अनुदानको सोलारमा ठगिएको रकम फिर्ता

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १५, २०७६
|
|
२० पटक हेरिएको
Shares
अनुदानको सोलारमा ठगिएको रकम फिर्ता

सारांश

  • जुम्लाको गुठीचौर गाउँपालिका–५ का १८१ घर परिवारलाई दिइएको अनुदानको सोलारमा ठगिएका दलित र जनजातिले रकम फिर्ता पाएका छन् ।
  • ‘हाम्रो साझा बहुउद्देश्यीय सहकारी संस्था’, जुम्लाको पहलमा सो रकम फिर्ता हुने भएको संस्थाका अध्यक्ष मनसुर सुनारले बताउनुभयो ।
  • सोलारमा ठगी गर्ने मीनवहादुर मल्लले सबै वडाबाट सङ्कलन गरेको रकम दिने बाचा गरेको जनाइएको छ ।

जुम्लाको गुठीचौर गाउँपालिका–५ का १८१ घर परिवारलाई दिइएको अनुदानको सोलारमा ठगिएका दलित र जनजातिले रकम फिर्ता पाएका छन् ।

‘हाम्रो साझा बहुउद्देश्यीय सहकारी संस्था’, जुम्लाको पहलमा सो रकम फिर्ता हुने भएको संस्थाका अध्यक्ष मनसुर सुनारले बताउनुभयो ।

सोलारमा ठगी गर्ने मीनवहादुर मल्लले सबै वडाबाट सङ्कलन गरेको रकम दिने बाचा गरेको जनाइएको छ । अध्यक्ष सुनारले दलित समुदायको हकहितका लागि काम गर्न गठन गरिएको सहकारी संस्थाको प्रयासमा रकम फिर्ता गर्ने कार्य सुरु गरिएको जानकारी दिनुभयो ।

दलित र जनजातिबाट मल्लले रु एक हजार ५०० प्रति सोलारबाट सङ्कलन गरिएको थियो । चन्दननाथ नगरपालिकामा मल्लले एक हजार सोलार वितरणबाट रु १५ लाख दलित र जनजातिबाट लिएको जनाएको छ । नगरपालिकाको न्यायिक समितिले पाँच पटकसम्म छलफल गर्दा रकम दिन नमानेपछि छैटौँ पटक बसेको न्यायिक समिति बैठकले मल्ललाई अदालत पठाउने निर्णय गरेको थियो ।

जुम्लामा दुई हजार २०१ वटा अनुदानका सोलार ल्याइएकामा दुई हजार २०१ सोलारमध्ये नगरपालिकामा एक हजार, गुठीचौर गाउँपालिकामा १५० र तातोपानी गाउँपालिकामा ४७० सोलार वितरण भएको थियो ।

(www.leankitchenco.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?