प्रदेश नम्बर ५ का १२ मध्ये ६ जिल्लामा कांग्रेस निल !
सारांश
- काठमाडौं, मंसिर २३ – संघीय संविधानपछिको पहिलो संसदीय चुनावमा नेपाली कांग्रेस निकै पछाडि पर्यो ।
- प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस तेस्रो दल हुने देखिएको छ ।
- प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले बढीमा २१ सिट भन्दा धेरै नजित्ने पक्कापक्की जस्तै भएको छ ।
काठमाडौं, मंसिर २३ – संघीय संविधानपछिको पहिलो संसदीय चुनावमा नेपाली कांग्रेस निकै पछाडि पर्यो । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस तेस्रो दल हुने देखिएको छ । प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले बढीमा २१ सिट भन्दा धेरै नजित्ने पक्कापक्की जस्तै भएको छ । मतगणना भैरहेका ठाउँमा चमत्कार भएन भने कांग्रेसका उम्मेदवार विजयी हुने सम्भावना छैन ।
७ वटै प्रदेशमा जस्तै प्रदेश नम्बर ५ मा पनि नेपाली कांगे्रसले राम्रो नतिजा निकाल्न सकेन । तर प्रदेश नम्बर १, ३, ४, ६ र ७ मा जस्तो कांग्रेस ५ नम्बर प्रदेशमा निरिह हुनुपरेन । बरु नेकपा एमालेका उपाध्यक्षलाई हराएर कांग्रेसले प्रदेश नम्बर ५ मा कांग्रेस बलियो रहेको संकेत दियो ।
१२ जिल्लाका २६ निर्वाचन क्षेत्र रहेको प्रदेश नम्बर ५ मा कांग्रेसले ५ वटा सिट जितेको छ । रुपन्देहीका ५ क्षेत्रमध्य २ क्षेत्र जितेर कांग्रेसले बलियो साबित गर्यो । त्यस्तै नवरपरासी पश्चिम, कपिलवस्तु र बर्दियामा पनि कांग्रेसले सिट जित्यो ।
बर्दिया १ मा एमालेका उपाध्यक्ष बामदेव गौतमलाई कांग्रेसका सञ्जयकुमार गौतमले ७ सय ५३ मतले पराजित गर्नुभयो । कपिलवस्तु ३ मा कांग्रेसका अभिषेकप्रताप साहले ४ हजार भन्दा धेरै मतान्तरले फोरमका मंगलप्रसाद गुप्तालाई हराउनुभयो ।
नवलपरासी पश्चिमको क्षेत्र नम्बर २ मा कांग्रेसका देवेन्द्रराज कँडेलले माओवादीका घनश्याम यादव अहिरलाई झण्डै ११ हजार मतान्तरले हराउनुभयो । रुपन्देही ४ मा कांग्रेसका प्रमोदकुमार यादवले राजपाका सर्वेन्द्र्रनाथ शुक्ल भन्दा ११ हजार धेरै मत ल्याएर विजयी हुनुभयो । यस्तै रुपन्देहीकै क्षेत्र नम्बर ५ कांग्रेसका भरतकुमार साहले माओवादीका डिलाराम आचार्यले भन्दा धेरै १३ हजार धेरै मत ल्याएर विजयी हुनुभयो ।
प्रदेशसभापका ५२ मध्य कांग्रेसलाई ७ सिट
५ नम्बर प्रदेशका प्रदेशसभाका ५२ सिटमध्ये नेपाली कांग्रेसले ७ वटा सिट जितेको छ । प्रतिनिधिसभा सदस्य जितेको बर्दियामा कांग्रेसले प्रदेशसभामा भने जित हात पार्न सकेन । कांग्रेसले ५२ प्रदेशसभामा ७ वटा जितेर प्रदेश नम्बर ५ मा आफ्नो केही न केही उपस्थिति देखाएको छ ।
बाँकेको क्षेत्र नम्बर २ को ख मा कांग्रेसका सुरेन्द्र हमाल विजयी हुनुभयो ।
दाङको क्षेत्र नम्बर ३ क मा कांग्रेसका डिल्ली चौधरी विजयी हुनुभयो ।
कपिलवस्तु ३ को ख मा कांग्रेसका बीरेन्द्रकुमार कनोडिया विजयी हुनुभयो ।
नवलपरासी पश्चिमको २ ख मा कांग्रेसका बैजनाथ कलवार विजयी हुनुभयो ।
रुपन्देहीको ४ क मा अष्टभुज पाठक विजयी हुनुभयो ।
रुपन्देहीको ४ ख मा बसिउद्दिन खाँन विजयी हुनुभयो ।
रुपन्देहीको ५ ख मा फकरुद्दिन खाँन विजयी हुनुभयो ।
प्रदेश नम्बर ५ का ६ जिल्लामा कांग्रेस निल
प्रदेश नम्बर ५ का १२ जिल्लमध्ये ६ जिल्लामा कांग्रेस निल भयो । ६ वटा जिल्लामा कांग्रेसले न प्रतिनिधिसभामा जित्यो न त प्रदेशसभामा नै ।
कांग्रेस निल भएका जिल्ला :
पूर्वी रुकुमको एउटा प्रतिनिधिसभा र २ वटा प्रदेशसभामा
रोल्पाको एउटा प्रतिनिधिसभा र २ वटा प्रदेशसभा
प्यूठानको एउटा प्रतिनिधिसभा र २ वटा प्रदेशसभा
गुल्मीका २ वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा
पाल्पाका २ वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा
अर्घाखाँचीको एउटा प्रतिनिधिसभा र २ वटा प्रदेशसभाको अन्तिम नतिजा सार्वजनिक भैसकेको छैन तर प्रारम्भिक मतपरिणामले अर्घाखाँचीमा पनि कांग्रेसले जित्ने संकेत छैन ।
प्रतिक्रिया