प्रधानमन्त्रीको चीन भ्रमणमा जनअपेक्षा

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ २, २०७५
|
|
५२ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको चीन भ्रमणमा जनअपेक्षा

सारांश

  • शान्तिराज राई “वाम्बुले” सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली यही असार ५ गते चीन भ्रमणमा जाँदै हुनुहुन्छ ।
  • वामपन्थी सरकार बनेपछि ओलीको भारत भ्रमणपछि चीन भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ ।
  • चीन र भारत नेपालको नजिकका मित्ररास्ट्र भए पनि चीनको भौगालिक विकटता र कम्युनिष्ट राष्ट्र भएकोले दुई देशका जनताबीच जति सम्बन्ध रहनु पर्ने हो त्यति हुन सकेको छैन ।

शान्तिराज राई “वाम्बुले”

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली यही असार ५ गते चीन भ्रमणमा जाँदै हुनुहुन्छ । वामपन्थी सरकार बनेपछि ओलीको भारत भ्रमणपछि चीन भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ । चीन र भारत नेपालको नजिकका मित्ररास्ट्र भए पनि चीनको भौगालिक विकटता र कम्युनिष्ट राष्ट्र भएकोले दुई देशका जनताबीच जति सम्बन्ध रहनु पर्ने हो त्यति हुन सकेको छैन । खुल्ला सिमाना भएकोले नुनदेखि सुनसम्मको कारोबार भारतसँग हुँदैछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रत्यक्ष स्वीकारेका छन्, नेपालसँग भारत रोटी र बेटीको सम्बन्ध जुन छ, त्यो कायम राख्न चाहन्छ ।

अमेरिकाको आज विश्व बजारमा प्रतिस्पर्धा छ त त्यो चीनसँगै हो । त्यसैले चीनको निगरानीको लागि भए पनि भारत नेपालसँगको सम्बन्ध सुमधुर बनाउन चाहन्छ । त्यसैले प्रत्येक कार्यकारीहरुको पहिलो भ्रमण भारत होस् भन्ने भारत चाहन्छ । यही क्रममा हाम्रा प्रधानमन्त्रीले भारत भ्रमण सकेलगत्तै भएको मोदीको नेपाल भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ । नाकाबन्दीपछिको नेपाली जनताको भारतप्रतिको जुन घृणा छ, त्यो कम गर्न भारत लागिपरेको छ । पहिले भगवान मानेर मोदीलाई नमस्कार गर्नेहरुले पनि यसपटक मनमनै सरापे । यस्तो अवस्थामा प्रधानमन्त्री ओली वामपन्थी सरकारको नेतृत्व गर्दै गणतान्त्रिक छिमेकी मुलुकको भ्रमणमा जाँदै हुनुहुन्छ । चीन नुनदेखि सुनसम्म र तेलदेखि रेलसम्मको सम्झौताको लागि चीन तम्तयार छ ।

यस्तो अवस्थामा नेपालले एउटा असल छिमेकीको प्रस्तुति दिएर दुबै पक्षबाट फाइदा लिन जरुरी छ, किनकि नेपाल आफै विकासोन्मुख देश हो । नेपालसँग अथाह स्रोतसाधन भए पनि सुरुमा त्यसलाई चलायमान बनाउन कसैको सहारा चाहिन्छ नै । त्यस्तो अवस्थामा चीन एउटा विकल्प हुन सक्छ । चीनको नजर विश्व बजारमा रहे पनि ऊ राष्ट्रको सार्वभौमिकतालाई उत्तिकै हेर्ने गर्दछ ।

चीन आफैमा यो जान्दछ कि शताब्दीको प्रविधिको विकाससँगै परिवर्तन हनुपर्छ भनेर । हिजो चीनले वेश्यावृत्तिलाई अवैधानिक मान्थ्यो आज आएर चीनमा विश्वकै महंगो रेडलाइट एरिया छ । एक सन्तानको नीतिलाई परिमार्जन गरेर २ सन्तान नीतिमा पुगिसकेको छ । महंगो सेक्स टोयको बिक्रीवितरण र उत्पादनले पनि देखाउँछ कि चीन परिमार्जित हुँदैछ । हालसालै नयाँ राजनीतिक व्यवस्था परिवर्तन गरेर बहु कार्यकाल नीति अवलम्बन गरेको छ । त्यसको अर्थ हो, सि जिन पिङ फेरि सत्तामा आउन चाहन्छन् ।

यस्तो अवस्थामा छिमेकी राष्ट्र नेपालले आफ्नो छुट्टै एउटा इतिहास निर्माण गरेर जानुपर्दछ । एउटा असल छिमेकीबाट हुने फाइदा नेपालले लिँदै, हाम्रो बर्षौं पुरानो दौत्य सम्बन्धलाई उचाइमा पुराउँदै नेपाली जनता र नेपाली माटोको हितमा सम्झौता गर्न हाम्रो सम्मानीय प्रधानमन्त्रीज्यूले हिच्किचाउनु हुँदैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?