डा. बाबुराम भट्टराईलाई सुझाव
सारांश
- भीम श्रेष्ठ समृद्व नेपालका परिकल्पनाकार डा.
- बाबुराम भट्टराई ज्यू, नमस्कार !
- प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन पछि नयाँ शक्ति पार्टी नेपालको रणनीतिक बैठक पोखराको ल्वाङ होमस्टेमा आज पुस १८ देखि २० सम्म सञ्चालन हुने खबरले अत्यधिक कौतुहलता बनाएको छ ।
भीम श्रेष्ठ
समृद्व नेपालका परिकल्पनाकार डा. बाबुराम भट्टराई ज्यू,
नमस्कार !
प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन पछि नयाँ शक्ति पार्टी नेपालको रणनीतिक बैठक पोखराको ल्वाङ होमस्टेमा आज पुस १८ देखि २० सम्म सञ्चालन हुने खबरले अत्यधिक कौतुहलता बनाएको छ । सायद यो जिज्ञासा म मा मात्र नहोला विश्वभर रहेका अधिक समृद्व नेपाल हेर्न चाहने नेपालीहरुको होला । यो बैठकले केही निर्णय त गर्ला तर मलाई यो कुरा विश्वास छैन कि तपाईं माकुरोको जालो जस्तो चक्रब्यूहबाट निस्कनुहुन्छ ।
डा. साब तपाईंलाई थाहा छ कि नाइ हाम्रो भेट हुँदा यदि हामी असफल भयौं भने पहिलो असफलको कारण माओवादी पृष्ठभुमिबाट आएको साथीहरुको असहयोग नै हुनेछ, दोस्रो गोरखाको साथीहरुको अहमता र तेस्रो काम केही नगर्ने पदको भोगिलेहरुको कारणले हुन्छ । हो आज त्यही कुरातर्फ उन्मुख भएको हामी आभास गरिरहेका छौं ।
यो निर्वाचनमा तपाइलाईं पराजय गराउनको लागि सबै शक्ति प्रयोग भइरहँदा हामी विभिन्न बाध्यतालाई चिर्दै तपाईलाईं विजय गराउन सबै तवरले तयार भयौं । त्यो मध्येको एक सिपाही म पनि हुँ जस्तो लाग्छ । अन्ततः हामी यो महान अभियानमा सफल पनि भयौ । तर जुन रुपमा समानुपातिक मतको अपेक्षा गरेका थियौ, त्यो अपेक्षामा नै सिमित भयो ।
त्यो स्वभाविक नै थियो किनकि अहिले जुन कार्यकारी समितीमा जो–जो हुनुहुन्छ धेरै जस्तो साथीहरुले २०० जनालाई संगठित बनाउने क्षमता पनि रहेनछ भन्ने राम्रोसँग प्रमाणित भयो । जति पनि केन्द्रिय परिषद् हुनुहुन्छm औषत रुपमा १०० जनालाई संगठित बनाउन सक्नुहुन्न होला ।
तर अब यी सबै कुराहरुबाट पाठ सिक्दै साँच्चै समृद्व नेपाल नयाँ शक्तिबाट नै बनाउने हो भने मेरो पहिलो सुझाव कार्यकारी समिति केन्द्रिय समिती भङग् गरि कार्य सम्पादनको आधारमा समिती बनाउनुपर्दछ । तपाईंलाई असफल बनाउन अझैं पनि काम नगर्ने पद चाहिनेहरुको जत्था अघिपछि दाडिरहेको देखिन्छ त्यो घेराबाट आउन बाहिर निस्कन सक्नुभयो भने तपाईंको सबैभन्दा ठूलो सफलता हुनेछ ।
परिवारको कुनै एक सदस्य पार्टीको सक्रिय अभियन्ता भएको नाताले अरु सबै नातेदारलाई केन्द्रिय परिषद मनोनीत गर्ने परम्परा अन्त्य गर्नुपर्दछ । सबै निर्णय गर्दा तलबाट सिफारिस हुने नियम बनाएपनि अहिले पनि खल्तिको कागज नै अन्तिम निर्णय भएकोले यो कार्यकर्तालाई निराश बनाउने गैर–जिम्मेवार काम बन्द गर्नुपर्छ ।
डा. साब यो रणनीतिक बैठकले गम्भीर भएर अरुको सल्लाह लिँदै जनता र कार्यकर्ता खुसी भएर काम गर्ने वातावरण बनाउनुस् । अझै पनि भन्छु तपाईंलाई दुखमा साथ दिने म जस्ता अभियन्ता नै हो । अरु त पद नपाए फुत्त चिप्ले माछा चिप्ले जस्तो गरेर निस्कन्छन् ।
अन्त्यमा समृद्व नेपाल बनाउने अभियानमा वैकल्पिक शक्ति नभइ नहुने प्रमाणित भैसकेको अवस्थामा धैर्य गरेर बसौं हामी जस्ता युवा सदैव तपाईको साथमा रहन्छ । म यो प्रतिबद्धता पनि गर्दछु कि समृद्व नेपाल बनाउनको लागि कुनै पनि स्वार्थ नभई कुनै पदमा नरही पनि काम गर्न सक्ने जानकारी गराउँदछु । तर हामी कसैको भ¥याङ बन्ने कुरा स्विकार्य हुने छैन् ।
लेखक नयाँ शक्ति पार्टी, नेपालका युवा नेता हुन् ।
प्रतिक्रिया