प्रधानमन्त्रीले जथाभावी बोल्दा देशको कुटनीतिक क्षमतामा प्रश्न उठेको छः पूर्व राजदूत उपाध्याय

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १६, २०७७
|
|
३४ पटक हेरिएको
Shares
प्रधानमन्त्रीले जथाभावी बोल्दा देशको कुटनीतिक क्षमतामा प्रश्न उठेको छः पूर्व राजदूत उपाध्याय

सारांश

  • काठमाडौं, असार १६।
  • भारतका लागि पूर्व नेपाली राजदूत दिपकुमार उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीले जथाभावी बोलेर अपरिपक्वता प्रदर्शन गरेको बताएका छन् ।
  • प्रधानमन्त्री ओलीको कुटनीतिक अपरिपक्कताले नेपालको विदेश नीतिमा दूरगामी असर पार्ने उपाध्यायको भनाई छ ।

काठमाडौं, असार १६। भारतका लागि पूर्व नेपाली राजदूत दिपकुमार उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीले जथाभावी बोलेर अपरिपक्वता प्रदर्शन गरेको बताएका छन् । प्रधानमन्त्री ओलीको कुटनीतिक अपरिपक्कताले नेपालको विदेश नीतिमा दूरगामी असर पार्ने उपाध्यायको भनाई छ ।

उनले प्रधामन्त्री ओलीले आफु र सरकारमाथि भइरहेको जनविरोधको ध्यान मोड्न भारतले आफुलाई प्रधानमन्त्रीबाट हटाउने षडयन्त्र गरिरहेको भनेर अभिव्यक्ति दिनु गलत भएको धारणा राखे ।पत्रकार ऋषि धमलासंगको अन्र्तवार्तामा उनले सार्वभौम देशको कार्यकारी प्रधानमन्त्रीले यसरी जथाभावी बोल्दा नेपालको कुटनीतिक क्षमतामा प्रश्न उठेको दाबी गरेका छन् ।

उनले भने, ‘प्रधानमन्त्रीको परिपक्क कुटनीति भएन । ज्यादै अपरिपक्क भयो । कुनै पनि प्रधानमन्त्रीले यसरी कुनै पनि राष्ट्रलाई विना प्रमाण आरोप लगाउन मिल्दैन । उहाँले जनतालाई झुक्याउन खोज्दा यसको दुरगामी असर पार्छ । यसलाई उहाँले र उहाँको पार्टीले सच्याउनुपर्छ ।’

आफुलाई हटाउने विषयमा चलखेल भएको भए नेपालमा रहेको भारतीय राजदूतलाई बोलाएर कुरागर्नु उचित हुनेथियो भन्दै परराष्ट्रमन्त्रालय र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारको पनि कम्जोर देखिएको उनको भनाई छ ।

अहिले जस्तो जटिल परिस्थिति र सीमाका सम्बन्धमा राष्ट्र एकमत भएको समयमा वार्ताको प्रक्रिया अगाडी बढाउनु पर्नेमा ओलीले भारतसँग छायाँ युद्ध गर्न खोजेर प्रमाण विनाको लान्छना लगाउनु गलत भएकाले यो विषयमा अरु पार्टीहरुले पनि छलफल गर्नुपर्ने उपाध्यायले जानकारी गराए ।

उनले भने ‘प्रधानमन्त्रीका विषयमा नेकपाले सोच्नुपर्छ । कांग्रेसले पनि यो विषयमा धारणा बनाउनुपर्छ । सत्तापक्ष गम्भिर भएन भने देश दुर्घटनामा जान्छ । भारतसँग सम्मानजनक ढंगको वातावरण बनाउनुपर्ने थियो । त्यो भएन । नेपाल भारतको सम्बन्ध दुवै देशलाई आवश्यक छ । नेपाल र भारत सम्बन्ध शुन्य प्वाइन्टमा पुर्याउनु भयो प्रधानमन्त्रीले । वार्ताको वातावरण नेपालले नै विगारेको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ज्योतिषीले गरे खुलासा:कहिले आमा बन्दैछिन् प्रियंका?
ज्योतिषीले गरे खुलासा:कहिले आमा बन्दैछिन् प्रियंका?
गीत जस्ताको तस्तै अपलोड गर्न पशुपतिलाई आग्रह, दवावले गीत हटाएको गायकको दावी
गीत जस्ताको तस्तै अपलोड गर्न पशुपतिलाई आग्रह, दवावले गीत हटाएको गायकको दावी
धर्तीकी परिलाई आकाश चुम्ने रहर
धर्तीकी परिलाई आकाश चुम्ने रहर
सुमार्गीलाई संरक्षण दिइरहने शक्तिलाई पनि छानबिनको दायरामा ल्याइनुपर्छ-कान्तिपुर मिडिया ग्रुप
सुमार्गीलाई संरक्षण दिइरहने शक्तिलाई पनि छानबिनको दायरामा ल्याइनुपर्छ-कान्तिपुर मिडिया ग्रुप
शान्ति प्रक्रियाको सफलताबारे विश्व समुदायलाई जानकारी दिन्छौं : उपप्रधानमन्त्री महरा
शान्ति प्रक्रियाको सफलताबारे विश्व समुदायलाई जानकारी दिन्छौं : उपप्रधानमन्त्री महरा
नर्भिकले १०० शैयायुक्त छुट्टै भवन बनाउने, दक्षिण–पूर्वी एशियाकै उत्कृष्ट बन्ने !
नर्भिकले १०० शैयायुक्त छुट्टै भवन बनाउने, दक्षिण–पूर्वी एशियाकै उत्कृष्ट बन्ने !
पैसा केरमेट गरे यस्ताे कारवाही हुने
पैसा केरमेट गरे यस्ताे कारवाही हुने
झापामा ३०३ वटा बन्दुक म्यागजिनसहित बेवारिसे अवस्थामा भेटिए
झापामा ३०३ वटा बन्दुक म्यागजिनसहित बेवारिसे अवस्थामा भेटिए
नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धिसँगै कारोबार बन्द
नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धिसँगै कारोबार बन्द
रास्वपा बैठक : गृहमन्त्रालयको विषयमा निर्णय गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिने
रास्वपा बैठक : गृहमन्त्रालयको विषयमा निर्णय गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिने

तपाईंले छुटाउनुभयो कि?