नक्कली भूटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १०, २०८०
|
|
२७ पटक हेरिएको
Shares
नक्कली भूटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता

सारांश

  • काठमाडौँ ।
  • सरकारी वकिल कार्यालयले नक्कली भूटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ ।
  • उक्त प्रकरणमा सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

काठमाडौँ । सरकारी वकिल कार्यालयले नक्कली भूटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ ।

उक्त प्रकरणमा सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध मुद्दा दायर गरेको छ । तीमध्ये १६ पक्राउ परेका छन् भने १४ जना फरार रहेका छन् । मुद्दा दर्ता गरेपछि जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्रीले भने, “३० जनाविरुद्ध मुद्दा दर्ता भएको र १६ जना पक्राउ परिसकेका छन्, फरार रहेका १४ जनाको हकमा अदालतबाट म्यादपूर्जी जारी गरेर खोजिन्छ र उनीहरुको सम्पत्ति रोक्का हुन्छ ।” अदालतमा अब प्रारम्भिक चरणमा बयान हुन्छ । त्यसपछि थुनछेक बहस हुन्छ ।

दर्ता गरिएको मुद्दामा निजहरूविरुद्ध राज्यविरुद्धको कसुर, सङ्गठित अपराध र एकीकृत कसुरसमेत मागदाबी गरिएको छ । सार्वजनिक पदधारण गरिएको व्यक्तिको हकमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसमेत गरिनेछ ।

जिल्ला न्यायाधिवक्ता खत्रीका अनुसार निजहरूविरुद्ध रु २७ करोडभन्दा बढीको बिगो रहेको छ भने कैद सजाय ठगी र किर्तेमा सात वर्ष कैद, राज्यविरुद्धको कसुरमा पाँच वर्ष कैद र जरिवाना पनि छ । सङ्गठित र एकीकृत कसुरमा कानूनअनुसार गरिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री भएको केहिदिन बित्न नपाउदै दिल्लि जाने हतारोमा : देउवा
प्रधानमन्त्री भएको केहिदिन बित्न नपाउदै दिल्लि जाने हतारोमा : देउवा
काठमाडौँमा खतराः जिल्ला जिल्लामा कोरोना संक्रमित बढ्न थालेपछि काठमाडौँ आउने बढे
काठमाडौँमा खतराः जिल्ला जिल्लामा कोरोना संक्रमित बढ्न थालेपछि काठमाडौँ आउने बढे
सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई आजै तीन जिल्ला घुमाइयो
सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई आजै तीन जिल्ला घुमाइयो
श्रीलंकाका पूर्व राष्ट्रपति अचानक बने प्रधानमन्त्री
श्रीलंकाका पूर्व राष्ट्रपति अचानक बने प्रधानमन्त्री
सेक्स के हो ! गर्मीको समयमा सेक्स, कतिबेला र कतिपटक गर्ने ?
सेक्स के हो ! गर्मीको समयमा सेक्स, कतिबेला र कतिपटक गर्ने ?
दक्षिण अफ्रिका टूरका लागि भारतीय टिमको घोषणा
दक्षिण अफ्रिका टूरका लागि भारतीय टिमको घोषणा
सिक्किममा ढल्यो चाम्लिङ राज
सिक्किममा ढल्यो चाम्लिङ राज
संविधान कार्यान्वयनको ठोस आधार तयारः नेम्वाङ
संविधान कार्यान्वयनको ठोस आधार तयारः नेम्वाङ
आत्महत्या दुरुत्साहनः अबको सम्भावना पुर्पक्षका लागि थुना वा रिहा
आत्महत्या दुरुत्साहनः अबको सम्भावना पुर्पक्षका लागि थुना वा रिहा
धनकुटा,प्यूठान,इलाम,बझाङ को ताजा पारीणाम
धनकुटा,प्यूठान,इलाम,बझाङ को ताजा पारीणाम

तपाईंले छुटाउनुभयो कि?