पुस २७ लाई पृथ्वीजयन्ती मनाउन र सार्वजनिक बिदा दिन सरकारमाथि दबाब

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २५, २०७३
|
|
२०३ पटक हेरिएको
Shares
पुस २७ लाई पृथ्वीजयन्ती मनाउन र सार्वजनिक बिदा दिन सरकारमाथि दबाब

सारांश

  • २७ पुसलाई पृथ्वीजयन्तीका रूपमा मनाउन र सार्वजनिक बिदा दिन सरकारमाथि दबाब बढेको छ ।
  • सरकारमै सहभागी राप्रपाले मन्त्रिपरिषद् बैठकमा पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने प्रस्ताव लैजाने तयारी गरेको छ ।
  • प्रमुख दलका शीर्ष नेतालेसमेत सार्वजनिक बिदा दिनुपर्ने धारणा व्यक्त गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब परेको हो ।

२७ पुसलाई पृथ्वीजयन्तीका रूपमा मनाउन र सार्वजनिक बिदा दिन सरकारमाथि दबाब बढेको छ ।
सरकारमै सहभागी राप्रपाले मन्त्रिपरिषद् बैठकमा पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने प्रस्ताव लैजाने तयारी गरेको छ ।
प्रमुख दलका शीर्ष नेतालेसमेत सार्वजनिक बिदा दिनुपर्ने धारणा व्यक्त गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब परेको हो ।
पछिल्लो राजनीतिक गतिरोध अन्त्यका लागि आइतबार सभामुखको कार्यकक्षमा बसेको पा“च दलका शीर्ष नेताको बैठकमा शीर्ष नेताहरूबीच २७ पुसमा सार्वजनिक बिदा दिने विषयमा चर्चा चलेको थियो ।
बैठक चलिरहेका वेला राप्रपाका प्रमुख सचेतक दिलनाथ गिरीलगायतका नेता शीर्ष नेताहरूलाई पृथ्वीजयन्तीका अवसरमा आयोजना गरिएको चियापान कार्यक्रममा निमन्त्रणा दिन सभामुखको कार्यकक्ष पुगेका थिए ।
त्यहाँ उनीहरूले २७ पुसको चियापानका लागि सहभागी हुन प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, एमाले वरिष्ठ नेता झलनाथ खनाललगायतलाई निमन्त्रणा दिए ।

प्रधानमन्त्रीले भने– चाँडै निर्णय लिन्छु
राप्रपा नेता गिरीका अनुसार चियापानको निमन्त्रणा दिएपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले वरिष्ठ नेता खनालले प्रधानमन्त्रीतर्फ संकेत गर्दै ‘यसपटक त बिदा दिनुपर्‍यो है के हुँदै छ’ भनेर सोधे । खनालको भनाइमा सहमति जनाउँदै कांग्रेस सभापति देउवाले भने, ‘२७ पुसमा सार्वजनिक बिदा दिने विषयमा मेरो सहमति छ ।’ त्यसपछि एमाले अध्यक्ष ओलीले पनि पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिनु उपयुक्त हुने धारणा व्यक्त गरे । यो खबर आजको नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन विमानस्थल आसपास खुला फोहोरको डम्पिङः हवाई सुरक्षामा गम्भीर चुनौती र महामारीको उच्च जोखिम
त्रिभुवन विमानस्थल आसपास खुला फोहोरको डम्पिङः हवाई सुरक्षामा गम्भीर चुनौती र महामारीको उच्च जोखिम
प्रेमीका अर्कैसँग अस्ट्रेलिया जान लागेको भन्दै हत्या
प्रेमीका अर्कैसँग अस्ट्रेलिया जान लागेको भन्दै हत्या
विप्लव समूहलाई सरकारमा लाने ओलीको तयारी
विप्लव समूहलाई सरकारमा लाने ओलीको तयारी
पौष ३० गते पत्रपत्रिकाहरुमा छापिएका मुख्य समाचारहरु
पौष ३० गते पत्रपत्रिकाहरुमा छापिएका मुख्य समाचारहरु
जोरबिजोरको नियम उल्लंघन गर्ने १२ सय सवारी नियन्त्रणमा
जोरबिजोरको नियम उल्लंघन गर्ने १२ सय सवारी नियन्त्रणमा
मुलुक परिवर्तनमा योगदान पु-याएका नेताप्रति सधैँ उच्च सम्मान र कदर गर्दर्छौं : सभापति लामिछाने
मुलुक परिवर्तनमा योगदान पु-याएका नेताप्रति सधैँ उच्च सम्मान र कदर गर्दर्छौं : सभापति लामिछाने
भारतबाट छपाएर ल्याउंँदै गरेको नक्कली स्टिकरसहित पक्राउ
भारतबाट छपाएर ल्याउंँदै गरेको नक्कली स्टिकरसहित पक्राउ
डोल्पामा अस्पताल पुग्नै हैरानी
डोल्पामा अस्पताल पुग्नै हैरानी
२७ हजार अस्थायी शिक्षकलाई अवकाश गर्न १० अर्ब माग
२७ हजार अस्थायी शिक्षकलाई अवकाश गर्न १० अर्ब माग
आजको विदेशी मुद्राको विनिमय दर
आजको विदेशी मुद्राको विनिमय दर

तपाईंले छुटाउनुभयो कि?