प्रदेश २ को राजधानी कहाँ ?
सारांश
- ४५ दिनभित्र प्रतिवेदन बुझाउने गरी दुई नम्बर प्रदेशमा स्थायी राजधानी सिफारिस गर्न संवाद तथा सुझाव समिति गठन गरिएको छ ।
- दुई नम्बर प्रदेश सरकारले गठन गरेको समितिमा ३ सदस्य रहेका छन् ।
- आइतबार प्रदेश सरकारको बैठकले सबै पक्षसँग छलफल गरेर स्थायी राजधानी सिफारिस गर्न समिति गठन गरेको हो ।
४५ दिनभित्र प्रतिवेदन बुझाउने गरी दुई नम्बर प्रदेशमा स्थायी राजधानी सिफारिस गर्न संवाद तथा सुझाव समिति गठन गरिएको छ । दुई नम्बर प्रदेश सरकारले गठन गरेको समितिमा ३ सदस्य रहेका छन् । आइतबार प्रदेश सरकारको बैठकले सबै पक्षसँग छलफल गरेर स्थायी राजधानी सिफारिस गर्न समिति गठन गरेको हो । समिति डा. हरिवंश झाको संयोजकत्वमा गठन भएको छ । समितिमा मोहनलाल चौधरी र रामप्रवेश बैठा सदस्य रहेका छन् ।
गत वर्ष सरकारले दुई नम्बर प्रदेशको अस्थायी राजधानी जनकपुर तोकेको थियो । दुई नम्बर प्रदेशमा स्थायी राजधानी कहाँ बनाउने भन्ने विषयमा विवाद रहदै आएको छ । वीरगंज वा जनकपुर कहाँ स्थायी राजधानी बनाउने भन्ने विषयले अस्थायी राजधानी तोके देखि विवादको रुप लिएको आएको थियो । सत्तारुढ दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका नेता बीच नै स्थायी राजधानी कहाँ राख्ने भनेर फरक फरक मत रहेको छ ।
सांस्कृतिक र ऐतिहासिक महत्व भएको जनकपुरलाई नै स्थायी राजधानी बनाउनु पर्ने र देशकै आर्थिक नगरी वीरगंजलाई राजधानी बनाउनु पर्छ भन्ने फरक फरक मतका कारण प्रदेश २ मा स्थायी राजधानी तोक्न जटिलता देखिने स्पष्ट छ । यद्यपी दुवै शहर नजिक पर्ने नेताहरुले आ आफ्नो पक्षमा लविंग गरिरहेका छन् ।
प्रतिक्रिया