एमाले नेता राजेन्द्र पाण्डे कसरी आए यस्तो हालतमा काठमाण्डौ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ३०, २०७४
|
|
३५ पटक हेरिएको
Shares
एमाले नेता राजेन्द्र पाण्डे कसरी आए यस्तो हालतमा काठमाण्डौ?

सारांश

  • आफ्नो क्षेत्रमा चुनाव प्रचारका लागी घरदैलो कार्यक्रममा गएका वाम गठबन्धनका उम्मेदवार तथा नेकपा एमालेका नेता राजेन्द्र पाण्डे रक्ताम्मे भएर काठमाण्डौ फर्किएका छन ।
  • आफनो क्षेत्रमा चुनावी प्रचार प्रसारका लागी गएका पाण्डे बुधबार लडेर घाइते भएपछि उपचारका लागी रक्ताम्मे भएर फर्किएका हुन ।
  • दक्षिणी धादिङको धुनीवेसी नगरपालिका–७ तोप्लाङका घरदैलो गर्दै गर्दा मजुवा लिखुतर्फ गइरहेका बेला चिप्लिएर पाण्डे घाइते भएका उनका स्वकीय सचिव दिनेश घिमिरेले जानकारी दिए ।

आफ्नो क्षेत्रमा चुनाव प्रचारका लागी घरदैलो कार्यक्रममा गएका वाम गठबन्धनका उम्मेदवार तथा नेकपा एमालेका नेता राजेन्द्र पाण्डे रक्ताम्मे भएर काठमाण्डौ फर्किएका छन ।

आफनो क्षेत्रमा चुनावी प्रचार प्रसारका लागी गएका पाण्डे बुधबार लडेर घाइते भएपछि उपचारका लागी रक्ताम्मे भएर फर्किएका हुन ।

दक्षिणी धादिङको धुनीवेसी नगरपालिका–७ तोप्लाङका घरदैलो गर्दै गर्दा मजुवा लिखुतर्फ गइरहेका बेला चिप्लिएर पाण्डे घाइते भएका उनका स्वकीय सचिव दिनेश घिमिरेले जानकारी दिए ।

टाउको र गालामा चोट लागेको पाण्डेको नौवीसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि थप उपचारका लागि मनमोहन अस्पतालमा भर्ना गरिएको छ ।

पाण्डे धादिङको निर्वाचन क्षेत्र नं १ को प्रदेशसभाका लागि वाम गठबन्धनका साझा उम्मेदवार भएका छन् । चुनावको चटारोमा लडेर टाउकोमा गहिरो चोट लागेका पाण्डेको अस्पतालको उपचार सकिएपछि पनि केही समय आराम गर्नुपर्ने भएकाले मतदाता भेटघाटको कार्यक्रम प्रभावित हुने देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?