कोजाग्रत पूर्णिमाः महालक्ष्मीको पूजाआराधनासहित आजदेखि बडादशैं समापन गरिंदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २३, २०७९
|
|
२८ पटक हेरिएको
Shares
कोजाग्रत पूर्णिमाः महालक्ष्मीको पूजाआराधनासहित आजदेखि बडादशैं समापन गरिंदै

सारांश

  • काठमाडौं।
  • हिन्दुहरुले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ।
  • आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैँ सकिने भएको हो।

काठमाडौं। हिन्दुहरुले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैँ सकिने भएको हो। शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै समापन हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुन्छ। आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइन्छ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दसैँ पर्व आम नेपालीले आ-आफ्नो गच्छे, मूल्यमान्यता र परम्परा अनुसार मनाउने गर्दछन्। आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएको हो । माता दुर्गाका तीनवटा रूपमध्येको एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरला नाकामा अस्थायी संरचना तयार
कोरला नाकामा अस्थायी संरचना तयार
नेपाल प्रहरी र सशस्त्र प्रहरीका कानुनलाई समयानुकल परिमार्जनका लागि प्रधानमन्त्रीको निर्देशन
नेपाल प्रहरी र सशस्त्र प्रहरीका कानुनलाई समयानुकल परिमार्जनका लागि प्रधानमन्त्रीको निर्देशन
सदनमा कसरी प्रस्तुत हुने रणनीति बनाउँदै काँग्रेस
सदनमा कसरी प्रस्तुत हुने रणनीति बनाउँदै काँग्रेस
कक्षा ८ को वार्षिक परीक्षा सञ्चालन गर्ने जिम्मा अब स्थानीय तहको
कक्षा ८ को वार्षिक परीक्षा सञ्चालन गर्ने जिम्मा अब स्थानीय तहको
साेमबारको मौसमः पाँच प्रदेशमा वर्षाको सम्भावना
साेमबारको मौसमः पाँच प्रदेशमा वर्षाको सम्भावना
जहाज दुर्घटनामा भाग्यले बाँचेकाहरु
जहाज दुर्घटनामा भाग्यले बाँचेकाहरु
ट्विट्टर् पनि साइबर आक्रमणमा : अन्य प्रख्यात ‘साइट’ प्रभावित
ट्विट्टर् पनि साइबर आक्रमणमा : अन्य प्रख्यात ‘साइट’ प्रभावित
भ्रष्टाचारी नेता अनुकूल कानुन बनाउन प्रधानमन्त्रीकै  लबिङ,
भ्रष्टाचारी नेता अनुकूल कानुन बनाउन प्रधानमन्त्रीकै लबिङ,
न्यून चापीय प्रणालीको प्रभाव, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
न्यून चापीय प्रणालीको प्रभाव, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
श्रम र वैदेशिक रोजगारसँग जोडिएका मुद्दा तत्काल सम्बोधन गर्छौं : मन्त्री भण्डारी
श्रम र वैदेशिक रोजगारसँग जोडिएका मुद्दा तत्काल सम्बोधन गर्छौं : मन्त्री भण्डारी

तपाईंले छुटाउनुभयो कि?