प्रदेश प्रमुख नियुक्त भएकै दिनदेखि भविष्य अन्यौलमा
सारांश
- काठमाडौं, ४ माघ ।
- सरकारले प्रदेश प्रमुख नियुक्त गरेकै दिनदेखि उनीहरुको भविष्य अन्यौल देखिएको छ ।
- झण्डै दुई तिहाईनजिक पुराएको र नयाँ सरकार गठन गर्ने तयारीमा रहेको वाम गठबन्धनका नेताहरुले राष्ट्रिय सहमतिबिना प्रदेश प्रमुख तोकिएकाले उनीहरुको भविष्य अन्यौल हुने प्रतिक्रिया दिएका छन् ।
काठमाडौं, ४ माघ । सरकारले प्रदेश प्रमुख नियुक्त गरेकै दिनदेखि उनीहरुको भविष्य अन्यौल देखिएको छ । झण्डै दुई तिहाईनजिक पुराएको र नयाँ सरकार गठन गर्ने तयारीमा रहेको वाम गठबन्धनका नेताहरुले राष्ट्रिय सहमतिबिना प्रदेश प्रमुख तोकिएकाले उनीहरुको भविष्य अन्यौल हुने प्रतिक्रिया दिएका छन् ।
एमालेका वरिष्ठ नेता एवं सचिव प्रदीप ज्ञवालीले सरकारले सहमतिको आधारमा प्रदेश प्रमुख नियुक्त नगरेको बताएका छन् । उनले भने, “उहाँहरुको भविष्य के हुने भन्ने विषयमा नियुक्ति गर्नेहरुले नै सोच्नुपर्ने हो ।”
“प्रदेश प्रमुख सरकार र राष्ट्रपतिको प्रतिनिधि हुने भएकाले नयाँ सरकारले त्यसैअनुसार निर्णय गर्नेछ”, ज्ञवालीले भने । अहिले तोकिएका प्रदेश प्रमुखहरुले नयाँ सरकारको प्रतिनिधित्व गर्न नसक्ने उनको धारणा थियो ।
प्रतिक्रिया