम असामान्य हुनसक्छ । अहिले तपाईंलाई योग्य र शक्तिशालि बनाएका छन् किनकि तपाईंले जन्माएको बिरुवाहरुलाई अपराधी र अयोग्य बनाउन सजिलो हुने ठानेका छन्, तपाईंको टाउकाको मूल्य तोक्नेहरु ।

सबैलाई अयोग्य बनाउदै अन्ततः तपाईंलाई सेरेमोनियल बनाएर हाम्रो इतिहासलाई नै समाप्त पारिदिने चेष्ट गर्दै छन् अझै पनि तपाईलाई अभिभावक सम्झेर आफ्नो पिडा, गुनासो र आलोचना गर्दा मन भावुक हुन्छ, अनेक प्रस्नहरु गर्न मन लाग्छ । बास्तवमा यति छिटै हाम्रो अभिभावक र नेता गलेको देख्ने मन थिएन ।

यो पुस्ताको नायक बनेको हेर्ने धोका थियो । कठिन समयमा जोखिम उठाउने ताकत तपाई संग हुँदाहुँदै किन गल्नु भयो ? हामी त अचम्मित भयौ नै नेपाली क्रान्तिको भबिस्य देख्ने बिश्वका क्रान्तिकारीहरु पनि चकित छन् आज ।

अब जनयुद्धका घाइते सहिद परिवार र जनवादप्रति आसा गरेका जनताको प्रश्नको जवाफ कसरी दिनु हुन्छ । कालोबजारी, भष्ट्राचारी, बलात्कारीहरु समाजमा हैकम जमाएर बसेका छन्, तिनैका विरुद्ध लड्नेहरु किन पिजडा भित्र पर्नु पर्ने कमरेड ?

सिमानामा जङ्गे पिलर हराउदा बोल्न सक्दैनौं बोल्नेहरु पनि जेल जानू पर्छ । युवा शक्तिको सीप र क्षमतालाई विदेशी बजारमा लिलाम गर्न वातावरण बनाउने गणतन्त्रको बिरोध गर्न मिल्छ मिल्दैन ?

पुर्ब प्रधानमन्त्री ज्यु तपाईंले भन्नु हुन्थ्यो क्रान्तिकारीहरु ‘रुदा रुदै हास्नु पर्छ’ भनेर तर गणतन्त्र आए पछि क्रान्तिकारीहरु रुनु मात्र पर्यो । अन्याय अत्याचार भोग्नु मात्र पर्यो । सीमाबाट पिलर हराएको मात्र खबर पढ्न पाइयो । नेपाली चेलीहरु विदेशका गल्लीमा बेचिएको खबर र ती चेलीहरुको अँखा भरी आँसु देख्न पाइयो । खेतबारी साहुँको जिम्मा लगाएर पैसा कमाएर सासुको रिन तिर्न विदेश गएका युवाहरुको रातो बाकस फर्किदा बिरतीयको क्षण देख्न पाइयो । अब यो कुन गणतन्त्र हो ? कसका लागी आएको हो ?

तपाईंले नै भन्नू भएको हो ‘अन्याय सहनु भन्दा बिद्रोह गरेर न्याय खोज्नु’ पर्छ भनेर। आज क्रान्तिकारीहरुले चाहेको जस्तो न्याय अझै मिलेको छैन, तसर्थ बिद्रोह गर्नु अधिकार तपाईकै मार्गदर्शनलाइ पालना गर्दछौ । व्यस्त समयको बावजुत पनि तपाई प्रति छोटो पत्र लेख्न बाध्य भए । नैतिकता र ईमान भए पत्रको जबाफ तपाई बाट आउने छ भन्दै पत्रलाई बिट मारे …..!

उहीँ तपाईको जनवादी शिक्षा दिमाग बाट फाल्न नसकेको टिकाराम ओली पूर्व जनमुक्ति सेना ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Birendra Rasaili

    यो कूरा सारा नेपाली जनतालाई थाहा छ किन भने प्रचण्ड पनि पैसा मा बिकेका छन उनले नेपाली जनतालाई ठूलो धोका दिएका छन हजारौ शहिद हरू बलिदान लाइ बिर्षेका छन

    Comment Author

    Mohan Oli Pratik

    Sandarvik bichar tikaram daju

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?