प्रदेश नम्बर ३ का मुख्यमन्त्री पौडेलले आज सपथ लिंदै
सारांश
- काठमाडौं, २९ माघ – प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा डोरमणि पौडेल नियुक्त भएपछि आज पद तथा गोपनीयताको सपथ लिँदैछन।
- उनले सपथ लिएसँग प्रदेश ३ को प्रदेशसभाको काम शुरु हुनेछ ।
- प्रदेश प्रमुख अनुराधा कोइरालाले एमालेबाट प्रदेश ३ संसदीय दलको नेता चुनिएका पौडेललाई आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
काठमाडौं, २९ माघ – प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा डोरमणि पौडेल नियुक्त भएपछि आज पद तथा गोपनीयताको सपथ लिँदैछन। उनले सपथ लिएसँग प्रदेश ३ को प्रदेशसभाको काम शुरु हुनेछ ।
प्रदेश प्रमुख अनुराधा कोइरालाले एमालेबाट प्रदेश ३ संसदीय दलको नेता चुनिएका पौडेललाई आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रदेश प्रमुख कोइरालाले संविधानको धारा १६८ को उपधारा ९१० बमोजिम ७२ वर्षीय पौडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
पौडेललाई मुख्यमन्त्री बनाउन एमालेले गरेको सिफारिस र माओवादीको समर्थनपत्र प्रदेश प्रमुख कोइरालालाई बुझाइएको थियो । नवनियुक्त मुख्यमन्त्री पौडेललाई प्रदेश प्रमुखको कार्यालयमा आज बिहान साढे ९ बजे पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ।
आइतबार साँझ पत्रकार सम्मेलन गरी पौडेल मुख्यमन्त्रीमा नियुक्त भएको प्रदेश प्रमुख कार्यालयका सचिव चतुर्भुज ज्ञवालीले जानकारी गराएका थिए । संसदीय दलको नेता चुन्न शुक्रबार ललितपुरमा निर्वाचन भएको थियो । एमालेकी ३ नम्बर प्रदेश कमिटी संयोजक अष्टलक्ष्मी शाक्यलाई १० मतले पछि पार्दै पौडेलले जितेका थिए ।
काठमाडौंको तत्कालीन फर्पिङ गाविसमा २००२ साल चैत १५ मा जन्मेका पौडेल हाल हेटौंडा उपमहानगरपालिका–११, नवलपुरका स्थायी बासिन्दा हुन्। मानविकी संकायमा स्नातक तहसम्मको शिक्षा हासिल गरेका उनले २०३० सालदेखि विद्यार्थी राजनीति सुरु गरेका उनी २०३६ देखि पार्टी राजनीतिमा सक्रिय हुन । यसअघि उनी दुईपटक हेटौंडा नगरपालिकाको मेयर भैसकेका व्यक्ति हुन् ।
स्थानीय तह पुनसंरचना आयोगको सदस्य बनेर काम गरेका उनले स्थानीय सरकार तथा सहरहरुको विश्व संस्था (युसिएलजी) का एसिया प्यासिफिक उपाध्यक्ष, सिटीनेटका कार्यकारी सदस्य बनेर काम गरिसकेका छन् ।
मिन बहादुर पाण्डे क्षेत्री
Congretulation our C.M.
Krishna Shrish
नेवारको बाहुल्य भएको ठाँउ बाट अस्तलछ्मी लाई हात्ती आयो हात्ती आयो फुस्सा उपहार
Pasang Khambache
सभामुखको कार्यकाल पूरा नभई आफ्नो कार्यकाल पूरा होला जस्तो छ।
Lama Jems
Randika xora rip