मेनपावर सबै बन्द हुन्छन्-केपी शर्मा ओली

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २६, २०७४
|
|
३१ पटक हेरिएको
Shares

सारांश

  • सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुग्दा केही अनौठा दृश्य देखिए ।
  • ओली झापा ५ बाट सर्वाधिक मतसहित आइतबार दिउँसो विजयी भए पनि प्रमाणपत्र लिन भने सोमबार मात्र झापा पुगे ।
  • त्यो पनि हवाईजहाज नै चार्टर गरेर ।

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुग्दा केही अनौठा दृश्य देखिए । ओली झापा ५ बाट सर्वाधिक मतसहित आइतबार दिउँसो विजयी भए पनि प्रमाणपत्र लिन भने सोमबार मात्र झापा पुगे । त्यो पनि हवाईजहाज नै चार्टर गरेर ।

अध्यक्ष ओली आफ्नी पत्नी, नेता अग्नि खरेल, कलाकारहरू राजेश घतानी र विल्सनविक्रम राईलगायतको ठूलो टोली लिएर झापा पुगेका हुन् । विमानस्थलमा ओलीलाई स्वागत गर्न उनका वृद्ध बुबासमेत पुगेका थिए । उनले पुष्पगुच्छा दिएर छोरालाई स्वागत गरे ।

जब ओलीले आफ्नै आवाज सुनेनन्
रंगशाला पुगेको केहीबेरमै ओलीले सम्बोधन गर्न सुरु गरे । रंगशालाको मैदानमा बसेका सर्वसाधारणले त उनको आवाज प्रस्ट सुनिरहेकै थिएँ । तर, ओली आफैँले आफ्नो आवाज सुनेनन् । कारण, माइक निकै टाढा राखिएको थियो, त्यो पनि सर्वसाधारणतिर फर्काएर । आफैँले आवाज नसुनेपछि ओली एकछिन रोकिए । र, छेउछाउका कार्यकर्तालाई सोधे, ‘के भएको माइक रु पटक्कै आवाज छैन त १’ सर्वसाधारणतिर फर्किएर उनले भने, ‘चुनाव सिद्धिएर हो कि क्या हो, माइक पनि सिद्धिएछ १’ सबै हाँसे ।

गरिबी समाप्त पार्ने दाबी
सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले मुलुकले नयाँ इतिहास रचना गरेको बताए । उनले अब मुलुकको शासन सञ्चालनमा जनताको सहभागिता रहने दाबी गरे । ‘जन्मिँदै शासक हुने, कानुनभन्दा माथि रहने राजतन्त्र हामीले उखालेर फ्याँकिसक्यौँ,’ उनले भने, ‘अब जनताबाट निर्वाचित प्रतिनिधिले शासन चलाउँछन्, नीति, नियम र कानुन बनाउँछन् ।’

ओलीले केही वर्षभित्रै नेपालबाट गरिबी समाप्त पार्ने दाबी गरे । जनताले अनुभूति गर्ने गरी काम गरेर देखाउने ओलीको भनाइ थियो । निर्वाचनमा पराजित उम्मेदवार तथा पार्टीलाई ओलीले पिर नगर्न आग्रह गरे । कुनै भेदभाव नगरी सबैलाई समेटेर लैजाने ओलीले बताए ।

‘म आफ्ना लागि होइन, देशका लागि लड्दै छु,’ उनले भने, ‘अब कोही पनि नेपालीले मेनपावरमा गएर आफ्ना छोराछोरीको नाम लेखाउनुपर्दैन, यहीँ रोजगारी सिर्जना गरिन्छ, केही वर्षभित्रै मेनपावर कार्यालयहरू ग्राहक नआएको पसलजस्तै हुनेछन् ।’ ओलीले आफ्नो ध्यान मुलुकलाई समृद्ध बनाउनेतर्फ हुने बताए । झापाबाट विजयी कोही पनि उम्मेदवारले भ्रष्टाचार नगर्ने उनले बताए । ओलीले भने, ‘म जमानी बसेको छु, उहाँहरूले गलत काम गर्नुहुने छैन ।’

प्रमाणपत्र ग्रहण
विमानस्थलबाट एमाले अध्यक्ष ओली सीधै जिल्ला हुलाक कार्यालय पुगे । जहाँ उनलाई निर्वाचित भएको प्रमाणपत्र दिने कार्यक्रम तय गरिएको थियो । निर्वाचन अधिकृत सकुन्तला कार्कीको हातबाट प्रमाणपत्र लिँदै अध्यक्ष ओलीले शान्तिपूर्ण ढंगले आफ्नो जिम्मेवारी पूरा गरेको भन्दै निर्वाचन अधिकृत, सुरक्षाकर्मीलगायतलाई धन्यवाद दिए । निर्वाचनअघि उम्मेदवार दर्ता गराउन सोही कार्यालयमा पुग्दा निर्वाचन अधिकृत कार्कीलाई ओलीले भनेका थिए, ‘अब म एकैपटक प्रमाणपत्र लिन मात्रै आउँछु नि १’ भयो पनि त्यस्तै ।

मुलुकमै सर्वाधिक मतसहित विजयी बनाइदिएको भन्दै ओलीले झापा क्षेत्र नम्बर ५ का मतदातालाई धन्यवाद दिए । छेउमा बसेका ओलीका बुबा भने हर्षले गहभरि आँशु पार्दै थिए ।

प्रमाणपत्र लिएपछि ओली मेची रंगशालामा आयोजित सभालाई सम्बोधन गर्न पुगे जहाँ राप्रपा महामन्त्री लिङ्देन, क्षेत्र नम्बर १ बाट निर्वाचित माओवादी केन्द्रका सुरेन्द्र कार्की र एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम थियो । रंगशालामा ओली ढिला पुगेकाले लिङ्देन र कार्कीले भने सम्बोधन गरिसकेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?