श्रीमतीका कारण धनराज फन्दामा, सीआईबीले लियो बयान
सारांश
- काठमाडौं।
- सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले बयान लिएको छ।
- आज (मंगलबार) सीआईबीले गुरुङलाई कार्यालयमा बोलाएर बयान लिएको हो।
काठमाडौं। सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले बयान लिएको छ।
आज (मंगलबार) सीआईबीले गुरुङलाई कार्यालयमा बोलाएर बयान लिएको हो।
कांग्रेस उपसभापति गुरुङकी पूर्व श्रीमती ज्योति गुरुङले ललितपुरको मितेरी सहकारीबाट १४ करोडभन्दा बढी अपचलन गरेको आरोप छ।
उक्त कार्यमा धनराजको पनि संलग्ना रहेको भनेर आलोचना भइरहेको छ । सोही विषयमा गुरुङलाई सीआईबीले बोलाएर कागजी बयान गराएको हो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया