निराश जनता देशको लागि सबभन्दा खतरनाक हुन्छन्: प्रधानमन्त्री ओली
सारांश
- काठमाडौं,३० साउन।
- प्रधानमन्त्री केपी शर्मा ओलीले आम सर्वसधारणमा मुलुकमा केही परिवर्तन नभएको भन्दै निराश बनाउने काममा कोही कसैलाई नलाग्न आग्रह गरेका छन् ।
- उद्योगी व्यवसायीहरुको छलफलको क्रममा प्रम ओलीले औद्योगिकरणमार्फत मुलुकमा समृद्धि सम्भव भएको भन्दै नयाँ आशा जगाउनु पर्ने समयमा जनता निराश बन्नु देशकै लागि घातक भएको बताए ।
काठमाडौं,३० साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले आम सर्वसधारणमा मुलुकमा केही परिवर्तन नभएको भन्दै निराश बनाउने काममा कोही कसैलाई नलाग्न आग्रह गरेका छन् । उद्योगी व्यवसायीहरुको छलफलको क्रममा प्रम ओलीले औद्योगिकरणमार्फत मुलुकमा समृद्धि सम्भव भएको भन्दै नयाँ आशा जगाउनु पर्ने समयमा जनता निराश बन्नु देशकै लागि घातक भएको बताए ।
देशमा उद्योगको स्थापना मार्फत रोजगारी सृजना गर्नुपर्ने बताएका छन् । सार्क चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलसँग मंगलबार सिंहदरबारमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
ओलीले नेपाल उद्योगको स्थापनामार्फत नेपालमा अविकास, गरिबी र पछौटेपन हटाउनुपर्ने बताएका छन् । प्रम ओलीले औद्योगिकरणको अभियान नेपालमा मात्रै नभई दक्षिण एसियामा समेत सञ्चालन गर्नेपर्ने बताए । प्रम ओलीले भने, ‘अभियान हामीले नेपाल मात्र होइन दक्षिण एशियामा नै सञ्चालन गर्नुपर्दछ । गरिबी र पछौटेपनबाट अब दक्षिण एशियालाई नै मुक्त गर्नुपर्दछ ।’ प्रधानमन्त्री ओलीले अब स्थापना हुने उद्योगहरु प्रविधि मैत्री हुनेपर्ने बताए । उनले उद्योगमा काम गर्ने मजदुरहरु पनि प्रविधिमा पोख्त हुनुपर्ने बताए ।
केही तत्वहरुले नेपालमा केही भएको छैन भनेर जनतामा निराशा छर्न खोजेको प्रधानमन्त्री ओलीको भनाइ छ । निराश जनता देशको लागि सबभन्दा खतरनाक हुने भन्दै प्रधानमन्त्री ओलीले भने, ‘आम जनतामा आत्मविश्वास बढाउनु र र आशा लाग्दो भविष्य देखाइदिनु सरकारको काम हो । जसले जनतामा आशावादीता बढेर जान्छ ।’ देश विकासका लागि अहिले उपयुक्त समय भएकोले यसलाई सदुपयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘देशको जनसंख्यामा काम गर्न सक्नेहरुको बाहुल्यताको अवस्था छ, यो जनशक्तिलाई उपयोग गरेर देश निर्माणको काम गर्नुपर्दछ ।’
प्रतिक्रिया