भेटीबाट वार्षिक करोड आम्दानी

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ४, २०७४
|
|
४९ पटक हेरिएको
Shares
भेटीबाट वार्षिक करोड आम्दानी

सारांश

  • बागलुङ, ४ असोज  प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा वार्षिक रु एक करोडभन्दा बढी भेटी संकलन हुने गरेको छ ।
  • मन्दिरमा आर्थिक वर्ष २०७३÷७४ मा रु एक करोड १५ लाख ३९ हजार भेटी संकलन भएको छ ।
  • आव २०७२÷७३ भन्दा रु २५ लाख बढी भेटी संकलन भएको छ ।

बागलुङ, ४ असोज  प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा वार्षिक रु एक करोडभन्दा बढी भेटी संकलन हुने गरेको छ ।

मन्दिरमा आर्थिक वर्ष २०७३÷७४ मा रु एक करोड १५ लाख ३९ हजार भेटी संकलन भएको छ । आव २०७२÷७३ भन्दा रु २५ लाख बढी भेटी संकलन भएको छ । मन्दिर गुठी व्यवस्थापन समितिका अनुसार नगदबाहेक भक्तजनले बोका, राँगो, कुखुरा, हाँसको मुढ (टाउको), परेवा, चामल र तेल बिक्रीको रकम पनि भेटीमा जाने गरेको छ ।

गत आवमा मन्दिरमा बलि दिइएका एक हजार ८५४ बोकाको मुढ बिक्रीबाट रु १२ लाख ९९ हजार संकलन भएको समितिका अध्यक्ष राजु खड्काले जानकारी दिनुभयो । दुई हजार ६०७ कुखराको मुढबाट रु एक लाख १४ हजार र राँगोको मुढबाट रु ३५ हजार ९०० संकलन भएको छ ।

मन्दिरको भेटीमा सबैभन्दा बढी परेवा बिक्रीबाट रकम जम्मा भएको छ । गत आवमा मन्दिरबाट बिक्री भएका आठ हजार ८७५ जोडी परेवाबाट रु ३५ लाख ५० हजार भेटी उठेको छ । प्रतिजोडी परेवा रु ४०० बिक्री हुने गरेको छ । बोकाको मुढ रु ४००, राँगाको रु १००, कुखरा र हाँसको मुढ रु ४५ मा बिक्री हुने गरेको अध्यक्ष खड्का बताउनुहुन्छ । मुढ बिक्रीमा विगतमा देखिएको समस्या हटाउन समितिले यस वर्षदेखि तौल र गोटा प्रणाली अपनाएको छ ।

यस्तै, भक्तजनले चढाएको चामल (अक्षेता) बिक्रीबाट मन्दिरले रु दुई लाख १८ हजार भेटी संकलन भएको छ । मन्दिरमा चढेको तेल, कपडा लगायतका सामग्री बिक्रीको रकम मन्दिरको भेटीमै जम्मा हुन्छ । रसिद काटेर आर्थिक सहयोग गर्ने भक्तजनबाट वर्षभरिमा रु ७५ हजार संकलन भएको अध्यक्ष खड्काले बताउनुभयो । कालिका मन्दिर देशमै प्रसिद्ध शक्तिपीठका रुपमा परिचित छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री मोदीले भने : कर्मचारी खटनपटनमा राजनीतिक हस्तक्षेप भयो
मन्त्री मोदीले भने : कर्मचारी खटनपटनमा राजनीतिक हस्तक्षेप भयो
दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि आज बालगोपालेश्वर खुला
दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि आज बालगोपालेश्वर खुला
के भयो जब पाकिस्तानी प्रधानमन्त्रीलाई विमानस्थलमा कपडा खोल्न लगाइयो ?
के भयो जब पाकिस्तानी प्रधानमन्त्रीलाई विमानस्थलमा कपडा खोल्न लगाइयो ?
सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा : अर्थमन्त्री डा महत
सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा : अर्थमन्त्री डा महत
गलत हल्ला फैलाएमा जेल जानुपर्ने!
गलत हल्ला फैलाएमा जेल जानुपर्ने!
बिमस्टेक शिखर सम्मेलनको पूर्वसन्ध्यामा सचिवस्तरीय बैठक शुरु
बिमस्टेक शिखर सम्मेलनको पूर्वसन्ध्यामा सचिवस्तरीय बैठक शुरु
बैशाख २२ गते बुधवारको राशिफल यस्तो छ
बैशाख २२ गते बुधवारको राशिफल यस्तो छ
एसइइ प्रश्नपत्र चोरिएपछि २४सै घण्टा सीसीटीभी निगरानीमा
एसइइ प्रश्नपत्र चोरिएपछि २४सै घण्टा सीसीटीभी निगरानीमा
रुस समर्थक पृथक्तावादी नियन्त्रित सहर डोनेट्स्कमा विस्फोट हुदा १३ जनाको मृत्यु
रुस समर्थक पृथक्तावादी नियन्त्रित सहर डोनेट्स्कमा विस्फोट हुदा १३ जनाको मृत्यु
सिन्धुपाल्चोकमा बस दुर्घटना, १३ जनाको मृत्यु
सिन्धुपाल्चोकमा बस दुर्घटना, १३ जनाको मृत्यु