कोरोनाको प्रभाव अन्नपूर्ण पदमार्गमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २०, २०७६
|
|
५१ पटक हेरिएको
Shares
कोरोनाको प्रभाव अन्नपूर्ण पदमार्गमा

सारांश

  • मनाङ।
  • विश्वभर फैलिएको कोरोना भाइरसका कारण अन्नपूर्ण पदमार्ग सुनसानजस्तै बनेको छ।
  • लमजुङको सदरमुकाम बेँसीशहरदेखि शुरु हुने चक्रीय अन्नपूर्ण पदमार्ग कास्कीको पोखरा पुगेर समाप्त हुन्छ।

मनाङ। विश्वभर फैलिएको कोरोना भाइरसका कारण अन्नपूर्ण पदमार्ग सुनसानजस्तै बनेको छ। लमजुङको सदरमुकाम बेँसीशहरदेखि शुरु हुने चक्रीय अन्नपूर्ण पदमार्ग कास्कीको पोखरा पुगेर समाप्त हुन्छ। विगत वर्षहरुमा विदेशी पर्यटकको लर्को लाग्ने यो समयमा अहिले पर्यटक देख्नै रहर भएको छ। लमजुङ बेँसीशहर हुँदै खुदीभुलभुले, बाहुनडाँडा, जगतच्याम्चे, जगत भएर पर्यटक मनाङ आउने क्रम ठप्प भएको छ।

पर्यटनकै भरमा रहेका पर्यटन व्यवसायी र होटल व्यवसायी पर्यटन नआउँदा निराश भएका छन्। पर्यटन व्यवसायी विनोद गुरुङका अनुसार गत वर्ष यो समयमा होटलका कोठाले नपुगेर टेन्टमा पर्यटक राख्नुपरेको थियो, अहिले सबै खाली नै छन् । त्यस्तै गुनासो अधिकांश होटल व्यवसायीको छ।

कहिले हिमपात त कहिले महामारी रोगले यो पदमार्गमा आउने पर्यटक दिनानुदिन घट्दै गएको होटल व्यवसायी मिङ्मर लामाले बताए। उनका अनुसार दुईचार दिन अगाडि एकदुई पर्यटक देखिए पनि अहिले भने सुनसान नै भएको छ। उनले भने, “पर्यटक आउनुभन्दा पनि रोग सर्ला कि भन्ने डरले सताएको छ।”

जिल्ला प्रशासन कार्यालय मनाङले विदेशी पर्यटकसँग सचेत रहन र कोरोना भाइरसका बारेमा सतर्क रहन आग्रह गरेको छ। त्यस्तै अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले पनि पर्यटकीय क्षेत्रमा आउने विदेशी पर्यटकसँग सचेत रहन आग्रह गरेको छ। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पप्पु कन्स्ट्रक्सनको बदमासीः हस्ताक्षर सांसदकै,  पक्राउ पुर्जी छोरालाई !
पप्पु कन्स्ट्रक्सनको बदमासीः हस्ताक्षर सांसदकै, पक्राउ पुर्जी छोरालाई !
अव एकल पुरुषलाई पनि मासिक भत्ता
अव एकल पुरुषलाई पनि मासिक भत्ता
महेश बस्नेत भक्तपुर प्रतिनिधि सभा निर्बाचन क्षेत्र नं २ बाट सर्बसम्मत उम्मेदवार सिफारिस
महेश बस्नेत भक्तपुर प्रतिनिधि सभा निर्बाचन क्षेत्र नं २ बाट सर्बसम्मत उम्मेदवार सिफारिस
ओली सरकारले जनता झुक्याउने काम मात्रै गर्यो : सिंह
ओली सरकारले जनता झुक्याउने काम मात्रै गर्यो : सिंह
कोरोना भाइरसको प्रकोपबाट बच्न सतर्कता अपनाउदै इद उल फित्र मनाउन प्रम ओलीको अनुरोध
मलेरियाको उच्च जोखिम क्षेत्रमा विषादी छर्किंदै
मलेरियाको उच्च जोखिम क्षेत्रमा विषादी छर्किंदै
जिल्ला निर्वाचन अधिकारी रायप्रति श्रद्धाञ्जली !
जिल्ला निर्वाचन अधिकारी रायप्रति श्रद्धाञ्जली !
विमानस्थलका सवारी साधन नयाँ ‘पार्किङ भवन’मा
विमानस्थलका सवारी साधन नयाँ ‘पार्किङ भवन’मा
Anushka Sharma asked a man to stop throwing garbage on the road, he slammed Virushka!
Anushka Sharma asked a man to stop throwing garbage on the road, he slammed Virushka!
संविधानले बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ: प्रम देउवा
संविधानले बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ: प्रम देउवा