प्रधानन्यायाधीशको सुनुवाई प्रक्रिया थालियो, उजुरीकर्तालाई वैठकमा जान नदिइने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २९, २०७५
|
|
२० पटक हेरिएको
Shares
प्रधानन्यायाधीशको सुनुवाई प्रक्रिया थालियो, उजुरीकर्तालाई वैठकमा जान नदिइने

सारांश

  • काठमाडौं – सर्वोच्च अदालतमा चार महिनादेखि रिक्त रहेको प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि संसदीय समितिले काम थालेको छ ।
  • प्रधान न्यायाधीका लागि सिफारिस भएका दीपकराज जोशीको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।
  • संवैधानिक परिषदले सर्वोच्चका बरिष्ठतम् मध्येका न्यायाधीश जोशीलाई प्रधानन्यायाधीश लागि सिफारिस गरेको थियो ।

काठमाडौं – सर्वोच्च अदालतमा चार महिनादेखि रिक्त रहेको प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि संसदीय समितिले काम थालेको छ । प्रधान न्यायाधीका लागि सिफारिस भएका दीपकराज जोशीको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।

संवैधानिक परिषदले सर्वोच्चका बरिष्ठतम् मध्येका न्यायाधीश जोशीलाई प्रधानन्यायाधीश लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समिति गठनभएपछि समितिको पहिलो काम प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्दै कार्यविधि पारित गरेको छ ।

समितिका सबैभन्दा जेठा सदस्य रहेका लक्ष्मणलाल कर्णको सभापतित्वमा बैठक बसेको थियो । वैठकले जोशीविरुद्ध उजुरी दिन १० दिनको समय तोकेको छ । प्रधानन्यायाधीश पदका लागि प्रस्तावित नाममाथि सुनुवाइ समितिले प्रक्रिया अघि बढाउँदै उजुरीका लागि आह्वान गरिएको छ । सूचना प्रकाशन गरी १० दिनसम्म जोशीविरुद्ध जोसुकैले उजुरी दिन सकिने व्यवस्था छ । उजुरीकर्ताको नाम गोप्य रहने व्यवस्था छ । कुनै उजुरी दिनेले आफैले प्रमाण जुटाएर पेश गर्नुपर्ने प्रावधान छ ।

यदि कसैले उजुरी दिएमा उजुरीकर्तालाई सुनुवाई हुँदै गरेको बैठकमा भने बोलाइने छैन ।
यसअघि संसदीय सुनुवाइ समितिमा उजुरी दिने उजुरीकर्तालाई समितिको बैठकमा जान पाउने व्यवस्था थियो । यसपटक देखि त्यो व्यवस्था हटाउँदै उजुरीकर्तालाई बैठकमा उपस्थित नगराइने गरी कार्यविधि बनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?