जर्मनीका गोलकिपर नेउरको सन्यास

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ६, २०८१
|
|
१४ पटक हेरिएको
Shares
जर्मनीका गोलकिपर नेउरको सन्यास

सारांश

  • काठमाडौं।
  • जर्मनीका भेट्रान गोलकिपर म्यानुअल नेउरले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन्।
  • युरोकपपछि सन्यास लिने नेउर जर्मनीको चौथो खेलाडी हुन्।

काठमाडौं। जर्मनीका भेट्रान गोलकिपर म्यानुअल नेउरले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन्।

युरोकपपछि सन्यास लिने नेउर जर्मनीको चौथो खेलाडी हुन्। यसअघि अघिल्लो महिना सम्पन्न युरोकपपछि थोमस मुलर, टोनी क्रुज र इल्के गुण्डोगनले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका थिए।

बुधबार एक भिडियो सन्देस जारी गर्दै नेउरले यो निर्णय गर्न आफुलाई निकै मुश्किल भएको बताउँदै अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएको घोषणा गरेका हुन्।

उनले २०२६ को फिफा विश्वकपका लागि आफू खेल्ने विचार गरेको भएपनि आफूले यो नै सही समय भएको ठानेर सन्यास लिएको बताएका छन्। उनले अब आफू बायर्न म्युनिखका लागि केन्द्रित हुने बताएका छन्। आफू २०२३ सम्म जर्मनीको कप्तानी गर्न पाएकोमा सम्मानित महसुस गरेको उनले बताए।

नेउर जर्मनीले २०१४ को विश्वकप जित्दाका महत्वपूर्ण सदस्य थिए। ३८ बर्षीय नेउरले जर्मनीका लागि २००९ मा डेब्यू गरेर अहिलेसम्म १२४ खेल खेलेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?