राजनीतिक परिवर्तन जनताले आफ्नै जीवनमा महसुस गर्ने हुनुपर्छ : अध्यक्ष प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १४, २०७५
|
|
१६ पटक हेरिएको
Shares
राजनीतिक परिवर्तन जनताले आफ्नै जीवनमा महसुस गर्ने हुनुपर्छ : अध्यक्ष प्रचण्ड

सारांश

  • काठमाडौं, १४ बैशाख ।
  • नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले राजनीतिक परिवर्तनले जनतालाई आफ्नो दैनिक जीवनमा परिवर्तनको महसुस गराउन सक्नुपर्ने बताएका छन् ।
  • नेपाल १४ औं अन्तर्राट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको राजधानीमा उदघाटन गर्दै अध्यक्ष प्रचण्डले भने, “जनताले देख्ने भनेको कुन व्यवस्थाले उनीहरुको दैनिक जीवनमा र रोेजगारीमा कति राहत दियो, त्यही बुझ्ने हुन् ।

काठमाडौं, १४ बैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले राजनीतिक परिवर्तनले जनतालाई आफ्नो दैनिक जीवनमा परिवर्तनको महसुस गराउन सक्नुपर्ने बताएका छन् ।

नेपाल १४ औं अन्तर्राट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको राजधानीमा उदघाटन गर्दै अध्यक्ष प्रचण्डले भने, “जनताले देख्ने भनेको कुन व्यवस्थाले उनीहरुको दैनिक जीवनमा र रोेजगारीमा कति राहत दियो, त्यही बुझ्ने हुन् । जनताले परिवर्तनलाई परिणाममा नै बुझ्ने हुन् । हामीले सबैतिर जनताले देख्ने र महशुस गर्ने गरी परिवर्तनको अनुभूति गराउन सक्नुपर्यो ।”

अध्यक्षले वर्तमान राजनीतिक परिवर्तनलाई अवसरका रुपमा सदुपयोग गर्न र परिणाममा नै विकासको अनुभूति दिन नसके परिवर्तनको दिगोपनामाथि नै प्रश्न उठ्ने बताए । उनले वर्तमान राजनीतिक परिवर्तनलाई काँचो माटोको संज्ञा दिँदै भने, “हामीले जस्तो बनाउन सक्यौं त्यस्तै बन्छ । हामीले नराम्रो बनायौं भने यसको दुश्परिणाम निस्किन्छ र राम्रो गर्यौं भने राम्रो व्यवस्था स्थापित हुन्छ ।”

राजनीतिक परिवर्तनलाई सदुपयोग गर्न नसके देश फेरि अराजकतातिर जाने अध्यक्षको चिन्ता थियो । अध्यक्ष प्रचण्डले शिक्षा, स्वास्थ्य, रोजगारी र उद्योग व्यवसायको क्षेत्रमा देशले अवलम्बन गरेको वर्तमान नीतिमा आमूल सुधार आवश्यक रहेको बताए । अब ढिला नगरी राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने बेला आएको उनको भनाई थियो ।

अध्यक्षले भने, “आम नेपाली जनता र तपाई हामी सबैको अपेक्षा अब देशमा राजनीतिक स्थिरता र आर्थिक विकासले गति लिन्छ भन्ने भएको छ ।” उनले स्थानीय तहमा बजेट विनियोजन गर्दा प्रत्येक निकायमा ग्रामीण उद्योग स्थापनाका निम्ति रकम छुट्याउन सरकारलाई आग्रह गर्ने विश्वास दिलाउनु भयो ।

उनले समर्थनको हिसावले दुईतिहाई बहुमतको सरकार धेरै वर्षपछि प्राप्त गरेको बताउँदै पहिलोपटक दुईतिहाईको सरकारले बजेट निर्माण गर्न गइरहेको जानकारी दिए । उनले भने, “औधोगिक क्षेत्रको विकास बिना रोजगारीले गति लिन सक्दैन । कृषिमा आधारित उद्योगहरुको विकास बिना औधोगिक क्षेत्रको विकासको आधार बन्न सक्दैन । यसमा सबैले नयाँ संकल्प गर्नुपर्ने आवश्यकता छ ।”

महोत्सवले दिने सुझाव र निष्कर्ष आउने दिनमा सरकारका नीति तथा कार्यक्रम निर्माणमा पनि महत्वपूर्ण हुने उनको विश्वास थियो ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Durga Adhikari

    Bankalika sathiharu le pani bujhisake, janata baru almalma

    Comment Author

    Ganesh Bhandari

    Gaf nalaga Varat le sim micheko xà to barems boldainas kukur

    Comment Author

    Kyacee SB

    Janata le. Pari Barton. Kasta. Marta Marta ra neta Malamal

    Comment Author

    Dorna Sirmali

    Heraula bache

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?