प्रदेशसभा बैठकमा लालबाबु पण्डितको चर्को आलोचना
सारांश
- अस्बिन खडका उदयपुर, २० चैत ।
- प्रदेश १ को प्रदेशसभा बैठकमा सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको चर्को आलोचना भएको छ ।
- कांग्रेसकी सांसद विन्दिया कार्कीले सोमवारको प्रदेशसभा बैठकमा पण्डितको खुलेर आलोचना गरिन् ।
अस्बिन खडका
उदयपुर, २० चैत । प्रदेश १ को प्रदेशसभा बैठकमा सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको चर्को आलोचना भएको छ । कांग्रेसकी सांसद विन्दिया कार्कीले सोमवारको प्रदेशसभा बैठकमा पण्डितको खुलेर आलोचना गरिन् ।
बैठकमा सांसद कार्कीले मन्त्री पण्डितले कर्मचारीलाई थर्काउने काम गलत भएको बताइन् । “सरकारले कर्मचारीलाई काममा खटाउने र काम नगरे कारबाही गर्ने हो”, उनले भनिन्, “जथाभावी बोल्दै हिड्नु, सुविधा खोस्न खोज्नु सबै कर्मचारीको लागि राम्रो काम होइन ।”
शून्य समयमा बोल्दै उपचारको नाममा मन्त्री र नेताहरु विदेश जाने, बाढीपीडित र भूकम्पपीडितले राहत नपाएको बेला नेता र मन्त्रीको विदेश मोह निन्दनीय भएको उनको धारणा थियो । उनले प्रदेश संसद् भवन र जिल्ला समन्वय समिति एउटै भवनमा हुँदा समस्या भएको भन्दै यसको विकल्प खोज्न आग्रह पनि गरिन् । सोमबारको शून्य समयमा ९ जना प्रदेश सांसदले सुकुम्बासी, किसान, खानेपानी, बाढीपीडित र खाद्य अधिकारका विषयमा बोलेका थिए ।
अघिल्लो सरकारमा छँदा सामान्य प्रशासन मन्त्री बनेका लालबाबु पण्डित निकै चर्चामा रहेका थिए । वर्तमान सरकारमा पनि मन्त्री बन्न सफल भएका पण्डितको चर्चा अहिले पनि घटेको छैन । तर। कर्मचारीप्रतिको खरो अभिव्यक्तिका कारण केही कर्मचारी चिढिएका छन् । डिभी र पिआरधारी कर्मचारीलाई कारबाही गर्ने आँट देखाएका कारण सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित निकै चर्चामा रहेका थिए ।
Kashi Ram Ramjali
Sahi kam nagare sabailai hataunu parchha ..naya pusta aaihalchhan…..
Man Chitaure Rana Magar
Bjarastchariharuko sankhya dher bhayohola rastbadi neta lalbabu jindabat