रत्ननगरः तीन वडामा एमाले विजयी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २, २०७४
|
|
१५८२ पटक हेरिएको
Shares
रत्ननगरः तीन वडामा एमाले विजयी

सारांश

  • रत्ननगर (चितवन), २ जेठ ।
  • पूर्वी चितवनको राप्ती नगरपालिकाको वडा नं ४ र ५ तथा खैरहनी नगरपालिकाको वडा नं १ मा नेकपा(एमाले )को समूह नै विजयी भएको छ ।
  • खैरहनी– १ मा एमालेका भूमिप्रसाद कँडेल ९६४ मतका विजयी हुनुभएको सहायक निर्वाचन अधिकृत दिवाकर पौडेलले जानकारी दिनुभयो ।

रत्ननगर (चितवन), २ जेठ । पूर्वी चितवनको राप्ती नगरपालिकाको वडा नं ४ र ५ तथा खैरहनी नगरपालिकाको वडा नं १ मा नेकपा(एमाले )को समूह नै विजयी भएको छ ।
खैरहनी– १ मा एमालेका भूमिप्रसाद कँडेल ९६४ मतका विजयी हुनुभएको सहायक निर्वाचन अधिकृत दिवाकर पौडेलले जानकारी दिनुभयो ।

यस्तै राप्ती नगरपालिका वडा नं ४ का वडाध्यक्षमा शमशेर लामा एक हजार १६५ र वडा नं ५ मा मेनुका पाठक ६८६ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतगणना हुँदै
रत्ननगरको वडा नं १ र १६ को मतगणनामा काँग्रेसले प्रमुखमा ९१६ र उपप्रमुखमा ८९२ मत प्राप्त गरेको छ । एमालेले प्रमुखमा ९३९ र उपप्रमुखमा ८९४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै नेकपा(माओवादी केन्द्र)ले प्रमुखमा २९८ र उपप्रमुखमा ३१३ मत ल्याएको छ ।

उता पूर्वी चितवनको राप्ती र खैरहनी नगरपालिकामा भने एमालेको अग्रता कायमै छ । पछिल्लो पटक सार्वजनिक गरिएको मतपरिणामानुसार खैरहनी प्रमुखमा एमालेले ६८८, माओवादी केन्द्रले ६८४ र काँग्रेसले ५७५ ल्याएका छन् ।
एमालेले उपप्रमुखमा ९१४ काँग्रेसले ६३६ तथा माओवादी केन्द्रले ४१३ मत ल्याएको सहायक निर्वाचन अधिकृत दिवाकर पौडेलले जानकारी दिनुभयो ।

अब वडा नं २ को मतगणना सुरु भएको छ । उता मकवानपुरको सिमाना जोडिएको राप्ती नगरपालिकामा बिहान ११.३० बजेसम्मको मतपरिणामानुसार एमालेले प्रमुखमा एक हजार ९४७ र उपप्रमुखमा एक हजार ९५६ , काँग्रेसले प्रमुखमा एक हजार १७५ र उपप्रमुखमा एक हजार ४२ तथा माओवादी केन्द्रले प्रमुखमा २८६ र उपप्रमुखमा २६१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक सुरक्षा भत्ता नपाउँदा स्वास्थ्य उपचारमा समस्या
सामाजिक सुरक्षा भत्ता नपाउँदा स्वास्थ्य उपचारमा समस्या
उपनिर्वाचन २०७६ :पर्सामा त्रिपक्षीय भिडन्त
उपनिर्वाचन २०७६ :पर्सामा त्रिपक्षीय भिडन्त
५१ स्थानीय तहको नतिजा सार्वजनिक , नेकपा एमालेको अग्रता कायमै, कहाँ कसले जिते ? (सूचीसहित)
५१ स्थानीय तहको नतिजा सार्वजनिक , नेकपा एमालेको अग्रता कायमै, कहाँ कसले जिते ? (सूचीसहित)
कस्ले चलाउँछ पाेखराको पवित्र सीता गुफा भित्रै यौन धन्दा !
कस्ले चलाउँछ पाेखराको पवित्र सीता गुफा भित्रै यौन धन्दा !
द्वन्द्व पीडित राष्ट्रिय संजालद्वारा बालुवाटारमा धर्ना
द्वन्द्व पीडित राष्ट्रिय संजालद्वारा बालुवाटारमा धर्ना
राष्ट्रियसभामा वार्षिक प्रतिवेदन पेश
राष्ट्रियसभामा वार्षिक प्रतिवेदन पेश
कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ
कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ
कालीकोटबाट सुर्खेतका लागि हिडेको यात्रुबाहक जीप दुर्घटना
कालीकोटबाट सुर्खेतका लागि हिडेको यात्रुबाहक जीप दुर्घटना
नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिनको माग
नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिनको माग
कस्ता समस्या भएका व्यक्तिले खानु हुँदैन कालो चना ?
कस्ता समस्या भएका व्यक्तिले खानु हुँदैन कालो चना ?

तपाईंले छुटाउनुभयो कि?