प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत साग समापन समारोहलाई सम्बोधन गर्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २४, २०७६
|
|
४२ पटक हेरिएको
Shares
प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत साग समापन समारोहलाई सम्बोधन गर्ने

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)को समापन समारोहलाई मङ्गलबार भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्ने भएका छन् ।
  • अस्वस्थताका कारण समापन समारोहस्थल दशरथ रङ्गशाला नआइकन प्रधानमन्त्री निवासबाटै उनले भिडियो कन्फ्रेन्समार्फत समापन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय खेलकूद परिषद् (राखेप) तथा १३औँ दक्षिण एशियाली खेलकूद (साग) मूल आयोजक कमिटीका सदस्य सचिव रमेशकुमार सिलवालले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)को समापन समारोहलाई मङ्गलबार भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्ने भएका छन् ।

अस्वस्थताका कारण समापन समारोहस्थल दशरथ रङ्गशाला नआइकन प्रधानमन्त्री निवासबाटै उनले भिडियो कन्फ्रेन्समार्फत समापन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय खेलकूद परिषद् (राखेप) तथा १३औँ दक्षिण एशियाली खेलकूद (साग) मूल आयोजक कमिटीका सदस्य सचिव रमेशकुमार सिलवालले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिए ।

सदस्य सचिव सिलवालका अनुसार प्रधानमन्त्री ओलीले बुधबार राष्ट्रका नाममा विशेष सम्बोधन गर्नेछन् । “प्रधानमन्त्रीले बुधबार खेलकूदलाई मात्र समेटेर राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी रहेको छ । खेलाडीका लागि अहिलेसम्मकै ठूलो प्याकेज घोषणा हुनेछ”, उनले भने । पदकधारी खेलाडीलाई दिइने पुरस्कार तथा अन्य सुविधाबारे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको सिलवालको भनाइ छ । उनले साग आयोजनाबाट आफू पूर्णरुपमा सन्तुष्ट रहेको र मूल्याङ्कन गर्ने जिम्मा अरुको भएको बताए ।

सदस्य सचिव सिलवालले दैनिक ‘सेफ दि मिसन’को बैठक बस्ने गरेको र बैठकमा साग अहिलेसम्मकै भव्य र सफल आयोजना भएको चर्चा हुने गरेको उल्लेख गरे । मङ्सिर १५ गतेदेखि शुरु भएको १३औँ सागको मङ्गलबार समापन हुँदैछ । उत्तरतर्फको प्यारापिटको १२ हजार सिटमध्ये आठ हजार टिकट बिक्री भइसकेको उनले जानकारी दिए । दक्षिणतर्र्फको प्यारापिटमा दुई हजारमध्ये एक हजार सिटका लागि टिकट बिक्री गरेको सिलवालको भनाइ थियो ।

समापन समारोहअघि नेपाल र भुटानबीच पुरुष फुटबलको स्वर्ण पदकका लागि खेल हुनेछ । उक्त खेलमा भूटानी समर्थकका लागि छुट्टै बस्ने व्यवस्था गरिएको छ । समापन समारोहमा दर्शकका लागि नेपाली सेनाको गेटबाट मात्र प्रवेशको व्यस्था गरिएको सदस्य सचिव सिलवालले उल्लेख गरे । उनले पूर्वराष्ट्रिय खेलाडी, अन्य खेलका अन्तरराष्ट्रिय पदकधारी खेलाडी, जारी सागका पदकधारी खेलाडी तथा प्रशिक्षकलगायतका लागि रङ्गशालामा सम्मानजनक प्रवेश र बस्ने व्यवस्था गरिने बताए ।

दिउँसो १२ बजे सांसद ११ र कर्मचारी ११ बीच मैत्रीपूर्ण फुटबल हुनेछ । समापन समारोह झण्डै डेढ घण्टाको हुने सिलवालले बताए । समापन समारोहलाई प्रमुख अतिथि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, दक्षिण एशिया ओलम्पिक काउन्सिल तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा र सदस्य सचिव सिलवालले सम्बोधन गर्ने कार्यक्रम छ । समारोहमा आगामी १४औँ साग संस्करणको आयोजक पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपत्यकामा लकडाउनः प्रहरी देख्दासम्म पालना, ओझेल पर्नासाथ अवज्ञा
उपत्यकामा लकडाउनः प्रहरी देख्दासम्म पालना, ओझेल पर्नासाथ अवज्ञा
माया पिरतीका यादहरु झल्किने गीत  “यी आँखाले” सार्वजनिक
माया पिरतीका यादहरु झल्किने गीत “यी आँखाले” सार्वजनिक
राजनीतिक परिवर्तन जनताले आफ्नै जीवनमा महसुस गर्ने हुनुपर्छ : अध्यक्ष प्रचण्ड
राजनीतिक परिवर्तन जनताले आफ्नै जीवनमा महसुस गर्ने हुनुपर्छ : अध्यक्ष प्रचण्ड
इन्डोनेसियामा फेरि दुई ठूला भूकम्प
धनुषामा कांग्रेसका हस्ती  विमलेन्द्र निधि पराजित, राजेन्द्रले बाजी मारे
धनुषामा कांग्रेसका हस्ती विमलेन्द्र निधि पराजित, राजेन्द्रले बाजी मारे
​एमालेलाई पाखा लगाउन खोज्दै प्रचण्ड…
​एमालेलाई पाखा लगाउन खोज्दै प्रचण्ड…
काँग्रेसद्वारा डा. केसीसँगको सहमति कार्यान्वयन गर्न माग
काँग्रेसद्वारा डा. केसीसँगको सहमति कार्यान्वयन गर्न माग
बाढीपीडितको सहयोगार्थ संकलन गरेका रकम सार्वजनिक
काँग्रेस, विबेकशिलसाझा पार्टी एक भएर अघि बढ्छन् भने मार्सि चामलमात्रै होईन, बास्मतीको भात खुवाउन तयार छु: दुर्गा प्रसाई
काँग्रेस, विबेकशिलसाझा पार्टी एक भएर अघि बढ्छन् भने मार्सि चामलमात्रै होईन, बास्मतीको भात खुवाउन तयार छु: दुर्गा प्रसाई
सिरहाका होटल सञ्चालक पक्राउ
सिरहाका होटल सञ्चालक पक्राउ

तपाईंले छुटाउनुभयो कि?