राजविराजको वडा नम्बर १५ मा मतदान चल्दै
सारांश
- सप्तरी, असोज ५ – सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १५ मा बिहीबार बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ ।
- यो वडामा भदौ ३१ गते राजपा नेपालका उम्मेदवार महन्थी यादवको मृत्यु भएपछि स्थगित भएको चुनाव बिहीबारलाई सारिएको थियो ।
- विशेष सुरक्षाका साथ दुईवटा मतदान केन्द्रमा अहिले मतदान भइरहेको निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरी, असोज ५ – सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १५ मा बिहीबार बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ । यो वडामा भदौ ३१ गते राजपा नेपालका उम्मेदवार महन्थी यादवको मृत्यु भएपछि स्थगित भएको चुनाव बिहीबारलाई सारिएको थियो ।
विशेष सुरक्षाका साथ दुईवटा मतदान केन्द्रमा अहिले मतदान भइरहेको निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । त्यहाँ एक हजार ६३९ मतदाता रहेका छन।
यादवको मृत्यु भएपछि संशोधित निर्वाचन कार्यक्रमअनुसार वडा नं १५ मा राजपा, नेपालका तर्फबाट वडाध्यक्ष पदका लागि जशकरण मण्डलले असोज ३ गते आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको थियो ।
यसअघि असोज २ गते राजविराज नगरपालिकाको १५ वडाबाहेक अन्य वडामा शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भइसकेको निर्वाचन कार्यालयले जनाएको छ ।
सो वडा नंं १५ मा आज बिहान ७ देखि साँझ ५ बजेसम्म निर्वाचन हुने निर्वाचन अधिकृत महेशकुमार ठाकुरले जानकारी दिनुभयो ।
यसैबीच, सम्पन्न भएका वडाहरुको मतपेटिका जिल्ला खेलकुद विकास समितको हलमा कडा सुरक्षाका साथ राखिएको र वडा नं १५ को मतदान सकिएपछि राजविराज नगरपालिकाको मतगणना आजैदेखि शुरु हुने सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले जानकारी दिनुभयो ।
प्रतिक्रिया