लकडाउनमा सिएहरुबीच निवन्ध प्रतियोगिता

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ९, २०७७
|
|
१९ पटक हेरिएको
Shares
लकडाउनमा सिएहरुबीच निवन्ध प्रतियोगिता

सारांश

  • चार्टड एकाउन्ट (सिए) हरु बिच लकडाउनमा भएको निवन्ध प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
  • कोरना कहरका कारण सिंगो संसार घर भित्र लडकाउनमै रहेको बेला घोष्ट राईटिंङ् नेपाल , नेपाल चार्टड एकाउन्ट संघ र हसि फाउन्डेशनले संयुक्त रुपमा सिए हरुको लागि बृहत शान्तीको लागि लेखा ब्यबसायिको भुमिका बिषयमा निवन्ध प्रतियोगिता आयोजना गरेको थियो ।
  • कार्यक्रममा सहभागि निवन्धमा प्रथम रुपा सिंघाचि अग्रवाल , द्वीतिय तिर्थराज अर्याल , तृतिय मदन अर्याल , चतुर्थ श्रीदेवी अर्याल भएको छ ।

चार्टड एकाउन्ट (सिए) हरु बिच लकडाउनमा भएको निवन्ध प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कोरना कहरका कारण सिंगो संसार घर भित्र लडकाउनमै रहेको बेला घोष्ट राईटिंङ् नेपाल , नेपाल चार्टड एकाउन्ट संघ र हसि फाउन्डेशनले संयुक्त रुपमा सिए हरुको लागि बृहत शान्तीको लागि लेखा ब्यबसायिको भुमिका बिषयमा निवन्ध प्रतियोगिता आयोजना गरेको थियो ।

कार्यक्रममा सहभागि निवन्धमा प्रथम रुपा सिंघाचि अग्रवाल , द्वीतिय तिर्थराज अर्याल , तृतिय मदन अर्याल , चतुर्थ श्रीदेवी अर्याल भएको छ । लेखन बृत्ति पुरस्कार अन्तर्गत रहेकोले पुरस्कृत सबैले किताब पुरस्कार पाउने आयोजक संस्था हसि फाउन्डेशनका अध्यक्ष हरि कुमार सिलवालले बताए भने त्यसमा त्यति नै रकम थपेर पुन चार्टड एकाउन्ट संघले पुरस्कार दिने संघका अध्यक्ष आनन्द राज शर्मा वाग्लेले बताए ।

कार्यक्रममा प्रथमले अब बीस हजार , द्वीतियले १५ हजार , तृतीयले १० हजार र चतुर्थले पाँच हजार बराबरको पुस्तक उपहार पाउने भएको छ । कार्यक्रममा निर्णायक मण्डलका तर्फबाट भिष्म उप्रेतीले प्रथम र द्वीतियको घोषणा र शुभकामना प्रदान गरे भने तृतीय र चतुर्थ निर्णायक मण्डलकै डाक्टर गीता त्रिपाठीले घोषणाका साथै शुभकामना ब्यक्त गरे ।

आयोजक संस्थाका तर्फबाट घोष्ट राईटिङ नेपालका अध्यक्ष कमल ढकालले कार्यक्रम प्रत्येक बर्ष हुने र प्रतियोगि सबैको पुस्तक निकालिने बताएको छ । प्रतियोगितामा सहभागि सबैलाई निवन्धको एक हप्ते सिर्जनात्मक लेखन प्रशिक्षण दिईने पनि बताए । पुरस्कृत ब्यक्तित्व रुपा सिंघाचि अग्रवाल , तिर्थराज अर्याल , मदन अर्याल , श्रीदेवी शर्माले आफुहरुले निवन्ध भनेर स्कुल लाईफमा लेखेको र एकै पल्ट यो लकडाउनमा शान्ती बिषयमा निबन्ध लेखेर पुरस्कृत भएकोमा खुशी लागेको बताए ।
वेभिनार मार्फत भएको कार्यक्रमको सन्चालन भने सन्जिता नेपालले गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?