काँग्रेस, विबेकशिलसाझा पार्टी एक भएर अघि बढ्छन् भने मार्सि चामलमात्रै होईन, बास्मतीको भात खुवाउन तयार छु: दुर्गा प्रसाई

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २८, २०७५
|
|
३५ पटक हेरिएको
Shares
काँग्रेस, विबेकशिलसाझा पार्टी एक भएर अघि बढ्छन् भने मार्सि चामलमात्रै होईन, बास्मतीको भात खुवाउन तयार छु: दुर्गा प्रसाई

सारांश

  • काठमाडौं, २८ असार ।
  • मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले पूर्वाञ्चलको झापामा रहेको बि एण्ड सी टिचिङ्ग अस्पतालको सम्बन्धन प्रक्रिया यथाशक्य पूरा गर्न सरकारसमक्ष माग गरेका छन् ।
  • बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर बि एण्ड सी टिचिङ्ग अस्पतालका कार्यकारी निर्देशक समेत रहेका प्रसाईले आफू तीन वर्षदेखि अन्यायमा परेको र काठमाडौं बाहिर सुदुरपूर्वमा अस्पताल खोल्दा पनि माफियाको आरोप खेपिरहेको दुःखेसो पोखेका छन् ।

काठमाडौं, २८ असार । मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले पूर्वाञ्चलको झापामा रहेको बि एण्ड सी टिचिङ्ग अस्पतालको सम्बन्धन प्रक्रिया यथाशक्य पूरा गर्न सरकारसमक्ष माग गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर बि एण्ड सी टिचिङ्ग अस्पतालका कार्यकारी निर्देशक समेत रहेका प्रसाईले आफू तीन वर्षदेखि अन्यायमा परेको र काठमाडौं बाहिर सुदुरपूर्वमा अस्पताल खोल्दा पनि माफियाको आरोप खेपिरहेको दुःखेसो पोखेका छन् ।

उनले भने,‘स्वास्थ्य मन्त्रालय र भवन विभागमा पहिलोपटक दर्ता भएर सम्पूर्ण मान्यताहरु पूरा गरेर सुदुरपुर्वमा मैले मेडिकल कलेज खोल्दा गोविन्द केसी र उनका अनुयायीहरुले मलाई माफिया भन्ने गरेका छन्, मैले कसैको पैसा लुटेको होईन, बिहान उठ्दा पत्रिका पढ्न समेत डर लाग्छ, खाली माफिया, माफिया भनेर भनेका छन्, लेखेका छन्, अरु मेडिकल कलेजहरुले गल्ति गरेका छैनन् भन्दिन तर गल्ति नै नगरेको ब्यक्तिलाई माफिया भनेर भन्दा मन दुख्दो रहेछ ।’उनले अघि थपे,‘२०६८ पुस १४ गते मलाई सरकारले नै बोलाएर एल.ओ.आई दिएको थियो, त्यसपछि मैले मेडिकल कलेजको काम गरेको हुँ, त्यही एल.ओ.आई देखाएर बैंकबाट ऋण लिएको छु, अहिलेपनि ऋणमा छु, के सुदुरपूर्वमा खोलिएको बि.एण्ड.सी को सम्बन्धन रोक्दा देशको स्वास्थ्य क्षेत्रमा सुधार हुन्छ ? पूर्वका २९ लाख जनताको स्वास्थ्योपचार गर्दा मैले अपराध गरें ? हिजोका दिनहरुमा त्यस क्षेत्रका मानिसहरु भारतको सिलगुढि उपचार गर्न जान्थे, कति छोरीचेलीहरु बलात्कार हुन्थे, आज त्यो समस्या दुर भएको छ, बोरामा बोकेर ल्याएका खुट्टाहरु जोडेर बिरामीलाई घर पठाएका छौं, टाउकाका गोलीहरु निकालेका छौं, वर्षमा १२ करोड बराबरको निःशुल्क उपचार गरेका छौं, राज्यलाई करोडौं रुपैयाँ कर तिरेका छौं ।’

स्वास्थ्यमा भ्याट छुट गर्नुपर्छ भन्ने माग गर्दै प्रसाईले स्वास्थ्य क्षेत्रमा लगानी बृद्धि गर्नुपर्नेमा समेत जोड दिए ।

उनले भने,‘बि एण्ड सि नेपालकै राम्रो अस्पताल हो, हाम्रोभन्दा धेरै लगानी गरेर डा. उपेन्द्र महतोले ललितपुरको भैसेंपाटीमा नेपाल मेडिसिटी खोल्नुभएको छ, हजारौंलाई रोजगार दिनुभएको छ, के अब सबै लागेर त्यो अस्पताल भत्काउने ? जुन अस्पताल दिल्लीको मेदान्तभन्दा राम्रो छ, बिदेशीहरु पढ्न र उपचार गर्न आउने वातावरण हाम्रै मेडिकल हुन, हामीलाई नै राज्यले यसरी किन लखेटिरहेको छ ? मेरो काठमाडौंमा राम्रै घर छ, छोराछोरी डाक्टर पढेका छन्, मलाई सम्पति चाहिएको छैन्, म त जे सक्छु र जति सक्छु देशको लागि गर्छु भनेर लागेको हुँ ।’

