नेप्से परिसूचक र कारोबार दुबै बढ्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १२, २०८१
|
|
३१ पटक हेरिएको
Shares
नेप्से परिसूचक र कारोबार दुबै बढ्यो

सारांश

  • काठमाडौं।
  • धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बढेको छ।
  • नेप्से परिसूचक आज २७ दशमलव ४१ अङ्कले उकालो लागेर दुई हजार छ सय ४५ दशमलव ३६ मा पुगेको छ।

काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बढेको छ। नेप्से परिसूचक आज २७ दशमलव ४१ अङ्कले उकालो लागेर दुई हजार छ सय ४५ दशमलव ३६ मा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३ दशमलव १४ अंकले उकालो लागेर चार सय ७२ दशमलव ९५ मा पुगेको छ।

कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा आज वृद्धि भएको छ।

कूल एक करोड चार लाख १८ हजार नौ सय २६ कित्ता शेयर पाँच अर्ब ३४ करोड ४८ लाख नौ सय १२ मूल्यमा खरिद बिक्री भएको छ।

नेप्सेका अनुसार, जानकी फाइनान्स र डोल्टी पावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?