लघुवित्त परियोजनामा चिनियाँ सहयोग

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ७, २०७५
|
|
२८ पटक हेरिएको
Shares
लघुवित्त परियोजनामा चिनियाँ सहयोग

सारांश

  • काठमाडौँ, ७ असोज ।
  • नेपालस्थित चाइना फाउण्डेशन फर पोभर्टी एलिभेशनले (सिएफपिए)नवलपुर जिल्लाको देवचुली नगरपालिकामा लघुवित्त कार्यक्रमका लागि सहयोग गरेको छ ।
  • स्थानीय सक्रिय साना किसान कृषि सहकारीमार्फत लघुवित्त कार्यक्रमका लागि रु ३७ लाख प्रदान गरेको उक्त संस्थाले जनाएको छ ।

काठमाडौँ, ७ असोज । नेपालस्थित चाइना फाउण्डेशन फर पोभर्टी एलिभेशनले (सिएफपिए)नवलपुर जिल्लाको देवचुली नगरपालिकामा लघुवित्त कार्यक्रमका लागि सहयोग गरेको छ । स्थानीय सक्रिय साना किसान कृषि सहकारीमार्फत लघुवित्त कार्यक्रमका लागि रु ३७ लाख प्रदान गरेको उक्त संस्थाले जनाएको छ ।सफा, सुनौलो नेपाल र सक्रिय साना किसान कृषि सहकारी संस्थासँगको सहकार्यमा महिला उद्यमशिलता सहयोग परियोजनाका लागि उक्त संस्थाको सहयोगमा कार्यक्रम शुरु गरिएको हो । सिएफपिए नेपालमा काम गर्ने पहिलो चिनियाँ गैरसरकारी संस्था हो ।

देवचुली नगरपालिका सिएफपिए नेपालको देशीय निर्देशक जाउ, सफा सुनौलो नेपाल संस्थाका सचिव राकेश हमाल र सहकारीका अध्यक्ष मीना सुवेदीबीच सम्झौतापत्रमा हस्ताक्षर भइ सो रकम हस्तान्तरण गरिएको हो । गिभ टु एसिया नामक अन्तर्राष्ट्रिय दातृ संस्थाको आर्थिक सहयोगमा सञ्चालित सो नेपाली महिला उद्यमशिलता सहयोग कार्यक्रमबाट देवचुली नगरपालिकाका विपन्न दलित तथा जनजाति समुदायका करीब ४०० घरधुरीले प्रत्यक्ष लाभ लिन सक्ने उक्त संस्थाले बताएको छ । कार्यक्रमबाट चिनियाँ लघुवित्त नमूना नेपालमा पहिलो प्रयोग हुनेछ भने स्थानीय महिलाको आर्थिक अवस्था सुधार्न कार्यक्रम महत्वपूर्ण हुने सीएफपीए नेपालका प्रमुख जाउले विश्वास व्यक्त गर्नुभयो ।

चीनको गरिबी निवारणमा २० वर्षदेखि निरन्तर सञ्चालित यस प्रकारको कार्यक्रमले चीनमा महत्वपूर्ण सफलता प्राप्त गरेको छ । नेपालमा पनि यसको सफलताको अनुभव प्रयोग गरी कार्यक्रमको तर्जुमा, व्यवस्थापन र कार्यान्वयन गरिएको हो । यस कार्यक्रमबाट विपन्न र बैंकबाट कर्जा प्राप्त गर्न नसक्ने महिलाको उद्यमशिलता क्षमता विकास गरी आर्थिक अवस्था सुधार हुनेछ ।कार्यक्रमले गरीब तथा विपन्न महिलालाई कर्जा प्रवाह गर्न मात्र नभएर निजी साझेदारीमार्फत समाज विकासको लक्ष्य प्राप्तिका लागि व्यवहारिक ज्ञान, सीप तथा प्रविधि पनि प्रदान गर्ने छ । व्यावसायिक तरकारीखेती, पशुपालन, माछापालनलाई प्राथमिकता दिने र यसमा आधारित व्यवसाय, मासु पसल, तरकारी पसल खोल्न मद्दत गर्ने र भविष्यमा आर्थिक रुपले आत्मनिर्भर बन्न महत्वपूर्ण सहयोग हुनेछ ।

(Home)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनको बेला गरिएका बाचा पूरा हुन्छ : राज्यमन्त्री बाँस्कोटा
निर्वाचनको बेला गरिएका बाचा पूरा हुन्छ : राज्यमन्त्री बाँस्कोटा
बादलभित्रको घाम पुरस्कार’ को छनोटमा उत्कृष्ट पाँच कृति
बादलभित्रको घाम पुरस्कार’ को छनोटमा उत्कृष्ट पाँच कृति
अर्जेन्टिनाद्वारा मेक्सिको पराजित
अर्जेन्टिनाद्वारा मेक्सिको पराजित
प्रहरीले ७ वटा हेलिकप्टर किन्न बजेट माग्यो
प्रहरीले ७ वटा हेलिकप्टर किन्न बजेट माग्यो
कुलमानकाे पक्ष लिने विद्युत् प्राधिकरणका दुई सञ्चालक पदमुक्त
कुलमानकाे पक्ष लिने विद्युत् प्राधिकरणका दुई सञ्चालक पदमुक्त
बाघको छाला जस्तो देखिने वस्तु सहित तीन पक्राउ
बाघको छाला जस्तो देखिने वस्तु सहित तीन पक्राउ
बर्दिया क्षेत्र नम्बर १ मा वाममा बामदेव बलिया, प्रदेशसभा ‘क’ मा पनि वाम अगाडि
बर्दिया क्षेत्र नम्बर १ मा वाममा बामदेव बलिया, प्रदेशसभा ‘क’ मा पनि वाम अगाडि
नीति तथा कार्यक्रमप्रति हामिहरूकाे कुनै समर्थन छैन:  राजेन्द्र महतो
नीति तथा कार्यक्रमप्रति हामिहरूकाे कुनै समर्थन छैन: राजेन्द्र महतो
आगामी आमनिर्वाचन प्रयोजनका लागि आजदेखि राजनीतिक दल दर्ता सुरु
आगामी आमनिर्वाचन प्रयोजनका लागि आजदेखि राजनीतिक दल दर्ता सुरु
कञ्चनपुरमा घरमा आएका पाहुनाद्वारा सामूहिक बलात्कार !

तपाईंले छुटाउनुभयो कि?