नारायण “निश्चल” लिएर बजारमा आए
सारांश
- आफ्नो अथक प्रयास र मेहनत पश्चात गायक नारायण गजमेरले अन्तत: “निश्चल” नामक म्युजिकल एल्बम बजारमा ल्याएका छन् ।
- तरंग ईन्टरटेन्ट द्वारा संयुक्त राज्य अमेरिकाको शिकागो शहरमा आयोजना गरिएको एक भव्य कार्याक्रममा चर्चित गायक निमा रूम्बाको हातबाट उक्त एल्वम बिमोचन भएको थियो ।
- कार्यक्रममा गायक निमा रूम्बा र ब्याण्ड द्वारा नेपाली गीत संगीत समेत प्रस्तुत गरिएको थियो ।
आफ्नो अथक प्रयास र मेहनत पश्चात गायक नारायण गजमेरले अन्तत: “निश्चल” नामक म्युजिकल एल्बम बजारमा ल्याएका छन् ।

तरंग ईन्टरटेन्ट द्वारा संयुक्त राज्य अमेरिकाको शिकागो शहरमा आयोजना गरिएको एक भव्य कार्याक्रममा चर्चित गायक निमा रूम्बाको हातबाट उक्त एल्वम बिमोचन भएको थियो । कार्यक्रममा गायक निमा रूम्बा र ब्याण्ड द्वारा नेपाली गीत संगीत समेत प्रस्तुत गरिएको थियो ।
भौतिक रूपमा बिदेशी भुमीमा रहेता पनि तन मन नेपालमै रहेको गायक नारायण गजमेर बताउँछन् । उनी यतिखेर नेपाली कला संस्कृतिलाई जोगाई राख्न लागिपरेका छन । बिभिन्न गीतकारहरूको शब्दमा बरिष्ट संगितकारहरूको संगीतमा सात वटा गीत समाबेश गरिएको छ । गीतहरु मार्मिक अनि सान्दर्भिक र मनोरंजनात्मक रहेका छन् ।
नेपाली गीत संगीतमा निरन्तर रुपमा लागि परेका गायकले सोही एल्बम भित्र रहेको हेप्पी भेलेन्टाईन नामक गीतको म्यूजिक भिडियो भर्खरै युटुबमा रिलिज गरेका छन् । दर्शक श्रोताहरुको माया र साथले नै आफुलाई उर्जा मिल्ने र अझै राम्रो प्रस्तुति बाहिर लिएर आउन उत्प्रेरणा मिल्ने भएकोले हेरेर सुनेर प्रतिक्रिया जनाइदिन विशेष अनुरोध समेत गरेका छन् ।
https://www.youtube.com/watch?v=eeGVB141tfc
प्रतिक्रिया