आयोगले मुख्य निर्वाचन अधिकृतहरूलाई दियो ६ बुँदे निर्देशन

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर ३, २०७९
|
|
३९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतसहित मातहतका निकायलाई ६ बुँदे निर्देशन दिएको छ।
  • प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन एक दिन मात्र बाँकी रहँदा आयोगले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई मतगणना र मतपरिणामसम्बन्धी सूचनाको कार्यलाई सहज र प्रभावकारी बनाउन ६ बुँदे निर्देशन जारी गरेको हो ।

काठमाडौं। निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतसहित मातहतका निकायलाई ६ बुँदे निर्देशन दिएको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन एक दिन मात्र बाँकी रहँदा आयोगले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई मतगणना र मतपरिणामसम्बन्धी सूचनाको कार्यलाई सहज र प्रभावकारी बनाउन ६ बुँदे निर्देशन जारी गरेको हो ।

यस्ता छन् निर्देशन

१. प्रत्येक मतगणनास्थलमा प्रेस कर्नरको स्थापना गरी पत्रकारहरूका लागि सूचना प्राप्तिका लागि सहज पहुँच उपलब्ध गराउने र सो कार्यका लागि सम्बन्धित निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत वा अन्य कुनै कर्मचारीलाई सूचना अधिकारी तोकी सूचना प्रवाहमा आवश्यक सहजीकरण गर्ने ।

२. मतगणना कार्यको सुरुआतमा एकपटक वा पालो मिलाएर भिडियो तथा फोटो पत्रकारलाई गणनास्थलको दृश्य र तस्बिर लिन सक्ने गरी आवश्यक प्रबन्ध गर्ने ।

३. मतगणना कार्यको प्रत्येक घण्टामा प्राप्त मत परिणामलाई मतगणनामा रहेका कर्मचारी, दल, उम्मेदवार र प्रतिनिधिले एकीन गरी सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट गर्ने ।

४. मतगणना स्थलमा राजनीतिक दल र उमेदवारको सहमतिका आधारमा माइकिङ वा डिस्प्ले वा अन्य माध्यमबाट मत परिणामको सूचना उपलब्ध गराउने ।

५. निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको आधिकारिक मतपरिणामलाई सञ्चारमाध्यमले आफ्नो वेबपेज वा पोर्टलमा आबद्ध गर्न चाहेमा सोका लागि आयोगको परिणाम पोर्टलको लिङ्क (https://result.election.gov.np) लाई ‘इम्बिड’ गरी प्रकाशन गर्न सक्ने ।

६. मतगणनाबारे आधिकारिकता पुष्टि नगरी गलत सूचना प्रवाह नगर्न/नगराउन सबै सञ्चारमाध्यमहरूलाई आग्रह गर्ने ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    miglior codice di riferimento binance

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साउदीमा जेल परेका भुपराजको परिवारको दुखेसो : सरकारले हाम्रो आँसु देखेन
साउदीमा जेल परेका भुपराजको परिवारको दुखेसो : सरकारले हाम्रो आँसु देखेन
यी हुन् साढे ५ अर्बको ठेक्का लिने काम नगर्ने पप्पु कन्ट्रक्सनका मालिक !
यी हुन् साढे ५ अर्बको ठेक्का लिने काम नगर्ने पप्पु कन्ट्रक्सनका मालिक !
गायिका पुनम देभान्सिले लिएर आईन म हु निश्चल कोपिला भन्दै रुवाउने गित (म्युजिक भिडियो)
गायिका पुनम देभान्सिले लिएर आईन म हु निश्चल कोपिला भन्दै रुवाउने गित (म्युजिक भिडियो)
भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपिओ आउँदै
भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपिओ आउँदै
करेन्ट लागेर दाजुभाइको मृत्यु
करेन्ट लागेर दाजुभाइको मृत्यु
शेर्पा उम्मेदवारविरुद्ध लागेपछि शेर्पा समुदया आक्रोशित
शेर्पा उम्मेदवारविरुद्ध लागेपछि शेर्पा समुदया आक्रोशित
नौ दलको साझा धारणा : सङ्क्रमणकालीन न्यायका बारेका उठेका विषयलाई अविलम्ब टुुङ्गोमा पुर्‍याउँछौँ
नौ दलको साझा धारणा : सङ्क्रमणकालीन न्यायका बारेका उठेका विषयलाई अविलम्ब टुुङ्गोमा पुर्‍याउँछौँ
नेकपा प्रदेश नं ३ को संसदीय दलको नेतामा मुख्यमन्त्री पौडेल !
नेकपा प्रदेश नं ३ को संसदीय दलको नेतामा मुख्यमन्त्री पौडेल !
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
जुवाखालबाट एक महिलासहित १४ पक्राउ
जुवाखालबाट एक महिलासहित १४ पक्राउ