स्रोत नखुलेको नगद सहित पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २८, २०७७
|
|
३० पटक हेरिएको
Shares
स्रोत नखुलेको नगद सहित पक्राउ

सारांश

  • स्रोत नखुलेको नगद सहित एकजना पक्राउ परेका छन् ।
  • चन्द्रागिरी नगरपालिका–२ नागढुङगाबाट स्रोत नखुलेको नगद ३७ लाख रुपैयाँ, ७ लाख ११ हजार रुपैयाँ लेखिएको ग्लोबल आइएमई बैंकको १ थान चेक र हस्ताक्षर भएको तर नगद उल्लेख नभएको १ थान चेक सहित चितवन माडी नगरपालिका–६ बस्ने २६ वर्षीय राम कुमार गुरुङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।
  • चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा.

स्रोत नखुलेको नगद सहित एकजना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–२ नागढुङगाबाट स्रोत नखुलेको नगद ३७ लाख रुपैयाँ, ७ लाख ११ हजार रुपैयाँ लेखिएको ग्लोबल आइएमई बैंकको १ थान चेक र हस्ताक्षर भएको तर नगद उल्लेख नभएको १ थान चेक सहित चितवन माडी नगरपालिका–६ बस्ने २६ वर्षीय राम कुमार गुरुङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।

चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ९१३९ नम्बरको हाईस गाडीलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनको झोलामा लुकाई ल्याएको उक्त नगद र चेक सहित फेला पारी पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?