नेपाल विकास र समृद्धिको नयाँ बाटोमा अघि बढेको छ : प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २९, २०७६
|
|
४२ पटक हेरिएको
Shares
नेपाल विकास र समृद्धिको नयाँ बाटोमा अघि बढेको छ : प्रधानमन्त्री

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलकसँगको सम्बन्ध सुधार र मुलुकभित्र नयाँ नयाँ आयोजनाको थालनी गरेर नेपाल विकास र समृद्धिको नयाँ बाटोमा अघि बढेको बताएका छन्।
  • नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा सम्बोधन गर्दै उहाँले हाम्रो देश हामीले नै बनाउने हो, कानूनी राज्य पालना, सुशासन कायम र भ्रष्टाचारमुक्त र संस्कारयुक्त समाज निर्माण गर्न हामी सबै लाग्नुपर्छ भने।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलकसँगको सम्बन्ध सुधार र मुलुकभित्र नयाँ नयाँ आयोजनाको थालनी गरेर नेपाल विकास र समृद्धिको नयाँ बाटोमा अघि बढेको बताएका छन्।नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा सम्बोधन गर्दै उहाँले हाम्रो देश हामीले नै बनाउने हो, कानूनी राज्य पालना, सुशासन कायम र भ्रष्टाचारमुक्त र संस्कारयुक्त समाज निर्माण गर्न हामी सबै लाग्नुपर्छ भने।

प्रधानमन्त्री ओलीले केही पनि भएन भन्नेहरुको आफ्नो स्वार्थ होला, तिनीहरुले आँखा चिम्लेर हेरेको हुनसक्छ, आँखा खोलेर हेर्दा जनताका लागि धेरै काम अगाडि बढेका छन् भने।उनले भने, “जनताका लागि धेरै काम भएका छन्। जस्तै बृद्ध भत्ता बृद्धि, बिजुलीमा जनताको लगानी, पोखरा र भैरहवा विमानस्थल, द्रुत मार्गको निर्माण द्रुत, पेट्रोलियम पाइपलाइन शुरुआत, सयौँ पुल निर्माण, कोशीमा स्टिमर सञ्चालन, वैदेशिक लगानीमा वृद्धि, चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण, बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण कार्यलगायत छन्। ”

प्रधानमन्त्री ओलीले नेपाल सांस्कृतिकरुपमा समृद्ध रहेको चर्चा गर्दै विविधतामा एकता छ भने। उनले विविधताको एकतालाई कसैले विखण्डन गर्न नसक्ने उल्लेख गरे। एकताको बलको आधारमा राष्ट्रिय एकतालाई थप सुदृढ पार्दै समृद्ध नेपाल सुखी नेपाली अभियानमा सरिक हुन उहाँले आह्वानसमेत गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालिका बलात्कारआरोपमा पाँचथरमा एक पक्राउ
सूचना प्रविधि क्षेत्रमा योगदान दिनेलाई सरकारको सम्मान
सूचना प्रविधि क्षेत्रमा योगदान दिनेलाई सरकारको सम्मान
चुनावी गोल गर्न सफल प्रधानमन्त्री देउवालाई बधाई, ओली र प्रचण्ड पनि सफलताका हिस्सेदार
चुनावी गोल गर्न सफल प्रधानमन्त्री देउवालाई बधाई, ओली र प्रचण्ड पनि सफलताका हिस्सेदार
मिडियाबाट टाढै बस्न प्रम ओलीको मन्त्रीहरुलाई निर्देशन
मिडियाबाट टाढै बस्न प्रम ओलीको मन्त्रीहरुलाई निर्देशन
संसदमा कोरोना त्रास, बैठक स्थगित गर्न माग
संसदमा कोरोना त्रास, बैठक स्थगित गर्न माग
ईंग्लिश प्रिमियर स् म्यान्चेस्टर सिटी शीर्ष स्थानमा पुनः फर्कियो
ईंग्लिश प्रिमियर स् म्यान्चेस्टर सिटी शीर्ष स्थानमा पुनः फर्कियो
हत्या आरोपी १७ वर्षपछि पक्राउ
हत्या आरोपी १७ वर्षपछि पक्राउ
भारतको सीमा मध्यरातिबाट बन्द, नेपाल र भुटानलाई असर नगर्ने
भारतको सीमा मध्यरातिबाट बन्द, नेपाल र भुटानलाई असर नगर्ने
स्याल र बाघ एकै चोटि कराउदा प्रकाश कटुवाल र भुमिका गिरि को भगाभाग
स्याल र बाघ एकै चोटि कराउदा प्रकाश कटुवाल र भुमिका गिरि को भगाभाग
राष्ट्रियसभा बैठक : ओलीको आलोचना, राष्ट्रपतिलाई गाली गरेकोमा चिन्ता
राष्ट्रियसभा बैठक : ओलीको आलोचना, राष्ट्रपतिलाई गाली गरेकोमा चिन्ता