दोधारमा कांग्रेस नेता

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २, २०७९
|
|
२२ पटक हेरिएको
Shares
दोधारमा कांग्रेस नेता

सारांश

  • काठमाडौं।
  • प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको रणनीतिका विषयमा छलफल जारी छ।
  • बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरू आगामी निर्वाचनमा सत्तारूढ दलबीच चुनावी तालमेलको पक्षमा उभिएका छन्।

काठमाडौं। प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको रणनीतिका विषयमा छलफल जारी छ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरू आगामी निर्वाचनमा सत्तारूढ दलबीच चुनावी तालमेलको पक्षमा उभिएका छन्। देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलगायतका शीर्षस्थ नेता तालमेलको पक्षमा छन्।

गत मंसिरमा सम्पन्न कांग्रेसको १४औं महाधिवेशनबाट इतर समूहको नेतृत्व गरेका नेता डा. शेखर कोइराला पनि पछिल्लो समय कांग्रेसलाई कमभन्दा कम क्षति हुनेगरी गठबन्धन आबद्ध दलहरूबीच चुनावी तालमेलका पक्षमा धारणा दिन थालेका छन्।

तर, कांग्रेसका दोस्रो तहका मोहन बस्नेतसहितका केही नेताहरूले भने स्पष्ट रूपमा गठबन्धनका पक्षमा मुख खोलेका छैनन्। उनीहरू आफू निर्वाचित भएको क्षेत्र अरू दलका उम्मेदवारलाई छाड्न नहुने पक्षमा छन्। कांग्रेसका धेरै जसो नेताहरूलाई गठबन्धन नभए हारिने, गठबन्धन कायम रहे आफ्नो क्षेत्रको सिट गुम्ने डर छ।

बस्नेत सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभामा उम्मेदवार बन्ने तयारीमा छन्। उनीसँगै सो क्षेत्रबाट प्रतिनिधि सभामा हाल सभामुख रहेका अग्निप्रसाद सापकोटा पनि उम्मेदवार बन्ने तयारीमा छन्।

२०७४ को प्रतिनिधि सभामा बस्नेत सो क्षेत्रबाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका सापकोटासँग पराजित बनेका थिए। अहिले उनीहरू दुवै जना सत्तारूढ गठबन्धनसँग निकट छन्।

कांग्रेस वरिष्ठ नेता पौडेलसहित नेता सिटौला र सिंह भने गठबन्धन गर्दा सहजै जित्न सकिने भन्दै गठबन्धनको पक्षमा खुल्दै आएका छन् ।

पौडेललाई गठबन्धनबाटै नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ (किसन)लाई मिलाउन सकस छ। उनीहरू दुवैको निर्वाचन क्षेत्र तनहुँ १ हो । दुवै नेता गठबन्धन आबद्ध दलमा छन् । त्यहाँ दुवै नेता प्रतिस्पर्धामा उत्रिँदा गठबन्धनबाहेकका दलले निर्वाचन जित्न सक्छन्।

यसैगरी, सिटौलासँग झापा ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको चुनावी प्रतिस्पर्धा हुने सम्भावना छ। त्यसकारण पनि सिटौला सत्तारूढ गठबन्धन कायम गरेर निर्वाचनमा गठबन्धनबीच चुनावी तालमेलको पक्षमा छन् । २०७४ को निर्वाचनमा सिटौला लिङदेनसँग झापा ३ मा पराजित भएका थिए।

यसैगरी, मोरङ ६ बाट डा. शेखर कोइराला २०७४ को निर्वाचनमा नेकपा एमालेका लालबाबु पण्डितसँग पराजित भएका थिए भने कांग्रेसका यसअघिका उपसभापति विमलेन्द्र निधि धनुषा ३ बाट राजेन्द्र महतोसँग २०७४ को निर्वाचनमा पराजित भएका थिए ।

यसैगरी, नेता सिंह काठमाडौंैं १ बाट आगामी निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा छन् । उनी २०७४ मा सोही क्षेत्रबाट निर्वाचित बनेका थिए । तर, अहिले गठबन्धन गर्दा सहजै जित्न सकिने उनको बुझाइ छ ।

कांग्रेस नेतृत्वले जारी केन्द्रीय समितिबाटै निर्वाचनको रणनीति’निर्णय लिने बताइन्छ । २७ असारबाट सुरु बैठकमा नेताहरूले धारणा राख्नेक्रम जारी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बारा जिल्लामा युवासंघको साथ हेर्नुहोस् तस्बिरमा ‘
बारा जिल्लामा युवासंघको साथ हेर्नुहोस् तस्बिरमा ‘
उदयपुर १ मा फेरि नारायण खड्का अगाडि
उदयपुर १ मा फेरि नारायण खड्का अगाडि
इङ्गलिस प्रिमियर लिगमा टोटनहृयाम र आर्सनलको जित
इङ्गलिस प्रिमियर लिगमा टोटनहृयाम र आर्सनलको जित
श्यामकृष्ण उपाध्याय स्मृति पत्रकारिता पुरस्कार लक्ष्मण ढकाललाई
श्यामकृष्ण उपाध्याय स्मृति पत्रकारिता पुरस्कार लक्ष्मण ढकाललाई
Taimur Ali Khan enjoys a play-date with Rannvijay Singha’s daughter at a zoo in London!
Taimur Ali Khan enjoys a play-date with Rannvijay Singha’s daughter at a zoo in London!
निर्वाचनको बेला गरिएका बाचा पूरा हुन्छ : राज्यमन्त्री बाँस्कोटा
निर्वाचनको बेला गरिएका बाचा पूरा हुन्छ : राज्यमन्त्री बाँस्कोटा
शिखर बैठकका लागि उत्तर कोरियाली नेता किम सिंगापुरमा, ट्रम्प पनि आजै पुग्ने
शिखर बैठकका लागि उत्तर कोरियाली नेता किम सिंगापुरमा, ट्रम्प पनि आजै पुग्ने
सिटिभीमा मोबाइलको हात खाली नजाने उपहार
सिटिभीमा मोबाइलको हात खाली नजाने उपहार
दवाडी भन्छन्, ‘१०/२० लाख एकैपटक सहयोग गरेको चाहिँ किन समाचार नबनाको ?’
दवाडी भन्छन्, ‘१०/२० लाख एकैपटक सहयोग गरेको चाहिँ किन समाचार नबनाको ?’
सांसद बजेट लगेर जनताको प्रिय बन्न खोज्दा कानुन निर्माण ओझेलमा पर्यो : सांसद तामाङ
सांसद बजेट लगेर जनताको प्रिय बन्न खोज्दा कानुन निर्माण ओझेलमा पर्यो : सांसद तामाङ

तपाईंले छुटाउनुभयो कि?