उनले अघि थपे,‘म ०५६ सालबाट जनयुद्धमा होमिएको र ६ महिना सैनिक हिरासत भोगेको मानिस हुँ, समाजवादको लागि यो मेडिकल सरकारी बनाउनुपर्छ भने पनि म तयार छु, सरकारले चलाउने हिम्मत राख्छ भने अहिले नै छोड्न तयार छु, गोविन्द केसीले उपत्यकामा मेडिकल कलेज खोल्न पाईदैन भन्नुभयो, मैले सुदुरपूर्वमा खोलें आज उहाँ मेरो कलेजलाई र मनमोहन मेडिकल कलेजलाई रोक्न उद्धत रहुनभएका कारण मैले उहाँको अनशनलाई राम्रो नभनेको हुँ, हो, उहाँका जायज मागहरु पूरा हुनुपर्छ, छानविन गरेर मापदण्ड नपुगेका मेडिकल कलेजमाथि कारबाही गर्नुपर्छ, यो मेरा पनि माग हो ।’

वाम एकताको लागि आफूले पनि केही भूमिका खेलेको स्विकार गर्दै तत्कालिन नेकपा एमालेका अध्यक्ष एवम वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र तात्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खाना खुवाएर बि एण्ड सिको सम्बोधन पूरा गर्न खोजिएको भनेर मिथ्या आरोप लागेकोपनि उनले गुनासो पोखे ।

प्रसाईले थपे,‘मुलुकमा स्थिर सरकार र राजनीतिक स्थायित्वको लागि मैले भूमिका खेलेको हुँ, मेरो घरमा विपीले पनि खाना खानुभएको छ, गिरिजाले पनि खानुभएको छ, नरहरी आचार्य, विश्वप्रकाश शर्माले पनि खाना खानुभएको छ, काँग्रेस, साझा विबेकशिल पार्टी एक भएर अघि बढ्छन् भने मार्सि चामलमात्रै होईन, बास्मतीको भात खुवाउन तयार छु, बिरोधको लागि बिरोध नगरौं, बिना कारण कसैलाई माफिया नभनौं, मुलुकको विकास र समृद्धिको लागि आफ्नो तर्फबाट लागौं मेरो भन्नु यत्ति हो ।’

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Dip Ruwali

    भात मात्रै खुवाउने ?होटल खोले भै गो नि त।किन हस्पिटल खोलेको यस्ताले?

    Comment Author

    Manish Aryal

    नाम त प्रचण्ड र ओलि को मात्र आयो , खान त बि.पि. , गिरिजा र अन्य ले पनि भात खाएका रहेछन त वहाँकोमा।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतका महान् नेता गान्धी : १२ वर्षीया भतिजी र एक अर्की महिलासँग निर्वस्त्र सुत्थे
भारतका महान् नेता गान्धी : १२ वर्षीया भतिजी र एक अर्की महिलासँग निर्वस्त्र सुत्थे
निजी क्षेत्रले अर्थतन्त्र डोर्‍याउन सक्छ भन्ने बुझाउनै सकेनौं : व्यवसायी श्रेष्ठ
निजी क्षेत्रले अर्थतन्त्र डोर्‍याउन सक्छ भन्ने बुझाउनै सकेनौं : व्यवसायी श्रेष्ठ
फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोलको मूल्य १ लिटरको १६०
फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोलको मूल्य १ लिटरको १६०
जेष्ठ ३१ मा निर्वाचन नहुने  ,दोस्रो चरणको निर्वाचन  ९ असारमा !
जेष्ठ ३१ मा निर्वाचन नहुने ,दोस्रो चरणको निर्वाचन ९ असारमा !
पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान
पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान
प्रतिनिधिसभा बैठक : विषादीयुक्त फलफूल तरकारीको आयात रोक्न माग
प्रतिनिधिसभा बैठक : विषादीयुक्त फलफूल तरकारीको आयात रोक्न माग
पार्टी एकताको समझदारीलाई अतिरञ्जित किन बनाउनु पर्योः प्रचण्ड
पार्टी एकताको समझदारीलाई अतिरञ्जित किन बनाउनु पर्योः प्रचण्ड
आमालाइ रुवाउदै निभे “प्रकाश”(फोटो फिचर)
आमालाइ रुवाउदै निभे “प्रकाश”(फोटो फिचर)
कैटरिना ट्विंकलदेखि किन डराउँछिन्?
कैटरिना ट्विंकलदेखि किन डराउँछिन्?
दातृ निकायको सहायतामा कुलमानको अर्को कुशलता

तपाईंले छुटाउनुभयो कि?