आज सरकार गठन र पार्टी एकताबारे छलफल गर्न एमाले बैठक बस्दै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ७, २०७४
|
|
१७ पटक हेरिएको
Shares
आज सरकार गठन र पार्टी एकताबारे छलफल गर्न एमाले बैठक बस्दै

सारांश

  • काठमाडौँ, ७ पुस ।
  • निर्वाचनपछि नयाँ सरकार गठन, नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकतालगायत विषयमा छलफल गर्न नेकपा (एमाले) स्थायी कमिटीको बैठक आज बस्दैछ ।
  • प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा वाम गठबन्धनले बहुमत हासिल गरेपछि चुनावी समीक्षा, नयाँ सरकारको नेतृत्व, माओवादी केन्द्रसँगको एकता, राष्ट्रियसभा गठनलगायत विषयमा बैठकमा छलफल गरिने एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

काठमाडौँ, ७ पुस । निर्वाचनपछि नयाँ सरकार गठन, नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकतालगायत विषयमा छलफल गर्न नेकपा (एमाले) स्थायी कमिटीको बैठक आज बस्दैछ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा वाम गठबन्धनले बहुमत हासिल गरेपछि चुनावी समीक्षा, नयाँ सरकारको नेतृत्व, माओवादी केन्द्रसँगको एकता, राष्ट्रियसभा गठनलगायत विषयमा बैठकमा छलफल गरिने एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । बैठक उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा बस्नेछ ।

सचिव ज्ञवालीले केन्द्रसँगको एकता सकेसम्म छिट्टै गर्ने तयारीमा आफूहरु रहेको बताए । एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक पनि शुक्रबार नै बस्ने योजना छ ।

निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका ती दुई वाम दलका शीर्ष नेता सम्मिलित समितिले निकट भविष्यमा पार्टी एकता गर्ने विषयमा आन्तरिक छलफल गरिरहेको छ । एमाले र माओवादी केन्द्रबीच गत असोज १७ मा चुनावी तालमेल र पार्टी एकताबारे सहमति गरिएको निर्णय सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कृष्णप्रसाद सिटौलाले अाेली र दाहाल लार्इ बहर र साँढेगाेरू भनेपछि…
‘नाच पुतली’ भन्दै  रविन्द्रले यसरी नचाए अञ्जलीलार्इ
‘नाच पुतली’ भन्दै रविन्द्रले यसरी नचाए अञ्जलीलार्इ
पूर्वप्रधानमन्त्री डा.गिरीको आज अन्तेष्टि
पूर्वप्रधानमन्त्री डा.गिरीको आज अन्तेष्टि
भारतले बाँध खाेल्दा महाकालीमा थपियो पानीकाे मात्रा !
भारतले बाँध खाेल्दा महाकालीमा थपियो पानीकाे मात्रा !
समुदाय प्रहरी साझेदारीमार्फत् विकासका गतिविधिलाई सहयोग गर्नुपर्छ: महानिरीक्षक सर्वेन्द्र खनाल
समुदाय प्रहरी साझेदारीमार्फत् विकासका गतिविधिलाई सहयोग गर्नुपर्छ: महानिरीक्षक सर्वेन्द्र खनाल
रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गर्दै विभाग
रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गर्दै विभाग
बाढी र वर्षाले कन्त बिजोग ! तैपनि कम छैन मतदातामा उत्साह ;
बाढी र वर्षाले कन्त बिजोग ! तैपनि कम छैन मतदातामा उत्साह ;
एआईजीहरु र सचिवको बैंक खाता र लकर रोक्का….
एआईजीहरु र सचिवको बैंक खाता र लकर रोक्का….
राजनीतिक अस्थिरता मान्य हुँदैन : खाँण
राजनीतिक अस्थिरता मान्य हुँदैन : खाँण
काँग्रेस स्याङजाका सभापति कमलप्रसाद पंगेनीको हृदयघातका कारण निधन !
काँग्रेस स्याङजाका सभापति कमलप्रसाद पंगेनीको हृदयघातका कारण निधन !

तपाईंले छुटाउनुभयो कि?